अलपत्र परेका हामीहरुलाई चोकाँ छोडेर हुरुक्कै हुने गरी नजरबाण बर्षाएर तरुनीहरु बगैंचा तिर लस्किए। ----
एक एक क्विन्टलको ढक तरुनीहरुले गर्धनमा झुण्ड्याईदीए झैं भयो। दशैंको च्याङ्ग्रा चालमा घर भित्र तिर लागियो।
"भाको कुरा भन्दीने हो बुझिस, उनीहरुले बाउ त्रिशुली बत्तियो भने -- उसो भए आज के पढाई भो त भन्या हो हाम्ले भन्ना काम छ माथि---" बाङ्गेले घुमाउरो भर्याङमा खुट्टा राख्दै भन्यो।
"त्यै त --- " मैले मेरो कुरा भन्न पाईन। गोमादीदी पनि भर्याङ्ग चढ्ने सुरमा हामी पछी आईपुगेको देखे पछी मैले कुरा रोक्नु पर्यो।
माथि पढ्ने कोठामा पुगियो। अरु दिन भन्दा धेरै ज्ञानी भाको नाटक सुरु गरेम, किताब कापी कलम जम्मै झिकेम र पढ्न घोरीए झै गरेम। अरु बेला भए हामी पल्याक पुलुक गर्दै हुन्थेम। गोमा दीदीले चिया ल्याए पछी चियाको चुस्की नलिई किताब कापी खुल्दैन थिए हाम्रा। तर आज कुरो बेग्लै थियो।
सुरेश अंकल आईपुगे। "के भएर पढ्ने सुर चल्यो त फेरी?" कुरा सुरु गर्दै उनले आफ्नो आसन ग्रहण गरे।
"हैन तल अघि बुबा हुनुहुन्न, त्रिशुली जानु भा छ भन्या भएर--- ए! त्यसो भए आज के पढाई भो त भनेको ---" बाङ्गेले स्वरलाई नरम पारेर भन्यो। म चैं चुपचाप थिएँ।
"त्रिशुली रे? कस्ले भन्या म त्रिशुली गएँ भनेर?" बाउले पैला निधार गाँठो पारे अनि निधारमा तिनटा धर्का प्रस्टै देखिने गरी आँखिभौ उचालेर सोधे।
"तल --" बाङ्गेले कसैको पनि नाम नलिई त्यति मात्रै भन्यो।
"कस्ले छोरीहरुले?" यस पटक बाउले म तिर हेरेर सोधे।
"हजुर" मैले भनें।
सुरेश अंकलले एक छिन केही भनेनन्। त्यतिकैमा गोमादीदी आईन चिया लिएर। उनले चिया राखेर गए पछी कुरा पढाईमा गयो।
आज पढाई सकिए पछी सुन्दरीहरुको धुनमा अलमल गर्नु हाम्रो हितमा नहुने प्रस्टै थ्यो, कौसी तिर जाने काम थिएन आज। त्यसैले शिस्टाचार पूर्बक बिदा भैया थियो सुरेश अंकल सँग कोठामा। कोठा बाहिर निस्केर जुत्ता लाउँदै थिएम, तरुनीहरु आए। उनीहरुलाई देख्ने बित्तिकै बाउ चैंले सोधे, "ए तिमीहरुले अघि म त्रिशुली गएँ भनेको?"
तरुनीहरु रोकिए। बाउ पनि अहिले चै ढोकैमा उभिन आईपुगीसकेका थिए। बाङ्गेले एउटा जुत्ता लाईसकेको थियो, अर्को लाउन खुट्टा छिराएर चोर औला कुर्कुच्चा तिर घुमाउँदै थियो, क्रम रोक्यो। मेरा जुत्ता छै ख्वाप्प छिराउने खाले थिए, छिराई सकेको थिएँ।
अघि बुबा हुनुहुन्न भनेर सुरुमा भन्ने सुन्दरीले छक्क परे झैं गरी उल्टो सोधी "त्रिशुली?"
अर्कीले थपि "को गाको भनेको रे बुबा त्रिशुली?--त्यहाँ त र्याफ्टीङ्ग गर्न जाने हैन्? बरु हामी जाम न एक दिम मिलाएर --"
अब भो की -- अघि तिमीहरुले बुबा हुनु हुन्न त्रिशुली जानु भा छ भन्या हो की होईन भन्दै पाखुरा सुर्किने कुरा भएन, फेरी बाउ चैंले आफ्ना छोरीहरुको कुरा नसुनी हाम्रा कुरा के सुन्थे? उनको छोरीहरुका कुरा सँग बाझ्ने कुरा हामीले गर्नु भनेको आफै धरापमा पर्ने निउँ खोजे जस्तै हुन्थ्यो। सुन्दरीहरुलाई सोधेको खण्डमा कुरा फेर्छन भन्ने मलाई लागेको थ्यो त्यसैले मैले अघि भर्याङ्ग चढदा त्यै त भनेर कुरा सुरु गरेको थिएँ, सक्न पाको थिईन।
बाङ्गेले के हो बोल्न लागेको थियो, मैले उछीनेर भनें "हैन अंकल, हामी अघि आउँदा अस्तिन धुन्चे जाँदाको कुरा गर्दै आथेम -- त्रिशुलीको कुरा पनि निस्केको थ्यो--त्यै कुराको सुरमा त्रिशुलीको धुन लागेछ क्यारे हामीलाई।"
हामी पाँच जनाले एक अर्कालाई पल्याक पुलुक हेरेम। बाउ एक जना बाहेक हामी सबै सकेसम्म सोझो बनेका थिएम। केही थाह नपाको जस्तो। बाङ्गेले जुत्ता लाई नसक्दै तरुनीहरु ओर्लिए भर्याङग।
सुरेश अंकलले बाङ्गे सँग उस्को बाउको कुरा गरे, घरमा सबैको सन्चो बिसन्चोको कुरा गरे। "घरमा बिशेष केही छ कि भरे?" भनेर सोधे। बाङ्गेले "बिशेष त अब अंकलहरु आउने त्यै बिशेष छ अरु केही छैन भन्यो।"
यत्तिकैमा सुरेशदाई भन्दै एक जना उक्लियो भर्याङ्ग, हामी बिदा भएर हिनेम।
चोकबाट बाहीर निस्केर देब्रे लागेका मात्रै के थिएम, सुन्दरीहरु त त्यहीँ रहेछन। एउटीले हातमा पुजा-थाली बोकेकी थिई। दुईटै मन्दमुस्कानले चम्किरहेका थिए।
बाङ्गेले भुमीका नबाधि भन्यो "कैले जाने त त्रिशुली र्याफ्टीङ्ग गर्न?"
एउटीले भनी "थाह छैन, कैलेई गा छैन"
बाङ्गेले जोस्सीएर भन्यो "हामी त कति गैयो कति, बाटो त कण्ठै छ"
पूजाथाली बोक्ने चै सुन्दरीले भनी "होला नी -- त्यै बाटोमा गाडी चलाउने गर्या होला--को ड्राईभर को ढ्याङ ढ्याङ्गे रे?"
दुईटै सुन्दरी धक फुकाएर हाँसे।
"हामी भगवतीबहाल जान ला --बस चाहीँदैन --हिनेरै जान्छम्---" फेरी पेच कसे सुन्दरीहरुले।
बाङ्गे र मैले केही भनेनम्। मुसुमुसु हाँसी मात्रै रहेम।
त्यो पदम बहादुर खत्रीको घर अगाडी आए पछी हामी सोझै मालीगाउँ तिर लाग्थेम, त्यो दिन हामी पनि देब्रे मोडीएम, भगबतीबहाल तिर।
एउटी सुन्दरीले हामी मालीगाउँ तिर नलागेको देखेर सोधी, "घर तिर नगएर कता नी?"
"मन्दीर जाने बेला भा रे छ, हामी मात्रै किन जाने त घर?" मैले नी भन्दीएँ।
"ए! अब हामी सँग मन्दीर जाने सुर?" पूजाथाली बोक्नेले सोधी।
"को सँग जाम् त?" बाङ्गेले पनि सोध्यो।
"के थाह? जानु नी आफु आफु" अर्की सुन्दरीले बाङ्गे र म तिर आँखाले ईसारा गर्दै भनी।
"आफु आफु मात्रै गएर ६ जोर जुत्ता १० जोर लुगा फाटी सके होलान, कति जानु आफु आफु मात्रै?" बाङ्गेले एक्लै एक्लै धेरै धाईयो, अब तिमीहरु सँग गएर धन्य हुने भन्ने आशयमा बोलेको थ्यो --- तरुनीले कुरा ट्याप्पै टीपी।
उस्ले भनी "६ जोर जुत्ता र १० जोर लुगा फाटे रे? बाँकी चार जोर लुगा चै के खाली खुट्टै गएर फटाको?"
हाँस्दा हाँस्दै पूजाथाली बोक्नेले थपी अनि "दस दस जोर लुगा फाटन के घिस्रेरै जाने गर्या छ कि के हो मन्दीर? कि त्यो अस्तिनको जड्याँ जस्तो बिहानै देखी सडकमा लडीबुडी गर्ने?"
हाम्ले त बोल्नै नसकिने भो बा! कति बेला मन्दीर पुगिएला जस्तो पो भो। केही ह्वात्तै भनीएला--तरुनीहरुलाई बिझ्ला र भरे भडकिएर घर नआउलान भन्ने पीर त छँदै थ्यो --त्यसैले पनि सहनै परेको थ्यो --फेरी उनीहरु सँग हामीलाई जित्नु पनि त थिएन, हामी त आफु हारेर भए पनि उनीहरुको जित मनाउन पाए दंग हुन्थेम।
भगबतीबहाल पुग्दा सुपारी र ट्वाक त्यहीँ रहेछन। सुन्दरीहरु सँग हामी आएको देखे। ठुलो उपलब्धी भो।
ट्वाक र सुपारी हामी तिर आए पछी, सुन्दरीहरु तर्किएर हिने।
"के छ ट्वाक? कमण्डलु लिएर आईपुगी सकीछस, भिक्षा दिने पनि आकी छ अझै दर्शानाभिलाषी हो?" मैले सोधें।
"अझै त दर्शनाभिलाषी नै हो" ट्वाकले भन्यो।
सुपारीले भरखरै तर्किएका सुन्दरीहरु तिर ईँगीत गर्दै सोध्यो "को नी?"
"भाउजुहरुलाई चिनीराख" बाङ्गेले सुपारीको ढाडमा प्याट्ट हान्दै भन्यो।
ट्वाक पनि सुन्दरीहरु तिरै हेर्दै थियो। सुन्दरीहरुले भने एक चोटी पनि फर्केर हेरेका थिएनन्।
"तिमीहरु त ट्युशन पढ्न गा हैन?" ट्वाकले तरुनीहरु तिर हेर्दै हामीलाई सोध्यो।
"हो नी -- ट्युशन बाट घर जान ला --तरुनीहरुले मन्दीर सम्म हिन न भने -- के गर्ने -- नाईँ भन्ने कुरो नी भएन ---"
"अनि ह्याँ आएसी किन तर्केका त?" ट्वाकले सोध्यो।
"तँ अब हान्ने राँगोले जस्तो हेरीराथीस अनि नतर्केर पनि के गरुन त?" मैले थपें।
"मन्दीरमा आएर नी खाली केटीको कुरा गर्याछ--थुक्क " सुपारीले भन्यो।
"त्यस्तै पर्यो भने तरुनी भगाएर लाने ठाम त मन्दीर हो -- अब कुरा गर्छ"
बाङ्गेले भन्यो।
ट्वाक की तरुनी आई, उ पनि एक छिन है केटा हो भन्दै छडकियो। सुपारी तिर हेर्दै मैले भनें "बर्मचारीको चै लभ गर्ने सुर छैन?"
सुपारीले सजिलै भन्यो "बिहे पछी गर्ने--एक जना सँग"।
मज्जाले हाँसीदै थ्यो, सुन्दरीहरु निस्किए। उनीहरु निस्केको देखेर हामी सलबलाउन लागेका थिएम, एउटा करातिलो ज्यान भाको नबयुबक उनीहरुको छेउ पुग्यो, अनि पूजाथाली बाट झिकेर टीका लायो, फुल पनि। हामी हेरेको हेरेई भएम। ---