Nepali Janta
Replies to this thread:

More by Nepali Janta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Boarding School Cheating Consumers
[VIEWED 6150 TIMES]
SAVE! for ease of future access.
Posted on 03-25-07 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बोर्डिङ्ग स्कूल" को नाममा बिद्यार्थी ठग्दै आएका स्कुलको सबै पुराना रेकर्ड तोड्दै हाल काठमाण्डौं गोङ्गबु स्थित यौटा स्कूलले बिद्यार्थी र शिक्षक दुबैलाई ठग्दै सैयौ बिद्यार्थीको भविश्य र कैयौं शिक्षक शिक्षीका हरुको समेत श्रमको उच्चतम शोषण गरिरहेको छ। जनताको राजमा यसरी जनताको अधिकारमाथी ठाडै प्रहार हुंदा र हामी उपभोक्ताहरु समेत दोहोरो शोषणमा परेकाले सम्बन्धित निकाएको ध्यानाकर्षण गराउन र सबैलाई त्यो स्कूलको ठगि बाट बचाउन एकजना मित्र मार्फत यो पत्र प्रेषित गरिएको छ ।

यो काठमाण्डौं गोङ्गबु स्थित "नेचर बोर्डिङ्ग हाई स्कूल" को कथा हो । हामी अभिभावकहरुले आफ्ना नानीहरुलाई आफू खाई नखाई गरि सो स्कुलमा भर्ना गरेका छौं र अन्य "बोर्डिङ्ग स्कूल" मा हुने जस्तै सम्पूर्ण ठगिको शिकार हुदैं आईरहेकै थियौं ।

सो स्कूलमा हामी अभिवाभकहरुले सधैंझै यसपाला पनि आफ्ना नानीहरुको नाममा चैत्र महिनासम्मको फी बुझाई सकेका छौं तर त्यस स्कुलमा कार्यरत शिक्षक शिक्षीका हरुको श्रमको शोषण गर्दै आएका त्यस स्कुलका संचालकले त्यस स्कूलका शिक्षक शिक्षीका र कर्मचारीको समेत बर्षौसम्मको तलब समेत दिएका रहेनछन ।

यसरी यहि मिति २०६३ चैत्र ७ गतेका दिन त्यस स्कूलका शिक्षक शिक्षीका आफ्नो तलब नपाए सम्म फाईनल जां‌च नगर्ने अडान लिई बसेका रहेछन । त्यसै अबस्थामा हाम्रा नानीहरु परिक्षाको लागी स्कूलमा जांदा परिक्षा नहुने भनेपछि हामी अभिभवक र स्कुलका कर्मचारी बिच केहि बाद बिबाद पनि भयो र सोहि मौकाको फाइदा उठाई स्कुलका प्रिन्सीपल र नीजका मुन्द्रे कुण्डले छोराहरु र केहि भाडाका गुण्डाले दिउसै खुकुरी नचाएर स्कुलको बातावरण तनावपूर्ण र भयावह बनाए । साना नानीहरु त्रस्त हुदैं रुदैं कराउदै यता उता भाग्न थालेपछि हामी आआफना नानीहरुलाई जसोतसो त्यहाबाट जोगाएर भाग्यौं ।

यस घटनापछि हामीमध्यका केहि नानीहरुको मनमा गहिरो भय छाएको छ र उनिहरुको मश्तिष्कमा त्रासले बास गरेको छ । काठमाण्डौ भित्रकै कुरा भए पनि सो कुरा कुनै मिडियामा आएन । हालसम्म पनि सो स्कुलको स्थितिमा कुनै सुधार आएको छैन र एस एल सी परिक्षा र फाईनल जांच मुखमा आएको बेलामा यसरी हामी उपभोक्ताबाट पैसा उर्ठाई शिक्षक शिक्षीका हरुलाई समेत नदिई हाम्रा नानीहरुको भविश्य माथी खेलवाड गर्ने जघन्य अपराध गर्ने सो स्कुलका संचालक र प्रीन्सिपलमाथी सम्बन्धित प्रशासनले तुरुन्तै कारबाहि गरोस ।

तिनीहरुलाई कारबाहि नगरे स्कुलको धन सम्पति लिइ तीनीहरु कुनै पनि बेला सैयौ बिद्यार्थीको भविश्य अन्धकारमा पारी भाग्न सक्ने भएकोले यसतर्फसम्बन्धित निकायले तुरुन्तै कारबाहि थालोस ।

अन्य अभिभावक हरुले पनि आआफ्ना नानिहरुलाई सो स्कूलमा भर्ना नगरौं

पीडीत अभिभावकहरु

नवाङ्ग छिरिङ्ग
राजमान महर्जन
केशव थपलिया
राजिव भट्ट
जितेन्द्र सिग्देल लगाएत सर्म्र्पूण अभिभावकहरु
 
Posted on 03-25-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-25-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well it has already became Dal-Bhat in Nepal. Last year a group of, running a school in Kapan, Kathmandu escaped, leaving hundreds of students behind so it seems it is another …… after all there is no law and order in Nepal and it is happening …….. God save Nepal.
 
Posted on 03-25-07 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Forget to tell u go and complain it Maoist office.
 
Posted on 03-25-07 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali Janta, I think it would be foolish to say boarding schools are cheater in Nepal. You should point out the name of the school that cheat , and not blame all boarding school in general. Why dont you say that most teacher's in the government schools dont go to school and teach. Why don't you say that they are misusing our tax money, why dont you say that they are misusing the aids we got from foreign countries. See the percentage of kids passing in the government schools to the private schools in the SLC exams.
 
Posted on 03-26-07 2:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well

drifting clouds

The name of the schoolis already pointed out and I also age with u that govt. schools r also cheating in the other way.

But in this post I just wanted to mention the things happened recently in KTM, anyway your points mentioned are also worth raising.

I agree with u that the quality of education that is provided in B.S are better than that of Govt. School but it dosen't meant that they can do whatever they want.

Thanx for comment and raising teh points that we didn't ..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters