[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पानी, आगो र पानी

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE: <<  1 2  
[VIEWED 13986 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-11-08 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी, आगो र पानी

"कति चुईन सक्या हो त्यस्का बाउको झोल पनि।" भाउजु कराउँदै पालि तिर लागिन। कुँडे बोकेर हुँदो हो। पानी झम झम पर्दै थ्यो।

 

"राँडको थुतुनो जसरी हात पनि चले बेलैमा खान पाईन्थ्यो होला नी भात पनि" टेक बहादुरदाईले आफ्नो सुन्नेको खुट्टा हेर्दै भाउजुले नसुन्ने गरी भन्या थे तर सुनीछन।

 

"आफ्नो नी आफ्नो? हात गोडाँ किरा परीहाले ---- ट्वार ट्वार भ्यागुतो जस्तो बास्यो दिन रात सुकुल माड्यो त्यत्ति हो।" भाउजुले झर्किदै सुनाईन पालीबाट फर्किदा।

 

टेक बहादुर दाई भाउजुको बोली उत्तिकै तिखो थ्यो। उनीहरु नबाझेको दिनै थिएन। तर कुटाकुट गरेको चैं देखिएन।

 

टेकदाई थला परे देखी भाउजुलाई कामको चटारोले नराम्रो गाँजेको थ्यो। त्यसमाथि फेरी मेरो जिम्मेबारी छुट्टै। गाई बस्तु, घरको धन्दा, दाईको सुसेल्को --भाउजुलाई भ्याई नभ्याई थ्यो। सघाउने घरमा दाई भाउजु छोडेर बाँकी उही एकजना। उस्लाई आँखा झिमिक्क गर्न नहुने। अन्तै जान्छु मैले भनेकै हो भन्नलाई --हुन त "हुन्छ्" भनेकै भए पनि एउटा एउटा निउँमा बसिन्थ्यो बस्नलाई तर झन "पर्दैन" भने ढुक्कै भयो।

 

टेकबहादुर दाईको घराँ बस्या थें, नजिकैको बिद्यालयमा पढाउँथे। पूर्बी पहाडको त्यो गाउँ बिकट भए पनि मनमोहक थ्यो। टाँकीका हाँगा छिमल्दै थिए अरे अस्ति टेकदाई, हाँगा सँग संगै ओईरीएछन्। दाईने हाताँ काम्रो बाँधिरथे। दाईने खुट्टो सुन्नीएर ह्याँमानको भैरथ्यो। के के जाति हो दिनभरी दलिरन्थे। झारपातको रसाँ खुट्टो हरियै देखिन्थ्यो।

 

"हांगा छिमल्दा हाँगै हेर्या भए पो -- पधेंरामा आईमाईहरु हेरेर हाँगा छिमलेसी त्यस्तै हुन्छ " भाउजुले एइया मरें मरें भन्दै गरेका टेकदाईलाई हेरेर त्यो दिन त्यस्तो प्रतिकृया दिएकी थिईन।

 

दुख्या तोडाँ त्यतिबेला टेकदाईको मुखाड गाली बर्खाको खोल्सो झै उर्लेको थियो उर्लिनलाई, भाउजुलाई बगाउन तर के सक्थे?

 

"राँडीलाई पनि थुम्के धारो छोडेर यतैको धाराँ गाडछन सधैं" भाउजु जोस्सीन।

 

मैले अनि भरे भरे "हन हेर्या त पधेंरै तिर हो कि क्याहो त हउ टेकदाई?" भनेर सोध्दा हुँदी "अब रुख चढियो रे भन्दैमा आँखा चिम्लन त भएन नी" भनें।

 

"अनि अघि भाउजुले भन्या को आउने हो थुम्के धारा छोडेर यताको धाराँ?" भनेर कुरा उप्काउँदा भाउजु छिन कि नजिक कतै भन्दै चाल बुझ्दै "त्यो माईला पण्डीतको छोरी मलाई दिने सोच राखीरान अरे भन्ने हल्ला सुनेको दिन देखी आज एक कोरी बर्ख भो मन ठेगानमा छैन। हल्लाको भर परेर हुन्थ्यो के ? आखिराँ माथ्लो टारका जेठा पुरेतका साईलोलाई दिए। जन्ति माई गैयो आफु त त्यस्को। त्यै झोकाँ गर्न त गरियो आफुले नी बिहे तर ---" त्यो टाँकीको रुखाड झर्या दिन साँझ टेकेदाईले बिस्तारै सुनाईरथे मलाई।

 

एक छिन भो पानी घरी घरी झन जोड सँग दर्केको---मन खहरे बनेको अहिले हैन।

 

"कान्छी-- कान्छी! हन कता मरी हँ यो? -- "

टेकेदाई कराए।

 

"गाडे होलान नी फेरी त्यै लछ्या घराँ। अलछिनाको पनि अचेल चाल माल ठिक छैन।" भाउजु पनि कराईन।

 

बाहीर पानी अरु दर्किंदै थ्यो।

 

"कान्छी!" टेकदाई र भाउजुले आवाजको मात्रा बढाएर पालै पालो बोलाए।

 

"कराएरै मर्छन हउ हाम्रो घराँ चैँ" छिनेको टाँक खोज्न भ्याईन कान्छिले -- हतारमै निस्की मेरो कोठाबाट।

 *************

 

पुर्बी पहाडमा म केही दिन बस्दा यही कथा चलेको थ्यो। त्यो मास्टरको ठाममा आफैलाई राख्दें मैले। कथै त हो।


 
Posted on 01-11-08 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो बुझियो प्रभो। हामी केटा केटीमा भन्थिम


हर्-र गएं गोगने
लान्छस भन्दा भो भनें
स्वाट्ट पुगें खावा 
केटी राइछे हावा

खुर्-र फर्कें च्यांग्रे
खुट्टो ब्यांग्रे


 
Posted on 01-11-08 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'वास्तविकता' पढ्न पाउदा रमाइलो लाग्यो
"गाडे होलान नी फेरी त्यै लछ्या घराँ। अलछिनाको पनि अचेल चाल माल ठिक छैन।" भाउजु पनि कराईन।

त्यती नजिकै गाडेको थाहा नपाएर उती पर शंका ?


 
Posted on 01-12-08 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Ji, arko ramro prastuti liyera aaunubhayecha... babaal cha.... atti nai ramro laagyo..
 
Posted on 01-12-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो प्रभो अर्को भेल। पुर्बी पहाड पुग्न त पुग्गेथ्यो के रे कुनै जमानामा मास्टरका पो दसैं रैच। अनि भाषा पनि ट्वक्क मिलार ल जय होस प्रभो

अनी कान्छा आरामै छ बा घर परिवारलाई?

 
Posted on 01-12-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो कथा त राम्रो छ। आफुको प्रस्तुतिकरन सरल र गाउँले ठेट पारा म रार्मो लाग्यो। तर कथा मा भएको मास्टर जी को पात्र त आँफैन पक्का नै होइन भन्ने आशा राखेको छु है।
कथा निक्कै घतलाग्दो छ।यो कथा को आर्को पाटा के भन्दा हम्रो गाउ घर् मा हुने टाठा बाठा ले सिधा साधा लाइ झुक्काअने बानि। सरकारी जागीर म गाउँ घर गएर काम गर्दा चेलीबेती लाई बिगारने काम हाम्रो कर्मचारी वर्ग बाट निक्कै नै भाको छ।
फलना सि.डिओ साहेब, कर्साप, ईन्स्पेक्टर साप अनी माटसाप जस्तो देखिने नानी हरु थुप्रो  हुन्चन हाम्रो गाउँघर मा।  भन्नु पर्दा राम्रो छ आफु को कथा

 


 
Posted on 01-12-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho kalejo saathi, dherai din pachi darshan paaiyo ni timro ta.. yasari bepatta nahou na yaar saathi harulai yasto sunne hune garera... ghar pariwar sabailai sanchai cha... aba ta maile matra hoina ghar pariwar le pani timilai sodhna thaalisake... timi aakal kata haaraeu sajha bata bhanera...timro buwa muma lai pani namaskar sunaideu hai phone gareko belama...


 
Posted on 01-13-08 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठेटपन यो लेखको सबैभन्दा प्रसंसनीय पाटो लाग्यो । "झर्रो नेपाली" आन्दोलन जस्तै अर्को आन्दोलन चलाउन लाग्नुभा त हैन ? आफुलाई त यती भन्न आछन्, त्यती नै भन्छम् क्यारे, पढदै जान चै पाम क्यारे !
 
Posted on 01-14-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chicagoan ,

आगामी प्रस्तुतीहरुमा पनि भेटघाट हुने आशाको साथ साथै फेरी एक पटक प्रतिकृयाको लागि आभार।

crazy_love,

हैन स्वीटीको बे भो भा छैन थाह पाउन पा बाङ्गेलाई खबर दिन हुन्थ्यो -- अनि झ्यालकुमारलाई चिमोटेको नी सुनियो --- त्यो सुनेर मनमा धेरै तर्कना आए।

लेखाईको फाँटमा बरालिने धुनमा बेला बेला त्यो फाँटको छेउ छेउ तिर चिहाउन प्रयत्नसिल म जस्तो ब्यक्तिप्रति दर्शाएको सदभाबको लागि धेरै धन्यबाद।

SurNaTal ,

प्रभो, बरालिने क्रममा डाँडा पाखा नी पुगियो। हाँडीगाउबाट त्यता पुग्दा मलाई सिनेमा हलबाट बाहिर निस्के जस्तो अनुभव भएको थियो।

parbatya ,

त्यै त सित्तैंमा लछ्छेलाई दोष। हुन त कारण हुँदो हो शंकाको।

kancha01 ,

बबाल त बबालै हो प्रभो।

kalejo,

भनेसी प्रभोलाई पहाड तिर नी चैन भएन?

pranay,

परिस्थितीको कुरा मुनासिब गर्या हो तर म मास्टर चै होईन।

JagataDhari,

म उता प्रभोको आँगनमा थिएँ लेखाईमा मक्ख परेर बस्या। प्रभोको यता आगमन भएछ। स्वागत छ।

 

 


 
Posted on 01-15-08 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्यन्त उत्कृष्ट लेखाइ छ दिप सर !
कथा निकै स्वादिलो छ बिगतमा जस्तै !

 


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali Passport Renew
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters