- अकबरी सुनलाई कसी लगाउँनु पर्दैन।
- अर्काको नासो, गला पासो।
- अकाशको फल आँखा तरी मर।
- अघि बुद्धि आएन पछि रोएर के गर्नु।
- अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु।
- अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ।
- अल्छीलाई बल्छी, मर्दलाई जाल।
- अल्छी तिघ्रो स्वादे जिभ्रो।
- अनिकाले मानु बाडी चुडी खानु।
- आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष।
- आफै नमरी स्वर्ग देखिँदैन।
- आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने।
- आयुको छोरालाई वायुको के डर।
- उसै त सासु सुन लगाएकी।
- एउटा थाप्लोमा दुइटा नाम्लो।
- ओरालो लागेको घाम, पखाला लागेकी बूढी।
- ओरालो लागेको शेरलाई मृगले पनि खेद्छ।
- औषधी र अर्ती तीतै हुन्छन्।
- कहिले सासुको पालो, कहिले बुहारीको पालो।
- काम न धाम पेटभरि माम।
- मुलको पानी,कुलकी नानी।
- कानु गोरुलाई औशी न पुर्णे।
- कि हस्तिनापुरको राज कि चपरिमुनिको बास।
- खोला होइन तिर्खा धाउँछ।
- खानु न पिनु पुर्पुरोमा चिनु।
- खाने मुखलाई जुँगााले छेक्दैन
- खुकुरी भन्दा कर्द लाग्ने बावुभन्दा छोरो जान्ने।
- गर्नु न बिराउनु के–को डराउनु।
- दुखीलाई दिन्छु नभन्नु, बिधवालाई लान्छु नभन्नु।
- गाई मारी गधा पोस्ने।
- गीत गाउँनेको सुसेलीबाटै थाहा हुन्छ।
- गुन्द्रुकलाई पकाउनु पर्दैन।
- घर नभएको छोरो र सुत्केरी नभएकी बुहारी।
- घर आय कुकुर बलियो।
- चीनको राजा भोटको नुन, ज्यानै दिंदानि नदेख्ने गुन।
- चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी।
- छोरो पाउने कहिले कहिले कन्धेनीको सोच।
- जस्तो आफू उस्तो च्यापू।
- जसको सिङ छैन उसको नाम तिखे।
- जस्को तरवार उसैको घरवार।
- जस्तालाई तस्तै ढिंडालाई निस्तै।
- जहाँ ताल उहीँ पानी।
- जसले बोक्छ भारी, खान्छ मेख मारी।
- जब हुन्छ राती अनि बुढी ताती।
- जाँगर न साँगर खाने बेलामा आँगर।
- जुँगो चल्यो कुरा बुझ्यो।
- जुवाको धन गन्दै नगन।
- जो होचो उसको मुखमा घोचो।
- जो अगुवा उही बाटोमा हगुवा।
- जोगीको घर सन्नेसी पाहुना।
- जति जोगी गाए पनि कानै चिरेका।
- जो छ खुनी उसैलाई हुनी, जो छ दानी बिग्रिनी वानी।
- टाढाको देउता करेसाको भूत।
- ताक परे तिवारी नत्र गोतामे।
- ताप्के ताते पो काम हुन्छ बिंड तातेर के काम।
- दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ।
- दूध दिने गाईको, लात्ती पनि सहनु।
- धान खाने मुसो चोट पाउँने भ्यागुत्तो।
- नदिने सासु बुधवार बार्छिन्।
- नमच्चिने पिङ्को सय झड्का।
- नाच्न नजान्ने आँगन टेढो।
- पशुपतिको जात्रा सिद्राको व्यापार।
- बतास नलागि पात हल्लिदैन।
- वनको बाघले नखाए नि मनको वाघले खाने।
- बारी न बिरुवा नौ मूरी तोरी।
- बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार।
- बिसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु वेस।
- बिष नभएको सर्प र ईख नभएको मान्छेले केही गर्न सक्दैन।
- भाई फुटे गवाँर लुटे।
- भेटी न सेटी बस मरी भेटी।
- भोको भन्छ डाडाँवारी खाऊँ अघाएको भन्छ डाँडापारी खाऊँ।
- म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो।
- मनको वह कसैलाई नकह।
- मर्ने बेलामा हरियो काक्रो।
- मह काड्नेले हात चाट्छ।
- मर्दाको मलामी जिउँदाको जन्ती।
- माछाको बल पानीसम्म।
- माछा माछा भ्याकुता।
- मुखमा राम–राम बगलिमा छुरा।
- मुखमा सरस्वती हुनेको सधै वृहस्पति उदाउँछ।
- मेरो गोरुको बार्है टक्का।
- मोही माग्ने ढुंग्रो लुकाउने।
- रातभरि रुघ्यो बुढी जिंउदै।
- रातभरि करायो दक्षिणा हरायो।
- राम्री तेसै राम्री, नराम्रीलाई ढसक।
- राजाको काम कहिले जाला घाम।
- लगन पछिको पोते के काम।
- लाटो देशमा गाँडो तन्नेरी।
- लासामा सुन छ कान बुच्चै।
- लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ।
- लोहारको सय चोट सुनारको एकै चोट।
- साउनमा आँखा फुटेको गाईले सधै हरियो देख्छ।
- सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल।
- सोक न सुर्ता भोक न भकारी।
- सुख पाए ससुराल जानु दुःख पाए मीत कहाँ जानु
- हात्ती आयो हात्ती आयो फुस्सा।
- हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राणा।
- हातमा पुस्तक मनमा दस थोक।
- हुने बिरुवाका चिल्ला पात।
- हुनु हार दैव नटार।
- एउटा थाप्लोमा दुइटा नाम्लो।
जय होस् सबैको।