[Show all top banners]

sprakashp
Replies to this thread:

More by sprakashp
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sprakashp
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 त्यो क्षण !
[VIEWED 5551 TIMES]
SAVE! for ease of future access.
Posted on 12-04-06 12:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहित्य मन पर्छ ?

त्यो क्षण !
शिव प्रकाश (हरैंचा/मोरङ)
त्यो क्षण !
तिम्रा ति हेराइहरुले
मेरो बाटो छेकिरहेका थिए
तिम्रा ति बोलाइहरुले
मलाइ रोक्न खोजिरहेका थिए
तर मेरा बाध्यताहरुले
मलाइ लगातार धकेलिरहेका थिए ।
त्यो क्षण !
तिम्रा ति कोमल र्स्पर्शहरुले
मलाइ निरन्तर तानिहरेका थिए
तिम्रा ति मायाका बन्धनहरुले
मलाइ तिमीभित्र कतै बाँधिरहेका थिए
तर मेरा अप्ठ्यारहरुले
मलाइ तिमीबाट अलग्याइरहेका थिए ।
त्यो क्षण !
तिम्रा ती स्पन्दनहरुले
मेरा ढुकढुकीहरु बढाइरेहका थिए
तिम्रा ति अब्यक्त पीडाहरुले
मलाइ अभ्यन्तरमा स्तब्ध बनाइरहेका थिए
तर मेरा विवशताहरुले
मलाइ बराबर खेदिरहेका थिए ।
त्यो क्षण !
तिम्रा मुहारका ति मलिन भावहरुले
मलाइ भित्र भित्रै सताइरहेका थिए
तिम्रा रसाएका ति आँखाका पानीले
मलाइ कता कता भिजाइरहेका थिए ।
तर तिम्रा बलिया हौषलाहरुले
मलाई जीवन-सर्घष्ाको पथमा घचेडिरहेका थिए ।
त्यो क्षण !
तिमीले दुःख लुकाएर सुख देखाएको
पीडा लुकाएर हाँसो मुस्कुराएको
तिम्रा ति सचेत भावहरु
मैले सबै बुझिरहेको थिएँ
तर बिदाइको त्यो क्षणमा
म पनि तिमी जस्तै अबुझ भै दिएँ !
हो, म पनि तिमी जस्तै अबुझ भै दिएँ !

हालः बोष्टन/अमेरिका ।
नोभेम्बर ३०, २००६
 
Posted on 12-04-06 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi
How nice poem , Ayagya Ghimire plz read this poem.
 
Posted on 12-04-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you
Ayagya jee
Shiva Prakash
 
Posted on 12-04-06 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति राम्रो छ, भविश्यामा पनि पढ्न पाइयोस् !
Shubha kamana
 
Posted on 12-04-06 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Siba jee

राम्रो छ !

krk_Nepali jee

राम्रो कबितालाई राम्रो भन्नै पर्छ ! उत्साह बढाउन, हौसला पनि दिन पर्छ तर जताततै त्यहि कुरा दोह-याउदा गुलीयो धैरै खाएर तीतो भए जस्तो भो ! अझ तपाई त शिब जी एउटै हुन् कि भन्ने शंका पनि लाग्यो !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
Nepali Passport Renew
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Now Trump is a convicted criminal .
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters