[Show all top banners]

copycat
Replies to this thread:

More by copycat
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली शब्दहरु

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 13800 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-16-07 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि समय अगाडि साझामा ठेट नेपालि शब्दहरु को चर्चा भएको थियो। त्यहि धागो लाइ आधार मानेर मैले तयार पारेको लिस्ट।

Its 'alphabetical' in Nepali.

अन्मरिनु : आउनु
अर्ग = अर्घ = गोरस द्वारा देवतालाई गरिने अभिनन्दन्
अर्सा - चामलको पिठो बाट बनाइने मिठो गुलियो पुरी जस्तो पातलो रोटि
अनौ - हलो मा गाडेको समत्ने handle
अँगेरी: पाक्दा कालो हुन्छ र खायो भने मुखै कालो हुन्छ। यो सिमालीको बोट जत्रो साइज को हुन्छ।
आट - गाउ तिरका घरमा हुने माटोको अग्लो भाग। बत्ती राख्ने प्रयोग हुन्छ
आंटी= गाउ तिर हुने घर को माथिल्लो तल्ला !
आँटी : माथितिरको तल्ला (बुईगल भन्दा तलका)
आने: घ्यु राख्ने काठको भाँडो यो ठीक्क एकमानो जाने हुन्छ।
ओहोरा = बनभोज
कच्चल: लालटीनको बत्तीबाट निस्केको ध्वाँसो, जुन लालटिनको माथिल्लो भागमा जम्मा भएर बसेको हुन्छ।
कन्टक=कम खर्च गरेर वा क्ञ्जुस्याई गरेर जोगाड गर्ने
कन्तुर - पैसा राख्ने सानो बाकस
कन्दानी = कन्दनी = कम्मर वरिपरि बाधिने धागो, जस्ले लङौटि अड्याऊन मद्दत गर्छ
कनसिरी - कनको छेउको भाग
कनिका = चामलको मसिनो टुक्रा
कमेरो = सेतो रङ को माटो
कल्स्यौली: बिहेमा कलश बोक्ने केटी
करेसा = बगैचा
कस्यौँडी - बाटुलो परेको भात पकाउने बाक्लो भाँडो
कालीपोके = कालोपोके= मकैमा हुने विकार अथवा एक प्रकार रोग हो जुन रोग लाग्दा मकैको दाना कालो
कुँडे - कुँडो पकाउने वा कतै कतै दूध पकाउने भाँडो
कुँडो - गाई भैँसिले खाने पिठो राखेको झोल पदार्थ
केलाउनु = तरकरी केलाउनु - अनवसेक कुरा हटउनु।
खनिउ - एक प्रकरको रुख जसका लहरा वा जरामा मिठो फल फल्ने गर्छ
खलाँती - फलाम पोल्ने ठाममा (आरनमा) फुक्ने सधान (छाला बाट बनेको हुन्छ)
खलो : दाईँ गर्न खेतमा खुर्केर चिल्लो पारेको ठाउँ
खिर्रो - दूध जस्तो चोप आउने एक प्रकारको बोट
खँड्यौली‍‍‍ = ‍कनिका, चामलबाट चोक्टेर बनेको मसिनो धुलो।
खँड्कुलो = ठुलो पानि तताउने, बिहे, भतेर म भात पकाउने भाँडो हो।
खुरा‍ = जुत्ताकोकुर्कुच्चा
खेदा = जंगली हात्ति पकड्ने काम
गन्धक = बारूद मा हुने एक प्रकारको रसायनिक पदार्थ
गट्टे ‍=‍ तोरी ठटाइसकेर बाँकी रहेको तोरीको बोट (झ्याङ्टा); स-साना ढुङ्गालाई हातमा उफारेर खेल्ने
गाभा - कर्कलाको पात
गाभो - धान, कोदो को एक रोपो
गीठा = गिठ्ठा = तरुलको जमीन् अ मुनि नभै जमीन् माथि लहरामा फल्ने फल्
गिद्रो = जे को पनि भित्री भाग्
गौवा = दहि वा मोहि राख्ने काठको भाँडो
घुम = पानि पर्दा ओत लाउने साधन, बास र साल्को पात्ले छाएको हुन्छ
घोलटाप्रे - एक किसिमको झार, जडीबूटि
चम्काचधुँवा ‍= बिहे हुने १-२ दिन् अघि बेहुलो र बेहुली को घरमा जग्गे बनौने काम
चित्रा = चित्रो = बाँस् बाट बनेको एक् प्रकार् को mat.
चिम्टा - आगो चलाउन बनाईएको फलामे औजार
चिम्टा= आगो चलाउदा प्रयोग हुने दुइवटा चुच्चो भएको फलामको भाडो .....
चुठुवा : काठको सानो भाँडो, चुक अमिलो राख्न प्रयो गरिने
चुठुवा - चुठ्ने थाउ, एक प्रकरर्को पित्तलको बाटा जस्तै त्यसमा पहुन व ठूला-ठालु लाइ हात्-खुट्टा धुने भाडो ।
चोटा - घरको पहिलो तला अर्थात भुईँतला माथिको तला
चौँठे = आने भन्दा अलिक अग्लो र साँगुरो काठको भाँडो जुन चुक राख्न प्रयोग हुन्छ।
च्याख्ला-- मकैको चामल, मकै वा गहुँको खस्रो पीठोलाई नि च्याख्ला भन्छ
छयापी =दुङ्दुङे = एक प्रकारको लसुन, प्याज बर्गको साग। प्राय जसो यसको साग आलु सँग पकाएर खाने गरिन्छ
जोतारो: जुवा र हलोलाई बावध्ने छाला बाट बनेको डोरी, जुवा र गोरुलाई बाँध्ने डोरी
झाँझर ‍= प्वालै प्वाल भएको पन्यौं
ट्यामी - aluminum को घिउ, दूध बोक्ने भाँडो
टाट्नो - खसी बख्रालाई घाँस हल्ने थाउ
टुडो : कोदो ठटाएर रहेको भुस जस्तो, अनि केही चिज को छेउ वा कुनो; चुच्चो
टोलुग् - महि रख्ने ठुलो ठेकी। has same diameter from the top to bottom
टौवा: पराल राख्न बनाइने टाँड
ठेकी : दही मथ्ने काठको भाँडो, मही रख्ने अथवा दहि रख्ने काठको भडो
ढुङ्री - आगो फुक्ने tube
तगारो - अगनमा gate को ठाउमा हुने काठ वा ढुङा वा बाँसको खम्बामा घोचा छिराएर बनाउने बाधा।
तसेली- बाटुलो परेको भात पकाउने पातलो भाँडो usually of copper or brass
तारिको - खाँबो र दलिन बीचमा राखिने काठ (खाँबोमा दलिनको लोड ट्रान्सफर गर्ने)
तुर्नु - सकाउनु
थाप्लो - टाउको
थुतुनो - मुख
दलीन = घरको पहिलो तल्ला अड्याउने काठ
दाप - खुकुरी राख्ने case
दाँदे: बिशेष गरि बारी वा खेतको माथिल्लो जमेको सतह खुल्ला गर्न प्रयोग गरिने दाँत भएको
औजार
दुधरोटी- गहुको पिठो लाई साना साना डल्ला डल्ला पारेर दुध सुकुन्जेल पकाको रोटि
धरान - काठ काट्ने, आरा लाउने ठाँउ
धुर्सूल = एक प्रकार को बुट्यान हो जुन तराई भेगमा पाईन्छ । यसको फूल जुन अरु फूल भन्दा भिन्न हुन्छ, प्राय जसो स्व-स्थानी पूजा को लागी प्रयोग हुने ।
धूरी - छानो
नल - कोदोको डाँठ
नारा= जुवा र हलोलाई बाध्ने छाला बाट बनेको डोरी
नीदाल - तलो छाप्दा प्रयोग भएको ठुलो रुखको मुढो
पक्कु - मासु मासु छनेर पकाएर रखिने एक परिकार
पगटो= पोहोटो = चामल न लागेको धान
पट्टुवा : दाम्लो-नाम्लो बुन्न निकालिने रेसादार बोक्रा, यो खनियो, चिप्ले, ओडालो आदिको हाँगाबाट निकालिन्छ। सनपाट बाट पनि निकालिन्छ।
पट्याँस =पटेस= नाङलो
पन्चपाला : बिशेषत पुजामा प्रयोग हुने सानो तामाको पानी राख्ने पाँच-खोपा भएको भाँडो
पाली - घर सङ्ग जोडिएको भिरालो छानो भएको भाग
पाँजा - धान काट्ने बित्तिकै सुकाउन फिँजाएर राखेको
पुल्ठी = सलेदो र मटितेल हलेर बालिने बत्ती = टुकी, डिबिया
पेरुङ्गो ‍= परेवा रख्ने, सुङ्गुरका पाठा बोक्ने बाँसको आँखी झ्याल जस्तो परेको झोला
फगटो = खेतको हलो नलाग्ने सानो गरो
फरिका - सेउला, सिमाली आदि ले बनाएको बार्ने चित्रो।
फुलमिठाई - पशुपति आदिका तिर्थस्थलमा फूलपाती सँग पाईने सेतो मिठाई
बम्कनु - ब्यर्थमा रिसाउनु
बरणी- बिहे गर्दा बेहुली को बाबुले बेहुलो लाई गरिने पुजा
बरियो-- नाम्लोको डोरि ढोको बोक्ने
बलेनी - धुरिको पानी झर्नेठाँउ
बसिला - काठ तास्ने सानो औजार
बसुल्ला = बसिला
बाकल - बोक्रा सहित को फलेक; निबुवाको बोक्रा
बाबियो - डोरी बाट्न प्रयोग हुने लामो रेसादार पात भएको बनस्पती
बाहाँ - छाँनो अड्याउने बाँस वा काठ - जुन घर बहिर बाटै देखिन्छ; रोटे-पिङमा हुने क्रस-भाग
बिलाउनी-- घिउ खारे पछि तल् बस्ने ठोस पदार्थ
बिलाउनी: घिउ तताउँदा पिँधमा थिग्रेको चिज,
बुत्त्याउनु - सकाउनु
बेल्चा - माँटो बोक्ने - फाल्ने साधन
बेलौती ---अम्बा
भुतभुते - आगो सहित को तातो खरानी
भुँडिखोप्रा - घुँडाको पछाडि पिडुल्ला र तिघ्राको बिचको भाग
भुँडिखोप्रा: करङ नेरको खोप्रो
मजेत्रो = माहिला हरुले टाउको मा बाँध्ने खास्टो
मझेरी - घरको अगेनु भएको छेत्र।
मठ्ठल: छानोको पानी चुहिने नेर छानो अड्याउन राखेको डाँडा (perline) को टुप्पा हरुलाई छोपेर राम्रो देखाउन along the edge of roof टाँसिने काठ। मन्दीरहरुमा यसमा बुट्टा पनि भरेको हुन्छ।
मदानो : दही मथ्ने शाफ्ट; मही पार्ने काठको पन्खा
मल्खु - खस्रो गरि पिनेको मकै। भात पकाउन न मिल्ने
मल्खे: सेल रोटी पकाउँदा लास्टमा रहेको पीठोले सेल घुमाउन नमिल्ने भएको ले यत्तिकै तेलमा खन्याइन्छ अनि मालपुवा जस्तो बन्छ नि, त्यसलाई मल्खे भन्छ।
मला- महला ‍= मोहोला= जोत्दाखेरी गोरुको मुखमा लगाईदिने कुरा
मानी: जाँतोको बीचमा हुने सानो फलामको किला
माहुर सेलाउनु - बेहुली लिएर फर्कदा पहिलो खोला तर्दा माहुर भन्ने चिज खोलामा बगाउनु।
मियो: दाईँ गर्न गोरुको लहरलाई बाँध्न बिचमा गाडेको खम्बा।
मुहान् = नदिको उत्पत्ति हुने ठाउ
मुलडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा। रोँटे पिङमा बाहाँ अड्याउन प्रयोग हुने
मैजारो गर्नु - गरी सक्नु
रछ्यान: फोहर फाल्ने ठाउँ
राँबो - कठमा प्वाल पर्ने बसिला जस्तै औजार
ल = सधै पानी लेग्ने खेत
लिप्टी - सानो गुन्द्री (एजजनालाई मात्र पुग्ने)
लोहोरो : मसला पिन्ने ढुङ्गा
स्याउ = पानी बाट ओतीन पात बाट बनाईएको ओढनी
सत्रन्जा - ओछ्यान को सब्भन्दा मुनि बिछ्याईने तन्ना जस्तो लुगा
सानोडाँडी - छानो छाउदा बिछ्याउने बाँस, काठ का लामा घोचा।
सामा: कोदो प्रजातीमा पर्ने झार, धानको जस्तै बाला हुन्छ
सिमाली - बारमा लगाइने एउटा बुट्यान ।
सुर्को - सुर्को पारेर बाध्ने; बारीको सानो टुक्रा, जहाँ हल लाग्दैन।
सुली - कुखुराको गु , मकैको कुन्यु
सोत्तर - सुकेका पात पत्तिङगर, स्याउला
हलेदो‍‌‌=बेसार ,बेसार को बोट अथवा जमिन मूनि फलेको गानु
हतासो - गुन्द्री बुन्दा चहिने काथको सधन
हर्पे - घिउ रख्ने काठको भाडो
हातो - जाँतोको handle
हेगा लगाउने= बर्खा याम मा खेत सम्माउने
हेगा लगाउने= बर्खा याम मा खेत सम्माउने
---
 
Posted on 03-18-07 6:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

font-family: preeti, Kantipur, Kanchan, Himalli;
 
Posted on 03-18-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली फुपु! कोदो Millet Flour नै हो!
 
Posted on 03-18-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्धकूप --- यस्को अर्थ के हुन्छ होला ? जानकारी पाम न

पुन्टेदा, कोदो भने'सि Millet Flour कसरी त?
 
Posted on 03-18-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्ध-कूप् andha-kūp , (l.) s. The name of a partic. hell in Hindu mythology. [lw. Sk. andha-kūpa- lit. 'dark well'.

कूप् kūp , s. Cistern, deep well, pit

You are right Nepe. अधो is low, lowerin
 
Posted on 03-18-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sYaKuuRiolAKU_nchImb thank you !!

कोदो भनेको फिङर मिलेट रहेछ । मिलेट भनेको फापर हो । मैले गूगल इमेज मा फोटो हेरेर थाहा पाएको हो ।
 
Posted on 03-18-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो काम मन पराइदिनु हुने सबै लाइ धेरै धेरै धन्यवाद।


bull jyu,

हल्लेडो (हल्लेणो ?) - यो एक विशेषण हो जस्को नकारात्मक अर्थ आउछ, ठ्याक्कै चै भन्न सकिन । बेसारको काचो रुपलाइ 'हलेजो' भनिन्छ। सायद यसैलाइ ठाउ बिषेस ले फरक परेर 'हलेदो' भनिएको हो कि?

शब्दहरु को लागि धन्यबाद। प्रसँगमा जोडिहालम् - हाम्रा गाम तिर धेरै ठुलो डोकोलाइ 'रायेँ' भन्ने चलन छ।

खबर्दार,
माथि मैले राखेका शब्दहरु साझामा आएका शब्दहरु हुन। पुर्बेली-पस्चिमेलि भन्ने थाहा भएन। तर भन्नै पर्दा मेरो घर पश्चिम हो र माथिका कतिपय शब्द हाम्रा गाम तिर प्रयोग हुन्छन।
- त्यस्तै, मैले साझाको धागो बाट केहि महिना अघि लियको हु, तर अपडेटहरु मैले हेरेको छैन। 'छुटेको' भन्ने शब्दले खासै महत्व नराख्ला। बरु, आफुले जानेका शब्दहरु थप्दै जाँदा 'ठेट-लघु-शब्दकोष' तयार पार्न सकिन्छ कि?

anxiety को मेडिकल शब्द केजाति अर्याल भन्ने डाक्टरको कितापमा पढेको थिए तर याद गर्न सकिन।

डल्लि,
कोदोलाइ millet भनेर 'सामाजिक शिक्षा' 'भुगोल' कितापमा पढेको सम्झना छ। Nepal ko kodolai finger millet Bhanda Badi milchha kyare.


धागो सुरु गरेपछि बल्ल अहिले मात्र हेरेको, यतिका बिधि लामो भएको रहेछ, खुसि लाग्यो।
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
KP Oli and Nepali Political Corruption
Nepali Passport Renewal
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters