ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भर्खरै मात्र नम्रता श्रेष्ठले सारूक ताम्राकारका बारे आफ्नो मुख खोले

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 7950 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 08-28-23 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण देश तथा बिदेश मा रहनु भएका आदरणीय आमाबुबा, दाजुभाइ दिदीबहीनी नातेदार,इस्टमित्र, दर्शक तथा शुभचिन्तक हरू मा हार्दिक नमस्कार 🙏🙏

धेरै समय पछि सामाजिक सञ्जाल मार्फत केही वास्तविक सुचना हजुरहरू माझ प्रवाह गर्न जादै छु ! सन्दर्भ नेपाली चलचित्र '# MAYA' छायङकन को क्रम मा सोही चलचित्र का कलाकार तथा नायक सारूक ताम्राकार आफ्नै घर मा झुण्डिएर आत्मा हत्या गरी निधन भएको खबर ले सम्पूर्ण चलचित्र जगतलाइ दुखी तुल्याएको छ, सर्वप्रथम स्वर्गीय कलाकार सारूक को निधन प्रती हार्दिक श्रद्धाञ्जली तथा शोकशनतप्त परिवार प्रति गहिरो समवेदना ब्यक्त गर्न चाहन्छु .. स्वर्गीय कलाकार एक सम्भावना बोकेका कलाकार थिए ऊनी सहयोगी भावना भएका मिलनसार ब्यति थिए यो धटना ले हामीलाई अचम्मित तुल्याएको छ.. यस दुखद धडिमा मृत आत्मा को चिर शान्तिको कामना गर्दछु! यो धटना केही दिन पहिले धटेको हो तर अहिले आएर सामाजिक सञ्जाल मार्फत म केही बोल्न बाध्य भए, सामन्य अबस्थामा पनी तेतीसारो मिडिया मा आउने मान्छे होइन म तर हाल यो धटना पश्चात एकलौटी रुप मा बिभीन्न मिडिया मार्फत कपोकल्पित समाचार हरू लेख्न र लेखाउन केही अनलाइन मिडियाहरु, केही सिनेकर्मी र केही पदाधिकारीहरू पूर्वाग्रही हिसाब ले लाग्नु भएको थियो, मेरो परिवार र हाम्रो कानुनी टीम ले त्यो किसीम को हर्कत लाइ नजिक बाट नियालिरहेका थियौ,एक जना महिला भएकै कारण यती धेरै सामाजिक आक्रमण भएको होला सायद किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ..मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु , म एक महिला मात्र नभएर कलाकार पनि हो अनी नेपाली नागरिक ..हरेक नेपाली नागरिक को बाच्ने पाउने नैसर्गिक अधिकार हुन्छ सायद यो देश मा कानुन मरेको छैन..यो कानुनी राज्य हो झुट को खेती गर्नु हुने सबै दिग्गज महानुभाव हरु लाइ सत्य को बाटो हिड्न को लागी आग्रह गर्दछु , थुप्रै मिडयाहरु बाट कल आएको थियो मेरो फोन मेरो दादा सॅग हुन्थ्यो , अहीले पनी मेरो परीवार ले नै HANDLE गर्नु हुन्छ तर मिडया मा बोल्दा अनुसन्धान मा असर पर्छ भनेर मेरो परिवार बाट बोल्ने अनुमति भएन,मैले बिभन्न टेलिभिजन बाट लाइभ अन्तर्वार्ता दिन सक्थे तर बिगतमा मैले दिएको INTERVIEW हरु लाइ बिभीन्न कुरा जोडेर तोडमोड गरियो TROLL बनउने प्रयास भयो त्यसकारण यस बखत टेलिभिजन INTERVIEW मा आइन ..आवश्यक पर्दा दिउला त्यस मा कुनै संकोच छैन,यो धटना सँग जोडीएका FABRICATED समाचार र बिभीन्न भिडियो हरू मेरो कानुनी टिम ले हेर्नेनै छ, म यस चलचित्र को एक कलाकार पनि थिए, सोही चलचित्र को कलाकार भएको कारण मैले प्रहरी प्रशासन ले बोलाइएको बेला उपस्थित भएर वास्तविक कुरा हरू बयान दिनु स्वाभाविक थियो होला तर यहाँ एकतर्फी रुप मा केही मुठ्ठी भर मान्छेहरू हात धोएरै लागे त्यो कुरा मिडिया मा सबैले पढ्नु भएकै छ, SUICIDE जस्तो सम्बेदनशील बिषय लाइ GLORIFY गर्नु उचित हुदैन! पत्रकार देश को चौथो अङ्ग हो म उहाँहरू लाइ सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो.. तर केही पित पत्रकारीता गर्ने अनलाइन मिडिया हरू बाट यो धटना पछी VIEWS का लागी जुन कपोकल्पित समाचार हरु एकतर्फी रूप मा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म धोर भर्त्सना गर्दछु। यो किसीम का तथ्यहीन समाचार प्रति सम्पूर्ण देश बिदेश मा रहनु भएका मेरा आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तक हरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु !म आफै पनि मेन्टल हेल्थ को SURVIVOR & ADVOCATE समेत भएकोले मैले सोचें कसैको यस्तो सम्मेदनशील बिषय लाइ मिडिया मा ल्याउन उचित ठानिन म TOTALLY घर अनी हस्पिटल तिर नै रहें , तर कपोकल्पित तबरले देशै छोडेर क्यानडा तिर गएको जस्ता फण्डा हरु फिजाइयो जब की इण्डिया भन्दा बाहिर देश जाॅदा भिसा चाहिन्छ, प्रहरी प्रशासन लाइ बयान दिन जादा मेरो पासपोर्ट हेरेर प्रहरी अधिकारीहरु ले भन्नु भयो.. तपाई त बिदेश तिर जानुभो भनेर हङगामा थियो त मिडियाहरु तिर ..

तर कतै भिजिट गरेको देखिन्नत भनेर SURPRISE हुनु भयो.. चलचित्र मेकीङ टिम र मृतक का परिवार सॅग मेरो परिवार का सदस्य हरू र सहयोगी ले शुरुका दिनहरु बाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क मा आउनु चाहनु भएन..
म आफु बिरामी नै थिए परीवार कै रेखदेख मा रहें.. जब मलाई प्रहरी प्रशासन बाट बोलावट भयो म तुरुन्त म प्रहरी कार्यालय हाजिर भए यो धटना सम्बन्धि डिटेल INQUIRY भयो जे जे यथार्थ थियो र हो सबै बताए..सो चलचित्र को मेकिङ टिम, कलाकार हरु सबै जना सॅग सोधपुछ भइरहेको जस्तो लाग्छ.. किन की सो चलचित्र को कलाकार म मात्र थिइन। नेपाल प्रहरी बिश्व कै टप 5 अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो धटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ..

'कोही अपराधी नउम्कयोस निर्दोष नफसोस ' भन्ने भनाइ हो , जहाॅ सम्म कालो बोका र बुटी को कुरा लाइ फण्डा बनाइएको थियो अहीले को एक्काईसैं सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबै लाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं , पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहां लाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ । अनुसन्धान लाइ प्रभाव पार्ने काम कोही कसै बाट नगरौं 'JUSTICE FOR SARUK ' निष्पक्ष छानबिन होस, म र मेरो परिवार को तर्फ बाट प्रहरी प्रशासन लाइ अनुसन्धान को सवाल मा पूर्ण सपोट रहने छ । अन्तमा मृतक को सम्पूर्ण परिवार लाइ धैर्य धारण गर्ने शक्ति मिलोस..आदरणीय पुराना बरिस्ठ कलाकार सानु ताम्राकार ज्यु बिरामी हुनुहुन्छ भन्ने सुनेको छु.. यदी सत्य हो भने शीघ्र स्वास्थ्य लाभ को गर्दछु ! चलचित्र मेकिङ टिम र मृतक को परिवार हरु प्रति मेरो भन्नु केही छैन, प्रशासन लाइ सबै मिलेर अनुसन्धानमा बाधा नहुने गरी सहयोग गरौ ।धन्यबाद !! श्री पशुपतिनाथ ले सबै को कल्याण गरुन, सबै को जय होस ..
नम्रता श्रेष्ठ
काठमाडौं, नेपाल 🇳🇵🙏🙏
मिति > 2080/05/11 गते सोमबार
मैले यो लेखेर पहीले नै पोष्ट गर्न तयार गरेको थिए किनकी REALITY बाहिर थाह होस भनेर..तर मेरो परीवार को सुझाव अनुसार प्रहरीअनुसन्धान मा बाधा पुग्ने भएकोले गरीन ..त्यही कुरालाई अहीले जस्ताको तेस्तै पोष्ट गरेको छु ।


साभार - नम्रता श्रेष्ठ फेसबुक https://www.facebook.com/NamrataaOfficial
Last edited: 28-Aug-23 11:50 AM

 
Posted on 08-28-23 12:27 PM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जाँठी त चुडेलनै रैछ नि ,हुदा खाँदाको एउटा सोझो न्यारको परिवार तहस नहस पारेर छाडी . हुँन त मुजी २०१० ताकै एसको झ्याउ परेको पुती देखेर मलाई यो आइमाइ अलछिना हो भन्ने लागि सक्या थ्यो .


 
Posted on 08-28-23 12:38 PM     [Snapshot: 184]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तैले आफ्नै घरमा देखेको कुरा लाइ नम्रता संग जोडेको होस् ?
 
Posted on 08-28-23 12:52 PM     [Snapshot: 217]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुस्ते, तँ जन्मदै एस्तो अर्ध पागल होस् कि अम्रिका आएर ट्रंपको फुसी चाट्न थाले पछि मगज खुस्किन थालेको ? जनता जान्न चाहन्छन
 
Posted on 08-28-23 1:24 PM     [Snapshot: 260]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जन्मदै फुल पागल हो यो। जन्म्या बेला नर्सको हात टोक्न गाको भन्थ्यो साझामा कसैले
 
Posted on 08-28-23 1:26 PM     [Snapshot: 261]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम्राताको झ्याउ परेको पुतौरो को कुरा निकालिस , सोध्ने पर्यो तैले घरैमा देखेको कुरा नम्रता संग जोडेको हो कि भनेर | यो झड्केलो बाउले तलाई फुसी ख्वाउने गरेको पनि छ ?
साझा बासि लौ भन्नुस यसको दिमाग खूस्किएको हो कि होईन ?
 
Posted on 08-28-23 1:31 PM     [Snapshot: 278]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 08-28-23 1:37 PM     [Snapshot: 284]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदै फुल पागल हो र यो ? tesla guy, ल यो पागल लाइ एक धोक्रो सडेको पाध पठा त , मूजि पाध सुघ्न पाइन भनेर रुधै छ .
 
Posted on 08-28-23 6:25 PM     [Snapshot: 465]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“Harkat” sabda hindi ho…

Ani Saruk Nepali sabda ho ki Shahrukh khan bata prabhabhit bhayera rakheko naam?


 
Posted on 08-28-23 9:36 PM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरी नम्रता लाई यी उपद्रो clickbaity पत्रकारहरूले हैरानै पारेर शान्त रूपमा बस्न दिएनन् ।

हैन यी सारूक नाम गरेका कलाकार चै को हुन् ? कहिले नाम नसुनेको कलाकार मृत्यु पछी एक्कासी प्रख्यात हुन पुग्नु निक्कै सङ्कास्पद देखिन्छ । के उनले एक्कासी प्रख्यात हुनका लागी आत्महत्या गरेका हुन् ? बलीउड नायीका रिया चक्रवर्ती लाई यस्तै तरीकाले भारतीय जनता पार्टी नजीकका हिन्दु अतीबादी पत्रकारहरूले बिभिन्न आरोप लगाइ हैरानै पारेर शान्त रूपमा बस्न दिएका थिएनन् ।

https://www.youtube.com/watch?v=qysnr2eYg6s

 
Posted on 08-28-23 10:35 PM     [Snapshot: 629]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namrata was Saruk’s girlfriend. She did not tell this truth. She was involved in his suicide.

सारुक को मृत्यु हुदा सबै कलाकार हरु उपस्थित भए परिवार लाई भेटे तर नम्रता जि को उपस्थिति थिएन। किन होला ????

 
Last edited: 28-Aug-23 10:36 PM
Last edited: 28-Aug-23 10:38 PM

 
Posted on 08-28-23 11:15 PM     [Snapshot: 651]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नम्रता लाई जस्तै बलीउड नायीका रिया चक्रवर्ती लाई यस्तै तरीकाले भारतीय जनता पार्टी नजीकका हिन्दु अतीबादी पत्रकारहरूले media circus खडा गरेका थिए

https://www.youtube.com/watch?v=G1IKa86Y_Sc

Last edited: 28-Aug-23 11:15 PM

 
Posted on 08-28-23 11:54 PM     [Snapshot: 660]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कोही अपराधी नउम्कयोस निर्दोष नफसोस ' भन्ने भनाइ हो , जहाॅ सम्म कालो बोका र बुटी को कुरा लाइ फण्डा बनाइएको थियो अहीले को एक्काईसैं सताब्दी मा आएर यस्तो रुढीवादी कुरा गर्नु कतिको युत्ति संगत हुन्छ होला ?? यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबै लाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं , पुजा गर्ने गुरु को कुरा छ जुन चर्चा को नाम थियो उहां लाइ समेत प्रहरी प्रशासन ले पहिले नै बयान लिइ सकेको छ ।
यहाँ चै नम्रता झुटो बोल्दैछिन् किन भने त्यो फिल्मको निर्देशक आँफैले भनीसक्नुभएको छ कि नम्रताको आग्रहमा मसानघाट गएर कालो बोका काटिएको र निर्देशक अनी सारुकले बुटी लगाएको भनेर। पछि चै सारुकको मृत्यु पछि निर्देशकले त्यो बुटी फालेको भनेर आँफै कबुल गरेका पनि छन, प्रुफको लागि युट्युबमा उहाको इन्टरभ्यु हेर्न सकिन्छ।
अनी फेरी आँफै नम्रता भन्दैछिन कि "पुजा गर्ने गुरु"को बयान लिई सकेको छ, सो भन्नुको अर्थ मसानघाट पनि गएको, पूजा पनि लाएको भन्ने कुरा पक्कै हो। अब नम्रताले त्यो सबै गतिबिधिलाई "यो देश लोकतन्त्रपछी धर्मनिरपेक्ष मुलुक हो सबै लाइ धर्म मान्ने स्वतन्त्रता छ..सबै ले मनन गरौं " भनेर आफ्नो बचाउ गरेकी छिन। फेरी आफ्नो त्यो कामलाई अहीले को एक्काईसैं सताब्दीमा आएर "रुढीवाढी कुरा" हैन पनि भन्दैछिन। अच्चमै छ बा। भन्नुको अर्थ मसानघाटमा ती सबै "काम" भएका चै छन, अब मान्छेले यस्लाई "फन्डा" नबनाएर के "अन्डा" बनाउलान त? एकदमै कन्फ्लिक्टिङ भयो उहाको पोइन्टसहरु। केही विश्वाश भएर यी कामहरु गरेका भए गरेको हो भने भैहाल्यो नि, हैन र?

"नेपाल प्रहरी बिश्व कै टप 5 अनुसन्धान मा अब्बल प्रहरी हो भन्ने भनाइ छ,आसा छ यो धटना को सत्यतथ्य पक्कै पनि दुध को दुध पानी को पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौ.."
नम्रताले यस्तो लेखेको चै सार्है फन्नी लाग्यो हो। भन्न पनि कती सकेका हुन। राम राम। फेरी यो दुधको दुध, पानीको पानी भएर चै के नै हुन्छ होला र? मर्ने मान्छे मरेर गईसके। तर पनि खास कुरा के भएको थियो भनेर चै सबैलाई थाहा भए मन बुझाउने बाटो हुनेथियो होला। तर सबै प्रश्नहरु चै सिधै नम्रताकै तर्फ गएका हुँदा, उहाँलाई धेरैले दोषी देखिरहेका छन। युट्युब मात्र नभएर सिनेमाकै धेरै मान्छेहरुले उहालै तथानाम भनिरहेका छन। यो मान्छेले चै ठुलै नाम कमाउने भाग्य किएर जन्मेको रहिछिन हो। अब नाम राम्रो कामले होस् या नराम्रो कामले। ग्रह चै ठुलै रहेछ।

शिकागोअनज्यु,
तपाईं त मलाई लाग्छ, यहाँ कसले कस्तो नेपाली लेख्यो, कस्तो नेपाली बोल्यो, पुलिसिङ गर्न बसेको मान्छे जस्तो पो लाग्यो गाठेँ। अब नम्रताले "हरकत" शब्द युज गरिन भनेर तपाईं तेही समातेर बस्नुहुन्छ। त्यहा नेपाली आर्टिस्टले टिभी (नेपाल आईडल, भोइस आदीमा) हुँदो बोलेको सुन्नुभएको छ? "छप्पर फाँडेर दियो" रे "उसले त फाँडिदियो" रे। यस्लाई अब के भन्नुहुन्छ तपाईं? कती शब्दहरु भारतबाट सापट लिएर बोलिन्छ होला, कती चै अब धेरै नै इन्फ्लुएन्स भएर हैन र? उसै त सानोदेखी हिन्दी फिल्म हेरेर हुर्केका हामी, हिन्दी शब्द त यता उता युज गर्ने नै भयौ नि। बोलिमा अली अली मिसावट त चल्छ नि हैन र? अनी अमेरिकामा हेर्नुस्, कती नेपाली भेटे, ईन्डिअन रेस्टुरेन्टमा काम गर्दा गर्दा धेरैको इन्डियन अयाक्सेन्ट नै भएको नोटिस गरे हो।
तपाईं चै सुद्दमा अती सुद्द नेपाली बोल्ने उपाध्याय बाहुन हुनुहुन्छ कि? कुनै जात धर्मलाई टन्ट गरेको हैन है फेरी, सबै उपाध्यायहरु म माथि खनिन बेर छैन फेरी।

खैर, तपाईं कती सारुक कि शाहरुख भन्दै बस्नुहुन्छ बा। यहाँ सारुकको फ्यामिलीको नाम हेर्नुस् न।
बाबाको नाम : सानु ताम्राकर
ममीको नाम : रुक्मिणी ताम्राकार
अनी छोराको नाम : सा + रुक = सारुक
तपाईंले अहिले सम्म यो बुझ्नुभएन? हत्तेरिका।

 
Posted on 08-31-23 10:08 AM     [Snapshot: 1123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Many of these guys who spread unfounded rumours and propaganda against Namrata are just jealous and mad at the fact that she is so pretty and they cannot have her as their girlfriend or wife.


 
Posted on 08-31-23 11:54 AM     [Snapshot: 1156]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Many of these guys who spread unfounded rumours and propaganda against Namrata are just jealous and mad at the fact that she is so pretty and they cannot have her as their girlfriend or wife."

खाओबादीजी,
अनुहारले मात्र मान्छे राम्रो भएर हुन्न रहेछ। राम्रो अनुहार भएको तर सोच, मेन्टालिटी, बानी, बेहोरा राम्रो छैन भने जतीसुकै स्वर्गकी अप्सरा भए नि त्यो आईमाई कुरुप से कुरुप हुन्छ। तपाईं यही कुरा केटीहरुले नि भनेको सुन्न सक्नुहुन्छ। केटा जतिसुकै ह्यान्ड्सम किन नहोस्, तर बुद्धी बिबेक, आईमाईलाई ट्रिट गर्ने रत्तिभर आउन्न भने तेही केटा एकदम खराब हुन्छ।
यहाँ चै सधैं जसो स्क्यान्डलमा पर्ने आईमाईको कुरा हुँदैछ हो। अब हो अनुहार, जिउ डाल हेर्दा त भगवानले फुर्सदमै बनाएका जस्ती छिन् नि तपाईंको नम्रताजी, तर नेपालमा तेती अघी नै सेक्स भिडियोमा आएकी, अहिलेसम्म कती हो कती बोइफ्रेन्ड्स बनाएकी, अहिले फेरी निम्स पुर्जासँग पनि नाम जोडीएकी रे, सारुकसँग नि लिभ-इन मा बसेकी रे, के के हो के। तपाईं कुरा गर्नु हुन्छ कोही केटाले उहा नम्रताको कुरा/ गसिप्पिङ गर्दा, ती केटाहरुको जेलसी बोलेको होला त? तपाईंको कुरा पनि।

नम्रताजीको फेस्बूक स्ट्याटस पढ्दा तपाईंलाई चै के लाग्यो त हँ? यहाँ त कती सजिलै नम्रताजी झुटो बोल्दैछिन नि हैन र? हुँदा हुँदा फिल्म को डाइरेक्टर, अस्सिस्टेन्ट डाइरेक्टर (महिला हो है), अर्की हिरोनी सृस्‍टिले त तपाईंको नम्रतालाई "तँ, तँ" लगाउदै आरोप लगाएका छन त। केटा मात्र हैनन, केटीहरु समेत जाइलागेका छन यस्पाली त। तपाईंले "गाइज" भनेर केटाहरुलाई यसरी भन्दा तपाईंले नम्रता र उहाको ठुला ठुला कान्डलाई सजिलै इग्नोर गरेको जस्तो भएन र?

तपाईंजस्तो मान्छेबाट चै यो आशा थिएन हो।

 
Posted on 08-31-23 12:55 PM     [Snapshot: 1164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"तपाईंको नम्रताजी, तर नेपालमा तेती अघी नै सेक्स भिडियोमा आएकी, अहिलेसम्म कती हो कती बोइफ्रेन्ड्स बनाएकी"

That very much looked like NON-CONSENSUAL release of pics/videos of her very private/intimate life filmed in very private setting where the subject(s) expects total privacy.

If she were living in the US or Canada (and probably in Europe as well) she would have been in position to bring criminal charges against those people who filmed those pic and videos without her consent and released to public.

"अहिलेसम्म कती हो कती बोइफ्रेन्ड्स बनाएकी"

People do get in and out of romantic relationships. This is not particularly unnatural for any normal person. I have been there and done that. The only difference between me and her is that she is far well known in the media and I'm not. And the worst part is that the culture over there expects women to be some type of सती साबीत्री and anything less than that is considered a whore-like character. She is not the problem but men are... who lust for her. पुरूष प्रधान समाज भनेको यही हो


 
Khaobaadi_Netaa_ko_Bau
Posted on 08-31-23 2:02 PM     [Snapshot: 1227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You are looking lowly upon Priyanka's mother in law but now you are acting like saint. Haha make up your mind son.
 
Posted on 08-31-23 2:29 PM     [Snapshot: 1238]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

खाओबादी ज्यु,
तपाईंले धेरै पुरानो कुरा फेरी उप्काउनुभो। नदिमा धेरै पानी बगेर गैसके, धेरै बसन्त, शिशिर, बर्षा आदी सबै गए। मलाई अझै पनि नम्रताकै सपोर्ट्मा मान्छे बोल्छन भनेर सुन्दा अच्चम्मै लाग्छ। उता अनलाइन मिडियामा नम्रतालाई के के भनी बोलाउछन थाहा छ तपाईंलाई? "अलच्छिनी सुड्डी" रे, "पोर्नस्टार" रे, "बोक्सी" रे "छोरा र बाउ दुबै खाई" रे अनी मेन कुरा त तपाईं हेर्नुस् त्यहा त्यस्तो लेख्ने को हुन भनेर, केटीहरुले त्यस्तो लेखिरहेका छन हो, तपाईं अझै पनि हामी "पुरुष प्रधान समाजमा" छौ भन्ने?
जुन सेक्स भिडियोको तपाईं कुरा गर्नुहुदैछ, त्यो कुनै दुइटा अबिबाहित, म्याच्युर केटा र केटा बिच खिचिएको थिएन। मलाई थाहा छैन किन मान्छेहरु यहाँनिर सधैं "सधैं" बिर्सन्छन कि त्यो एउटा विवाहहित, कुटिल, होर्नी केटा र एक होर्नी अब "निर्दोष र अबुझ" त के भनौ उत्ताउली केटीबिच खिचिएको थियो। दुई बुझ्ने र अरु बन्धनमा नभएका ब्यक्तिहरुले आफ्नो इन्टिमेट सेक्स भिडीयो खिच्नु प्रब्लम थिएन, तर यहाँ यस्तो थिएन महोदय। तेही भएर त्यो सेक्स भिडियोको यत्रो चर्चा भयो र अझै पनि हुन्छ। ईंग्लिश बोली बोली, रक्सीको मातमा ओरल, अयानल सबै गरेर, देखाएर त्यो भिडियो ले एक हिसाबले तेती खेरको नेपालीहरुको सेन्सिबिलिटीलाई नै "फक" साइन देखायो हो। पछी बुझिए अनुसार डि जे तान्त्रिक कि स्वास्नीको हातमा भिडियो भाको मोबाइल पुगेपछी त्यो भिडियो भाईरल भयो। तपाईं अब भन्नुस्, त्यो भिडियो फर्स्ट कसले भाईरल गर्‍यो? कुनै पुरुषले? नम्रताले कुन मुख लिएर तान्त्रिककी श्वासनिलाई क्रिमिनल चार्ज गर्न सक्छ? अरुको लोग्नेसँग चिट गर्ने आफु अनी फेरी मेरो पर्सनल सेक्स भिडियो लीक गर्‍यो भनेर कराउन त मिलेन नि हैन। तेतिखेर त यस्तो गर्ने चलन पनि थिएन र अहिले हो, मान्छेहरु चेन्ज भए, नयाँ नयाँ कानुन, नियम बने, तर त्यो घटना अहिले भएर, नम्रताले क्रिमिनल चार्ज गरेकी भए आफ्नै जग-हसाँई हुन्थ्यो हो। अरुको लोग्नेसँग सुत्ने पनि आफु, अझ प्राईभिसी पनि चाहियो? कस्तो कुरा हो।

जहाँसम्म बोइफ्रेन्ड्स धेरै बनाएकोबारेमा कुरा छ, यो कुरामा चै तपाईं हामी जस्ता सबै नेपालीहरु डबल-स्ट्यान्डर्ड छौ, किन भने तपाईंले त सजिलै भन्नु भो, मेरो पनि धेरै रिलेशन भए, चल्यो, तर तेही कुरा आफ्नो दिदी-बहिनी, छोरी, भतिजीले त्यस्तो काम गरोस त, हाम्रो बि पी बढेर कहाँ पुग्छ हो। मलाई थाहा छैन नम्रताको परिवार कस्तो छ, कहाबाट आएको हो भनेर। तर तपाईं बिचार गर्नुस्, कुनै नर्मल नेपाली परिवारमा छोरी ४० काट्न लागेकी छे, बिहे भाको छैन, फेरी बोइफ्रेन्ड बदलेको बदल्यै छे, अनी तेसमाथि सेक्स भिडियो छ, कती टेन्सन भईरको होला हो। केटाहरुले जे जस्तो गरे नि आफ्नो बहिनी, दिदीहरुले चै टाइममै बिहे गरोस, केटा नखेलाओस भन्छौ हामी हो। यो अर्थमा चै हामी पुरुषप्रधान छौ होला। मैले अहिलेको जमानामा "सती-साबित्री" केटी चै खोज्न मिल्दैन भनेर भनी आएको छु। उमेरमा रिलेशन आदी हुन सक्छ तर विवाहित पुरुषसँग सेक्स गर्नु, अनी फेरी एउटासँग रिलेशनमा हुँदा हुँदै अर्को सँग सम्बन्धमा जानु, (यहानिर तपाईंको निम्सदाइको नाम आईरहेको छ) यो गलत हो, मोरल्ली पनि।

सुन्नमा त के आयो भने, सारुकको परिवारलाई यो केस अघी नबढाउन धम्की पनि आएको छ रे के सुनियो भने, निम्स पुर्जाको ठुलो नाम भएको हुनाले नम्रता र उसको सम्बन्ध नकेलाउन यहाँ जोर लगाएको जस्तो देखियो। बिचरा एउटा छोरा पनि मरे पछी कती ठुलो बज्र्पात भयो आमा बाउलाई। एका तिर कस्ती आईमाईसँग छोरा लाग्यो, अर्को तर्फ कहा कहाँ बाट धम्की, अन्याय त यहाँ पो देखिन्छ।

तपाईं चै रिभेन्ज पोर्न को लामो लामो पोस्ट गरेर एउटा गलत कामको समर्थन गर्नुहुन्छ?

लाज लाग्नु पर्ने तपाईंलाई।

 
Posted on 08-31-23 3:39 PM     [Snapshot: 1269]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo logan ra khaobadi le takeover garera sajhako sense and sensibility nai down bhai sakyo. Tiniharuko jasto mentality le desh ta bigriyo bigriyo yaha ko online community pani bigridai gayeko chha
 
Posted on 08-31-23 5:52 PM     [Snapshot: 1258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जुन सेक्स भिडियोको तपाईं कुरा गर्नुहुदैछ, त्यो कुनै दुइटा अबिबाहित, म्याच्युर केटा र केटा बिच खिचिएको थिएन।"

Based on my understanding of revenge porn laws (if applied in her case), those laws do not care if involved subject(s) is married or single or in some extramarital relationship with someone else. Relationship status of subject(s) is NOT a prerequisite for it to be applicable.



"मलाई थाहा छैन किन मान्छेहरु यहाँनिर सधैं 'सधैं' बिर्सन्छन कि त्यो एउटा विवाहहित, कुटिल, होर्नी केटा र एक होर्नी अब 'निर्दोष र अबुझ' त के भनौ उत्ताउली केटीबिच खिचिएको थियो। दुई बुझ्ने र अरु बन्धनमा नभएका ब्यक्तिहरुले आफ्नो इन्टिमेट सेक्स भिडीयो खिच्नु प्रब्लम थिएन, तर यहाँ यस्तो थिएन महोदय।"

Revenge porn laws only look to see -
#1 if subject(s) CONSENTED (or not) to be filmed/recorded by someone in intimate situations
#2 if subject(s) had an intention/expectation that such film/video/pic/recordings to be released to public.

And of course, those laws don't care if subject(s) was horny or not. Lol!!



"ईंग्लिश बोली बोली, रक्सीको मातमा ओरल, अयानल सबै गरेर, देखाएर त्यो भिडियो ले एक हिसाबले तेती खेरको नेपालीहरुको सेन्सिबिलिटीलाई नै "फक" साइन देखायो हो "

If alcohol was involved, it very much looks like she did not consent to be filmed. Incapacitated by alcohol is key here.



"पछी बुझिए अनुसार डि जे तान्त्रिक कि स्वास्नीको हातमा भिडियो भाको मोबाइल पुगेपछी त्यो भिडियो भाईरल भयो। "
If that scenario, डि जे तान्त्रिक could have been charged for non-consensual filming and distribution to public. डि जे तान्त्रिक कि स्वास्नी would have been charged for distribution of such material to public.



"मलाई थाहा छैन नम्रताको परिवार कस्तो छ, कहाबाट आएको हो भनेर। तर तपाईं बिचार गर्नुस्, कुनै नर्मल नेपाली परिवारमा छोरी ४० काट्न लागेकी छे, बिहे भाको छैन, फेरी बोइफ्रेन्ड बदलेको बदल्यै छे, अनी तेसमाथि सेक्स भिडियो छ, कती टेन्सन भईरको होला हो।"

४० काट्न लागेकी मान्छेलाइ दाम्लोले बाधेर राख्ने ? क्या तालको कुरो ?? What the hell ??

You sound just like parents of these desi kids who they have been complaining about. Go to 9:07 in this video. Lol!!

https://youtu.be/CFfNIsnScdc?feature=shared&t=907

Last edited: 31-Aug-23 06:04 PM

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters