SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 129199 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 02-07-06 1:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BHAUTE गुरु मलाइ हजुरको कविता अनि गजल सार्है मनपर्छ । तपाईंको लेख धेरै पढे पनि पहिलोचोटि प्रशम्सा गर्दै छु । लेख्दै गर्नु होला ।
 
Posted on 02-07-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुजी ले कैले देखुन्ट पोख्त लेखन गर्न थाल्नु भो त्यो पुनी पिरेम मा । साँच्चै लप परेसी कि ख्याल्ख्याल मै हो गाँठे ! सरले को अझै याद आउँछ होला नि होइ ?

:-)>

ईश्वर
 
Posted on 02-07-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छेलाई एउटै त सम्हाल्न मुस्किल पर्छ भन्छन्, भौते गुरुले घर र वन कसरी भ्याइराको?
:)
 
Posted on 02-07-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे भौउते

कति सलाम गर्नु हो ?
I think I should keep salutes for bhaute in a godown.

त्यो आँ र ढाँ चेन्ज गर्न सकिन्न र भन्या ? ति दुईटामा नाके स्बर आयो के in comparision to the rest of kaffiaa.

अब छ न्द मा लेख्ने गरे बेश होला

This ghazal could be preety much converted into "SAWAI" with 14 syllables.

if you can give me your address I will copy the types of "behers" of ghazals from "chanda parag" and send it to you.
 
Posted on 02-07-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी यो गजल पढेर म एक छिनचुप..... लागेर बसे ।कति राम्रो कति !!!! कसरी लेख्नुभएको? मेरो साथीलाई पनि देखाइदिए मैले त यो गजल। :)
 
Posted on 02-07-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अवस्था उमेर अनुसार प्रेम नपाउनुभन्दा उमेर अवस्था अनुसार प्रेम दिन नपाउनु ज्यादै दुख हो
 
Posted on 02-07-06 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे माइला, म चैँ हजुरलाई सहयात्री मानेको छु। हजुरको पछिल्लो पोष्टिङ वास्तविक भैदिए
कति सुन्दर हुन्थ्यो जीवन।:-)
wretch जी मेरो केर-कारको पाठक हुनुहुँदो रे'छ। खुशि लाग्यो। प्रतिकृयाको लागि मेरो
धन्यबाद स्विकार्नुस है।
ईश्वर, किन नआउँनु याद। सरलाको नाम जस्तै भावना पनि सरल भैदिएको भए गजलमा पनि अझै सरलता आउँथ्योहोला। :-) गफै त हो।
शिरिष गुरुलाई, के भनम खै, इमेलै गरेँ भो। :-) त्यो काफिया छान्दा मलाई पनि अलिकता
खड्केकै हो। मैले त सबैमा "टेको" खोजेको थिए। शेरहरुमा आग्रो र गाग्रो हुन लाग्यो, अनि
सम्झौता गरेँ। हजुरले अर्को तिर आँखा खोलिदिनु भो।
मास्टर्नी नानीलाई ३वटा धन्यबाद। २'टा हजुरलाई, एउटा साथिलाई। :-)
जासुस-केटा, हजुरको वाक्य धेरै फेर पढेँ, सोचैँ, घोरिए। यता उता पारेर गजल बनाउन सकिन्छ
कि भनेर। अनि तत्कालको लागि योजना बन्द गरेँ। :-)

सबैजनाको प्रतिकृयाले म आत्मविभोर छु।

:-)
-भउते
 
Posted on 02-07-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाफ रे साथिहरु गजलको उस्ताद हुनु हुदो रहेछ। कसरि त्यति राम्रो लेख्न सकेको, भउतेकाजि लाइ त छुन नसकिने रहेछ्।
 
Posted on 02-07-06 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु पढ्नु पर्दैन, दिन्दिनै साझा मै झुल्केको देख्छु म त । पागल बस्ती झैं भओ कि के हो गुरु लाई साझा पुनी ।



:-)>

ईश्वर
 
Posted on 03-19-06 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यस्तताले एउटा गजल फुराएको छ। छुस्स साझामा पसेर टाँसिहाल्न मन लाग्यो। अलिक क्रान्तिकारी छ, नेपे गुरुलाई मुन पर्ने जस्तो। :-)

मेरै कर्कश आवाज सुन्ने भए यता < a target=_blank href="http://www.soundclick.com/bands/pagemusic.cfm?bandID=507748"> क्लिक गर्नुस । नेपे गुरुको सिको गरेको के।

:-)
-भउते

 
Posted on 03-19-06 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-19-06 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guru,

Darsan gare hai.. :)
Kasto gayab juna sakeko guru pani..Guru harayera yaha sajha ma khaila baila machi rako thyoo
:)
 
Posted on 03-19-06 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल-पुत्र,

मैले हजुरको पत्रबाट थाह पाएको थिएँ, तर व्यस्तताले झुल्किन सकिन। फेरि गायब हुन्छु
होला। साझालाई मायाँ मारेको छैन। मेरो भन्नु साझा बाहेक अरु को छ र यहाँ :-)

:-)
-भउते
 
Posted on 03-19-06 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

damn man u r f*cking good
i like it man
i am reading ur article first time and its awesome
keep it up
first noble prize for bhaute
but ur nick name is not kind sahityik u know what i mean
keep it up yo
 
Posted on 03-19-06 9:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सकिएन अब, हे हे हे भउते कस्तो सुरिलो स्वर हो गाँठे!
बरु त्यो शीखरिणी छन्दको कविता (यो धागोको प्रथम कविता) पनि हजूरको मुखारविन्द बाट सुन्न पाए हुन्थ्यो!
:)
 
Posted on 03-20-06 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद, थोपा र बिर्खेमाइला,
त्यो पनि पक्कै छिट्टै सुन्न पाउनुहुनेछ, बिर्खेमाइला जी। :-)

:-)
-भउते
 
Posted on 03-20-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ गुरुजी यतिका दिन सम्मुन कता गायब ? बिजुली पत्र पाएन कि के हो ? मैले फोन गरुम गरुम लागेको थियो खै के भेर गरिन । लौ जिउदैं फर्केको मा बधाई छ ।

:-)>

ईश्वर
 
Posted on 03-20-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जी शब्दहरु त राम्रो थिए नै स्वर पनि राम्रो रहेछ तपाइ को । फेरि गाएब हुने कुरो गर्नु भाको लिटिल बुद्धले भने जस्तो कुरो भयो नि:)
 
Posted on 03-20-06 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्यामिति नाप्दै आफै आफै मक्ख पर्छ छायाँ
जब गोधूलिमा घाम डाँडैनेर ढल्छ यहाँ


Superb imagery and symbol !

And multiple pleasure to hear it in poet's own voice.

BBC को पत्रमञ्जुषा कार्यक्रमको लागि पठाउनु हुने हो कि ?

Nepe
 
Posted on 03-20-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह! ए भौतेजी, भूमिगत भएर त गज्जबको गजल गुन्जायमान गराईदिनुभो नि!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Ajay Kumar Dev sentenced to 378 yrs
Travelling to Nepal - TPS AP- PASSPORT
Mamta kafle bhatt is still missing
Why Americans reverse park?
Now Trump is a convicted criminal .
TPS advance parole Travel document i-131, Class of Admission ?
TPS Work Permit/How long your took?
Nepali Passport Renewal
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters