[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Ganesh Thapa must go!

[Please view other pages to see the rest of the postings. Total posts: 66]
PAGE: <<  1 2 3 4 NEXT PAGE
Keywords associated with this thread

-
[VIEWED 62177 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 04-27-14 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.ekantipur.com/the-kathmandu-post/2014/04/25/on-saturday/ganesh-thapa-must-go/262090.html

KATHMANDU, APR 25 -
Ganesh Thapa has been heading the All Nepal Football Association (ANFA) since 1994 and it’s about time he stepped down and let others lead ANFA to greater heights. No man or woman should be allowed to lead any public organisation for more than a decade. If you can’t bring any changes in 10 years then it would be foolish for all of us to expect you to do any better.

Let’s learn a thing or two from Communist China. The dumpling gang change their leadership every decade. The old ones retire and spend their days swimming, drinking tea and practicing calligraphy. But that’s not the case across the border where our desi dosa wallahs cling on to power until their last breath. I think our netas and public officials follow the ‘desi’ formula and are working together to make our lives miserable.

A few of our ‘A’ Division football clubs have boycotted ANFA meetings because Thapa and his crew have been using ANFA funds to get rich while doling out peanuts to the clubs. Manang Marshyangdi Club (MMC) won the league last year and they have not received the full cash prize of Rs 7.5 million yet. Maybe Thapa and his lads want to pay the league winners in installments that will go on for another decade.

ANFA receives hundreds of thousands of dollars from FIFA to develop football in Nepal but most of the funds go to pay off district presidents and other members who have voting rights. No wonder then that Thapa has two-thirds majority in the executive committee and he knows very well that no one can kick him out unless those who have received gift hampers suddenly develop a sense of morality and do the right thing.

Thapa is also good at keeping close ties with our politicians. A few weeks ago, one of our footballers received an apartment and our Emperor was there to hand over the gift. Both Thapa and our Emperor have three things in common: One, they both have been heading their respective organisation for more than two decades. They both act like they have the divine right to do so. And the most important stuff is of course the moolah. The Emperor controls all the funds and so does Thapa, and they both use it to win over other comrades to help them stay on top.

Anil Gurung received a car thanks to Ncell. I hope ANFA will be kind enough to give him a free monthly voucher that will allow him to fill up 20 litres of petrol at least. Our ANFA officials don’t have to worry about paying their bills but our footballers and clubs are struggling with financial problems.

It’s not that we don’t have good footballers in the country. Bimal Bhai is doing great in his trial with a European club, and some of our other footballers are playing in professional leagues in Asia. But here at home, the lazy bums at ANFA fail to run the league consistently. One year, they do it and the next year, they scrap it and make it tough for our football clubs to survive.

Thapa’s son received US$100,000 a few years ago from a Qatari who had high hopes of becoming the FIFA head someday. Thapa claimed that it was a personal loan deal and it has already been cleared. If Thapa had brains instead of only

brawn then he would have asked the Qatari to provide millions to develop football in this country. Maybe the Qataris would have even built us a few football stadiums and we would be more than happy to have ‘Qatar Foundation’ plastered all over the premises.

The cricketers boycotted the national tournament and our Cricket Association wallahs were forced to sit down to work towards resolving the crisis. Maybe our football clubs should all boycott ANFA and without any football clubs in the country, ANFA can then organise maybe a two-a-side football tournament and have their own officials play the game.

Ganesh Thapa shows no signs of quitting and instead, he challenges those not happy with his dictatorship to throw him out. He believes that ANFA is the most transparent organisation in the country. Maybe, our football clubs should demand all the hisab kitab and how much dough he has spent so far making other district presidents and voting members happy. After all, in this land of ours, you need the money and the muscles as well to win elections, be it national politics or in any other organisations.

Thapa is a former national team captain and he knows very well how hard it is to survive playing football in this country. But Thapa and his crew are enjoying the high life while our football players play for the love of the game and barely make enough to live a decent life. We may not play in the World Cup anytime soon but we should be winning most of our matches against our South Asian rivals at the very least. Thapa’s two decades of dictatorship must come to an end but we need someone who will do his or her best to develop football instead of just having ANFA officials and their kids looting the funds.

Guffadi is a grumpy old man who blogs at guffadi.blogspot.com. You may contact him at maguffadi@gmail.com

Posted on: 2014-04-26 08:57


 
Posted on 12-03-15 8:10 PM     [Snapshot: 3958]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणेशबाटै सञ्चालित एन्फा

  • वैदेशिक पत्राचारदेखि ‘इमेल’ सञ्चालनसम्मै हालीमुहाली

मंसिर १५, २०७२- नेपाली फुटबलमा २० वर्ष एकछत्र राज गरेका गणेश थापालाई प्रतिबन्ध लगाउने विश्व फुटबल महासंघ (फिफा)को निर्णयपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वलाई लिएर विवाद उत्पन्न भएको छ ।

फिफाले भ्रष्टाचारको मुद्दामा थापालाई २५ कात्तिकमा १० वर्ष फुटबलको सम्पूर्ण गतिविधिमा भाग लिन नपाउने र २१ लाख रुपियाँ आर्थिक जरिवाना गर्ने निर्णय गरेको थियो । आफू प्रतिबन्धमा परे पनि एन्फामा आफ्नो वर्चस्व कायम राख्ने रणनीति अनुरूप थापाले विधानविपरीत नरेन्द्र श्रेष्ठलाई कार्यवाहक अध्यक्ष सुम्पिएका थिए ।

श्रेष्ठ एन्फाको प्रतियोगिता निर्देशक (कम्पिटिसन डिरेक्टर)को रूपमा मासिक तलब बुझ्दै आइरहेका छन् । आफ्नै संस्थामा जागिरेका रूपमा तलब बुझ्ने कर्मचारी एन्फाको कार्यसमितिमा बस्न पाउने प्रावधान छैन । उनी यसअघि एन्फाको महासचिव र उपाध्यक्षमा नियुक्त भइसकेका व्यक्ति हुन् । तर, दुई वर्षअघि एन्फाको निर्वाचन हुँदा कार्यसमितिबाट बाहिरिन पुगेका थिए । यसै कारण उनलाई कर्मचारीका रूपमा एन्फाले नियुक्त गरेको थियो ।

केही समयअघि अस्ट्रेलिया जाने सोच बनाएका श्रेष्ठलाई कार्यवाहक दिने योजना वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि नै बनिसकेको एन्फासम्बद्ध स्रोत बताउँछ । आफ्नो विरोध गरेका कारण थापाले ललितको निधनपछि बाँकी रहेका तीन उपाध्यक्ष कर्माछिरिङ शेर्पा, किशोर झापाली राई र विजयनारायण मानन्धरमध्ये कसैलाई पनि एन्फाको नेतृत्व नसुम्पिने रणनीति बनाएका थिए । त्यही अनुरूप विधानविपरीत नरेन्द्र श्रेष्ठलाई असोजको पहिलो साता वरिष्ठ उपाध्यक्ष नियुक्त गरिएको थियो ।

“हामीलाई बाइपास गरेर १६ भदौमा एन्फाले नियमित साधारणसभा गर्न लागेको थियो । यसविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गर्‍यौँ,” उपाध्यक्ष कर्माछिरिङ शेर्पा भन्छन्, “एन्फाले पहिलोपल्ट हामीलाई कारबाही गरेको भन्यो । तर, अदालतमा कारबाही प्रमाणित गर्न सकेनन् । यसपछि अदालतले नै हामीलाई समावेश नगराई साधारणसभा नगराउन निर्देशन दियो ।”

प्रतिबन्धमा परे पनि थापाको प्रभावबाट एन्फा अहिलेसम्म पूर्ण रूपमा मुक्त हुन सकेको छैन । एन्फामा वैदेशिक पत्राचारदेखि ‘इमेल’ सञ्चालन उनकै व्यक्तिहरूले गर्दै आइरहेका छन् । यस्तो अवस्थामा नेपाली फुटबलको भविष्य के हुने हो ? सबैलाई कौतूहल जाग्नु स्वाभाविक हो । यो सबै बुझ्न यसै साता एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधि काठमाडौँ आएर एन्फा कार्यसमितिका वर्तमान पदाधिकारी, कारबाही गरिएको भनिएका पदाधिकारी, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई भेटेर फर्किसकेको छ ।

यसैका आधारमा आफूहरूले पूर्वसचिव प्रतापकुमार पाठकको संयोजकत्वमा पाँच सदस्यीय छानबिन तथा सुझाव समिति गठन गरेको परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट बताउँछन् । यो कमिटीमा महालेखा परीक्षकको कार्यालयका पूर्वनिर्देशक उमेशप्रसाद ढकाल, कानुनविज्ञ प्रवल शर्मा र खेलकुद मन्त्रालयका उपसचिव रामबहादुर हमाल सदस्य छन् । “म खेलकुदका अन्य संघजस्तै फुटबलमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघका नाममा द्वैध संस्था चलोस् भन्ने मान्यतामा छैन । सबै जना एउटै ठाउँमा बसेर काम गरौँ भन्ने मान्यता हो,” विष्ट भन्छन्, “नरेन्द्र श्रेष्ठका विषयमा कानुनसम्बद्ध छैन भन्ने रिपोर्ट आयो भने तुरुन्तै हटाउँछौँ ।”

एन्फाको अबको नेतृत्व कसले लिने भन्ने सवालमा एएफसीले यसै महिनाभित्र शक्तिशाली प्रतिनिधि पठाउने सम्भावना बलियो छ । आउँदो फेब्रुअरीमा स्वीट्जरल्यान्डको ज्युरिचमा फिफाको अध्यक्ष पदको निर्वाचन हुने हुँदा एएफसी एन्फाको नेतृत्वको विवाद चाँडै समाधान होस् भन्ने चाहन्छ ।
यस्तो अवस्थामा नेपाल ओलम्पिक कमिटीले सबै विषयलाई अनुगमन गरिरहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ बताउँछन् । “एन्फा महासचिव धीरेन्द्र प्रधान, एएफसीका प्रतिनिधि र हामी बसेको बैठकमा एन्फाको नेतृत्व स्वीकृत विधान अनुसार चल्ने स्पष्ट भइसकेको छ,” श्रेष्ठ भन्छन्, “नेपाल ओलम्पिक कमिटीको निर्वाचन पनि विधान अनुरूप हुनुपर्छ भनेर फिफाबाट निलम्बित अध्यक्ष गणेश थापाजीले एक महिना सार्न लगाउनुभएको थियो ।”

थापाले २१ साउनमा हुने भनिएको नेपाल ओलम्पिक कमिटीको निर्वाचन विधानसम्बद्ध नभएको भन्दै रोक्न लगाएका थिए । जस अनुरूप स्थगित निर्वाचन १७ भदौमा भएको थियो । “हस्तक्षेपभन्दा पनि एन्फाको अबको नेतृत्व उनीहरूको निर्देशित विधान अनुसार नै हुन्छ । स्वर्गीय वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठका स्थानमा विधान अनुसार अर्का पदाधिकारी आउनेछन् । र, त्यो कमिटीले 
नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्नेछ,” श्रेष्ठ भन्छन् । 

प्रकाशित: मंसिर १५, २०७२

http://nepal.ekantipur.com/news/2015-12-01/20151201090817.html

 
Posted on 12-03-15 8:17 PM     [Snapshot: 3960]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणेश थापालाई फुटबल प्रेमीहरूले कसरी माफ गर्लान् र ?

अश्विनी कोइराला

मंसिर १४, २०७२- 
कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष, एन्फा

२०५२ सालमा गणेश थापा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष हुँदा नेपालको फुटबल सार्कस्तरमा अब्बल थियो । समयक्रमसँगै नेपालको फुटबलको स्तर कमजोर मात्र भएन, फुटबल संरचनाभित्र भ्रष्टाचार र अनियमितताको बाढी नै आयो । ती घटनालाई बाहिर ल्याउने व्यक्तिहरूमध्ये एक थिए— कर्माछिरिङ शेर्पा । आफ्नै संस्थाका अध्यक्षले घोटला गरेका विभिन्न कार्य गोप्य रूपमा पर्दाफास गर्दै आएका एन्फाका उपाध्यक्ष कर्माछिरिङले पछिल्लो समय त्यसको खुलेरै विरोध गर्न थाले । उनकै नेतृत्वमा गठन भएको ‘फुटबल शुद्धीकरण अभियान’ले सरकार, अख्तियार र जनतासम्म राम्रै प्रभाव पार्‍यो । केही अघि गणेश थापालाई फिफाले घुस लिएको आरोपमा १० वर्षसम्म फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेपछि ‘फुटबल शुद्धीकरण अभियान’ नेपालमा मात्र होइन, फुटबलमा चासो राख्ने विदेशी निकायमा पनि चर्चित भएको छ । यही अभियानका प्रमुख कर्माछिरिङ शेर्पासँग साप्ताहिकले गरेको कुराकानी : 

तपाईंहरूले सुरु गर्नुभएको अभियानले सफलता पाएको छ, कस्तो लागिरहेको छ ?
म एन्फाको उपाध्यक्ष भएको १७ वर्ष भयो । सुरुमा गणेश थापाको कार्यशैली बुझ्न एक–दुई वर्ष लाग्यो । म झन्डै १५ वर्षदेखि एन्फाको गतिविधि ठीक भएन, यसको कार्यशैली गलत भयो भनेर लडिरहेको थिएँ । सुरुमा सत्यतथ्य बाहिर ल्याउँदा संस्थालाई अप्ठ्यारो पर्न सक्छ भनेर हामी भित्रभित्रै लड्यौं । उहाँले कार्यशैली सुधार गर्नुको साटो हामीलाई नै गलत ठहर्‍याउन थाल्नुभयो । त्यसपछि हामी बिस्तारै प्रेस, सरकार र अख्तियारतिर धाउन थालेका हौं । अहिले आएर हाम्रो अभियानले सफलता पाएको छ । फुटबल प्रेमीहरू खुसी हुनुहुन्छ । 

यो कुरा पर्दाफास हुन लामो समय लाग्यो, यसले नेपाली फुटबललाई रसातलमा पुर्‍यायो भन्नेहरू पनि छन्, के भन्नुहुन्छ ?
हामीले सबैतिर प्रयास गरेका हौं । संस्थाले गलत काम गरिरहेको छ भनेर गोप्य रूपमा सूचना दिएकै कारण कान्तिपुरले लगातार समाचार प्रकाशन गर्‍यो, अरूले पनि एन्फाको भ्रष्टाचारलाई स्थान दिए, तर उहाँ कति चतुर भने हामीले दिएको सूचना नै गलत हो भन्ने ढंगले प्रस्तुत हुनुहुन्थ्यो । थापामा पत्रकार, राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय मात्र होइन सरकारलाई समेत प्रभावित पार्न सक्ने खुबी थियो । यही खुबीका कारण उहाँ २० वर्ष अध्यक्ष हुनुभयो । उहाँले आफ्नो पावर प्रयोग गरेर अख्तियारलाई समेत प्रभावित तुल्याउनुभयो । सुरुमा भ्रष्टाचारको मुद्दा नै दर्ता भएन । दर्ता भएपछि त्यसमा लामो समय लाग्यो । उहाँले यति ठूलो गेम खेल्नुभयो कि अख्तियारले समेत क्लिन चिट दियो । अहिले फिफाले कारबाही नगरेको भए उहाँ अझै शिर उठाएर हिँड्नुहुन्थ्यो । 

गणेश थापाले सरकार, खेलाडीदेखि अख्तियारसम्म प्रभावित गर्नुभयो, यो कसरी सम्भव भयो ?
फुटबलको विकासका लागि विदेशबाट करोडौं रुपैयाँ आएको थियो । फुटबल खेल नेपालमा लोकप्रिय छ । यहीँ पनि टिकट बिक्रीबाट पनि लाखौं रुपैयाँ जम्मा हुन्थ्यो । त्यसबाहेक प्रायोजक कम्पनीबाट साढे ४ करोड रुपैयाँ आएको देखिन्छ । तीमध्ये कति फुटबलमा खर्च भयो, त्यो नै थाहा छैन । यसको अर्थ उक्त पैसामध्ये ठूलो रकम मानिसहरूलाई मिलाउन प्रयोग हुन्थ्यो । एन्फामा आर्थिक नियमावली नै छैन । हामीले आर्थिक नियमावली बनाएर त्यही अनुसार रकम खर्च गरौं भनेर आवाज उठाउँदै आएका थियौं, तर एन्फाभित्र उहाँका मानिस धेरै थिए । आफूलाई मन नपरेको मानिसलाई कारबाही गर्ने र आफ्ना मान्छे भर्ती गर्ने, विदेश पठाउने, विभिन्न किसिमका सुविधा दिने कारणले हामी दुई–चार जनाले मात्र नियामावली बनाउने, उहाँलाई हटाउने जस्ता नीतिगत निर्णय गर्न सकेनौं, त्यसैले उहाँलाई चलखेल गर्न सजिलो भयो । कति पैसा कहाँ गयो, कसरी गयो, त्यसको हिसाब राख्नुपर्ने जरुरी भएन । 

तपाईंको समूहभित्र को–को थिए ?
वियनारायण मानन्धर, किशोर राई र पंकजविक्रम । उहाँलाई चुनौती दिन गीता राणाको अध्यक्षतामा अर्को संस्था खोल्यौं तर अन्तर्राष्ट्रिय रूपमा देशको खेललाई नै अप्ठ्यारो पर्ने अवस्था आएपछि एकीकरण गर्न बाध्य भयौं । अर्को कुरा बाहिर बसेर उहाँका गलत क्रियाकलाप बाहिर ल्याउन सकिँदैनथ्यो । एन्फाभित्र ७२ जना सदस्यमध्ये ५० देखि ५८ जनालाई उहाँ सधैं पकेटमा राख्न सफल हुनुभयो । उहाँका पक्षमा सधैं दुईतिहाइ मत पुग्थ्यो । 

यही बेला म्याच फिक्सिङ गरेर खेलाडीहरूले लाखौं कमाएको कुरा बाहिर आयो । यसमा एन्फा पदाधिकारीहरूको मिलोमतो हुन सक्छ ?
खेलाडीहरूले मात्रले यति ठूलो अपराध गर्न सक्दैनन् । युवा खेलाडीहरू आफ्नो करियर बनाउन चाहन्छन् । उनीहरूलाई खेल राम्रो खेल्नुबाहेक एन्फासँग नजिक हुन मन लाग्छ । यस अर्थमा यसमा एन्फा पदाधिकारीहरू पनि संलग्न हुनुपर्छ भन्ने हाम्रो ठहर छ । सिंगापुरका एक जना व्यापारीले फिक्सिङको अपराध गरेका कारण जेल सजाय पाएका थिए । ती व्यक्तिले खेल पत्रकारहरूको सहयोगमा जेलमै बसेर ‘केलोङ किङ’ शीर्षकको आत्मकथा लेखे । त्यो पुस्तकमा विश्वभरि कसरी म्याच फिक्सिङ हुन्छ भन्ने कुरादेखि नेपालका खेलाडीहरूले कसरी र कहाँ–कहाँ त्यस्तो अपराध गरे भन्ने कुरा उल्लेख गरिएको छ । अनुसन्धानहरूले पनि नेपाली खेलाडीहरूले २३ वटा खेल पैसा लिएर हारेको देखाएका छन् । विश्वप्रसिद्ध खेल साइटको स्पोर्ट राडरको डाटाले पनि उक्त कुरा पुष्टि गरेको छ । यति ठूलो कुरा पदाधिकारीहरूलाई थाहा भएन, उनीहरूको संलग्नता थिएन भन्ने कुरा कसरी पत्याउने ?

यी अपराधबाहेक गणेश थापाविरुद्ध करोडभन्दा बढी घूस खाएको आरोप लागेको थियो । यही आरोपमा उनी निलम्बनमा पनि परे । यस विषयमा तपाईंको भनाइ के छ ?
सबै कुरा पत्रपत्रिकाहरूमा आइसकेको छ । उहाँको छोराको खातामा १ करोड र उहाँको खातामा १ करोड १५ लाख रुपैयाँ आएको पुष्टि भैसकेको छ । उहाँले फिफामा जोसँग पैसा लिनुभएको थियो, उसैलाई भोट दिएको पनि पुष्टि भैसकेको छ । हुन त उक्त रकम फुटबलका लागि सापटी लिएको भनेर थापाले आफ्नो बचाउ गर्नुभएको छ । फुटबलका लागि हो भने त्यो पैसा किन एन्फाको खातामा आएन, उहाँकै छोरा र उहाँको नाममा किन आयो ? यसमा थप कुरा भन्नुपर्छ जस्तो लाग्दैन । गणेश थापा र उनको समूहलाई फुटबलप्रेमीले कसरी माफ गर्लान् र ?

अन्तर्राष्ट्रिय खेलहरूमा उमेर समूहभन्दा बढी उमेरका खेलाडीहरू पठाइएको आरोप पनि छ, के भन्नुहुन्छ ?
आरोप होइन, पुष्टि नै भैसकेको छ । यसमा खेलाडी छनौट गर्नेदेखि एन्फा पदाधिकारीसम्म 
संलग्न छन् । यो देशमा सरकार छ, यो देशमा कानुन छ र यसले देशको बेइज्जत गर्‍यो भन्ने लाग्छ भने यी सबै अपराध गर्नेहरूलाई दण्ड हुनेछ भन्ने आशा गर्छु । सम्पूर्ण फुटबलप्रेमीहरूले पनि खोजेको त्यही हो । हिजो फुटबल कहाँ थियो ? हामीले भारतलाई समेत जितेका थियौं । दक्षिण एसियामा अब्बल र एसियामा पनि माथिल्लो र्‍याङ्कमा पुगिसकेका थियौं, आज अन्तर्राष्ट्रिय बेइज्जत भएको छ ।
अब कुन आशाले फुटबल हेर्न जान्छन् दर्शकहरू ? जुन खेलाडीको खेल हेर्न हामी मरिहत्ते गथ्र्यौ, त्यही खेलाडीले प्रशंसकहरूको विश्वासलाई लत्याउँदै र देशकै खेलको बेइज्जत गर्दै आज जेल जानुपर्ने अवस्था आयो । फुटबललाई स्वच्छ बनाउन पनि यी सबै किसिमको अपराध गर्नेहरूले सजाय पाउनुपर्छ । 

तपाईंको शुद्धीकरण अभियान करिब–करिब पूरा भयो । अब नयाँ बाटो कोर्न तपाईंहरूको समूह सक्षम हुन्छ ? तपाईंहरूलाई एन्फाका अन्य पदाधिकारीहरूले साथ दिन्छन् ?
एन्फा अहिले ४५ जिल्लामा सक्रिय छ । तीमध्ये २२ जिल्ला हाम्रो शुद्धीकरण अभियानमा छन् । ए डिभिजनका १० क्लबमध्ये ७ वटा क्लब पनि हाम्रो अभियानमा छन् । यसरी सिधै हाम्रो बहुमत देखिन्छ । गल्ती नगर्ने वा परिबन्दमा पर्नेहरूले पनि हामीलाई साथ देलान् । जो गलत छ, उहाँहरूको त हामीले विरोध गरेकै हो । उहाँहरूलाई कानुनले समात्छ । अब फुटबलको विकास नहुने कुनै कारण छैन । 

यतिबेला फुटबलका फ्यानहरू निराश छन् । उनीहरूलाई फुटबलले गति लिन्छ भन्ने विश्वास दिलाउने आधार के–के हुन् ?
हाम्रो शुद्धीकरण अभियानले धेरै कुरा संकेत गर्छ । त्यसमा पनि हामी व्यवसायिक फुटबलमा लागिरहेका छौं । ग्रासरुटदेखि नै काम गर्छौं । हरेक जिल्लामा उमेर समूहका खेलाडी उत्पादन गछौं । ती सयौं खेलाडीबाट राम्रा खेलाडी छान्दै जान्छौं । एन्फामा आएको सबै रकम पारदर्शी ढंगले खर्च गर्छौं । यहाँभित्रका विकृति–विसंगतिहरूलाई जरैदेखि निर्मूल गर्छौं । यति भएपछि केही वर्षभित्रै नेपाली फुटबलले २० वर्षअघिको लय पक्रन्छ । 

प्रकाशित: मंसिर १४, २०७२



http://saptahik.ekantipur.com/news/2015-11-30/20151130151207.html

 
Posted on 12-03-15 8:24 PM     [Snapshot: 3966]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रष्टाचारबाट उब्जिएको सत्ता

नवीन अर्याल

मंसिर ११, २०७२- 
सन् १९९३ मा बंगलादेशमा दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको आयोजना हुँदै थियो । त्यसका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडी छनोट भैरहेको थियो । त्यसमा धनबहादुर बस्नेत नेपाली टिमका मुख्य प्रशिक्षक थिए । उनले १८ सदस्यीय टिमको नाम घोषणा गर्ने क्रममा गणेश थापालाई टिमबाट बाहिरै राखे । 

त्यसपछि नेपाली खेलकुदमा ठूलो विवाद उत्पन्न भयो । त्यसबाट उत्पन्न विवाद आज भ्रष्टाचारमा पुगेर टुँगिएको छ । आफू राष्ट्रिय टिममा पर्न असफल भएपछि थापाले दबाब दिने उद्देश्यले राजदरबारबाट तत्कालीन शिक्षा तथा खेलकुदमन्त्रीलाई फोन गर्न लगाएका थिए । त्यसैले उनको छनौटको विषयलाई लिएर त्यतिबेला शिक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा छानविन समिति नै गठन भयो । 

छानविन समितिलाई बयान दिन अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष पुरुषोत्तमप्रसाद श्रेष्ठ आफै उपस्थित भए । उक्त घटना सम्भँmदै श्रेष्ठ भन्छन्– ‘मलाई लाग्छ, नेपाली खेलकुदको अहिलेसम्मको इतिहासमा एउटा खेलाडीको छनौटलाई लिएर मन्त्रालयले नै छानबिन समिति गठन गरेको यो पहिलो र दुर्लभ घटना होला ।

श्रेष्ठले छानविन समितिलाई थापाको अनुपस्थितिमा ‘मेडल’ जितेर देखाइदिने नभए अध्यक्ष पद नै छोड्ने बयान दिएपछि विवाद केही मत्थर भएको थियो । फेरि नेपालमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भैसकेको थियो । त्यसैले थापालाई घरमै छोडेर नेपाली टिम बंगलादेश उड्यो । रोचक कुरा, नेपालले बंगलादेशमा सम्पन्न साफ गेम्समा १ मात्र स्वर्ण जित्यो, त्यो पनि फुटबलमा । 
नेपाल फर्किएपछि स्वर्ण जिताएका प्रशिक्षक धनबहादुरले राष्ट्रबाट सम्मानको आशा राखेका थिए, तर उनलाई गणेश थापाकै नेतृत्वमा आएको समूहले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला बाहिर मर्ने गरी कुट्यो । हेलमेटले प्रहार गर्दा उनका अगाडिका २ वटा दाँत नै भाँच्चिए । 


थापाविरुद्ध कारबाहीको माग राख्दै बस्नेतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी हाले तर रमाइलो कुरा राजनीतिक खिचातानीबीच सरकार परिवर्तनसँगै राखेपको नेतृत्व पनि परिवर्तन भयो । नेपाली कांग्रेसको कोटाबाट राखेप सदस्य–सचिव भएका रुक्मशमशेर राणालाई हटाएर नेकपा एमालेका केशव स्थापित परिषद्मा आए । त्यतिबेला पुरुषोत्तमप्रसादलाई एन्फाबाट हटाएर रुक्मशमशेर अध्यक्ष भैसकेका थिए । त्यसैले एमाले पनि एन्फामा रुक्मको विकल्प चाहन्थ्यो । एमालेले त्यो विकल्प गणेश थापाका रूपमा देख्यो । 

उक्त घटनापछि प्रशिक्षक धनबहादुर चकित भए । जसले अनुशासनहीन काम गरेकोमा थापाविरुद्ध कारबाही गर्नुपर्ने हो, त्यही संस्थाले थापालाई नै एन्फाको नेतृत्व सुम्पियो । ‘त्यसपछि ममा नेतृत्वप्रतिको विश्वास नै उठ्यो’, गणेश थापाको २० वर्षे कार्यकालमा दशरथ रंगशाला नपसेका धनबहादुर भन्छन् । 

वास्तवमा एन्फामा गणेश थापाको आगमन नै भ्रष्टाचारबाट भएको थियो । रुक्मशमशेर एन्फाको अध्यक्ष हुँदा पेप्सीकोलासँग लिग गराउने विषयमा ८० लाख रुपैयाँको हस्ताक्षर हुँदै थियो । सबै कानुनी प्रक्रिया पूरा भएर त्यतिबेला मन्त्रीको मात्र हस्ताक्षर हुन बाँकी थियो, तर थापा अध्यक्ष भएपछि पेप्सीसँगको सम्झौता भंग गर्दै उनले ३० लाख कम रकममा कोकाकोलासँग ५० लाख रुपैयाँको सम्झौता गरे । त्यसपछि बिच्किएको पेप्सीले नेपाली फुटबलमा लगानी गर्ने इच्छा नै परित्याग गर्‍यो । 
सन् १९९३ मा नेपालले ढाकामा साफ गेम्स जित्दा राष्ट्रिय टिमको बजेट १ लाख २५ हजार मात्र थियो । त्यतिबेला लिग सञ्चालन गर्न पनि धौ–धौ हुन्थ्यो, किनभने एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको महत्व हेरेर अनुदानका रूपमा केही रकम मात्र सहयोग गथ्र्यो । 

सन् १९९५ मा गणेश थापा एन्फाको अध्यक्ष भएपछि विश्व फुटबल महासंघ (फिफा) र एएफसीले अफिस सञ्चालनलगायत विकास बजेटका रूपमा नेपाललाई मोटो रकम पठाउन थालेको हो । त्यसैले थापालाई नेपाली फुटबलको भाग्यमानी अध्यक्ष मानिन्छ । उनकै कार्यकालमा फिफाले महत्वकांक्षी गोल प्रोजेक्ट, एएफसीले भिजन एसियाजस्ता प्रोजेक्टहरू सञ्चालनमा ल्यायो । नेपाललाई फिफाले वार्षिक २ लाख ५० हजार डलर तथा एएफसीले १ लाख ८० हजार डलर अनुदान दिँदै आएका छन् । त्यसबाहेक प्रशिक्षकका लागि मासिक १५ हजार डलर, खेल सामग्री, एउटा गोल–प्रोजेक्टका लागि ४ लाख डलर, विभिन्न प्रतियोगिता आयोजनाका लागि खेलको महत्व हेरेर तथा लिग सञ्चालनका लागि २ लाख डलर प्रदान गरिँदै आएको छ । 

यद्यपि थापाले यी सबै रकमको पारदर्शी उपभोग गरेनन् । उनले आफूले पठाएको रकमको चित्तबुझ्दो हिसाब देखाउन नसकेको भन्दै फिफाले सन् १९९७ मा १० हजार डलर जरिवाना लगाएको थियो । उनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्स निमार्ण गर्दा नक्कली ठेकेदार कम्पनी माइला कन्स्ट्रक्सनबाट बिल–भौचर बनाउँदै २ करोड ४ लाख रुपैयाँमा भवन निर्माण गराएको विवरण दिएका थिए । थापाले त्यही भवन बनाएको विषयमा फिफालाई ३ करोड १७ लाखको हिसाब बुझाए । 

यो २० वर्षको कार्यकालमा फिफा र एएफसीमा अध्यक्षको नाताले भोट हाल्दा देशलाई दिने सुविधाभन्दा आफ्नो सुविधाका लागि कति पैसा लिए होलान् ? त्यसको अध्ययन–अनुसन्धान हुने हो भने सबै नेपालीले जिब्रो टोक्ने अवस्था आउन सक्छ’, एन्फाका पूर्व अध्यक्ष श्रेष्ठ भन्छन् । 
गणेश थापाले आफूले गरेको भ्रष्टाचार लुकाउन फिफा र एएफसीका पदाधिकारीलाई सधैं आधा कुरा मात्र बताउँथे र सबैलाई गुमराहमा राख्न खोज्थे । त्यसैले फिफाले अहिले उनीविरुद्ध गरेको १० वर्षे प्रतिबन्धको निर्णय अझ थप हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । किनभने फिफाले अहिले सन् २००९ मा एएफसीको निर्वाचन तथा सन् २०११ मा फिफा निर्वाचनमा घुस लिएको प्रमाणका आधारमा मात्र कारबाही गरेको हो । थापाविरुद्ध फिफा, एएफसी, गोल–प्रोजेक्ट आदिको पैसामा हुन सक्ने भ्रष्टाचारको विषयमा थप अनुसन्धान भैरहेको छ । अन्तर्राष्ट्रिय हिसाब गर्ने संस्था केपीएमजीले सन् २०१२ मा एउटा रिपोर्ट फिफालाई सुम्पिसकेको छ । क्त रिपोर्टमा फिफाले नेपाली फुटबलको विकासका लागि प्रदान गरिएको रकम गणेश थापाले मनपरी ढंगले उपयोग गरेको बताइएको छ । 

 प्रकाशित: मंसिर ११, २०७२

http://saptahik.ekantipur.com/news/2015-11-27/20151127181529.html
 
Posted on 12-03-15 8:28 PM     [Snapshot: 3971]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणेश थापाबारे प्रश्न उठ्ने भएपछि आफैँले डाकेको पत्रकार सम्मेलनमा नबोली हिँडे कमल थापा

mainphoto

काठमाडौं : आज आयोजना गरेको पत्रकार सम्मेलनमा भाइ गणेश थापाबारे प्रश्न उठ्ने भएपछि उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा केही नबोली बाहिरिएका छन्। राप्रपा नेपालको केन्द्रीय परिषदको बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा अध्यक्ष थापाले निर्णय सार्वजनिक गर्ने र पत्रकारहरुको प्रश्नको जवाफ दिने तय थियो। पत्रकार सम्मेलन १:३० बजेका लागि बोलाइएको भएपनि बैठक नसकिएको भन्दै साढे ३ बजेसम्म थापाले कुराएका थिए। फिफाद्वारा भ्रष्टाचार मुद्दामा कारबाही भोगेका उनका भाइलाई केही अघिमात्रै अध्यक्ष थापाले सांसद मनोनित गराएका थिए। गणेश थापाबारे प्रश्न आउने भएको जानकारी पाएपछि कमल थापा नबोली निस्किएका हुन्। युरोपेली युनियनका टोलीसँग मन्त्रालयमा छलफल रहेको र उनीहरु कुरिरहेको बताउँदै उनी प्रेससँग नबोली हिँडेका हुन्।  "उपप्रधानमन्त्रीज्यूको पिएले युरोपियन युनियनको टोलीले मन्त्रालयमा कुरेको १५ मिनेट भइसक्यो भनेपछि उहाँ हिँडिहाल्नुभयो, म तपाइँहरुसँग माफी चाहन्छु' राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले पत्रकारहरुसँग भने। राप्रपा नेपालले केन्द्रीय परिषदको बैठक चलिरहेका बेला फोटो पत्रकार र टेलिभिजनका फोटो पत्रकारहरुलाई भने फोटो खिच्‍न बैठकस्थलमा प्रवेश दिएको थियो। - 

http://www.pahilopost.com/content/-10349.html

 
Posted on 12-03-15 8:46 PM     [Snapshot: 3984]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

FIFA's governing body itself is mired in corruption scandals and undergoing active criminal probes by the US Dept. of Justice and Swiss govt. prosecutors.

I cannot tell if the allegations against him are true or not. Even if he is somehow found to have done anything wrong he will be just a small fish feeding on small bit and pieces of food in the much larger ecosystem of FIFA's money funneling operations.

 
Posted on 12-03-15 9:13 PM     [Snapshot: 4016]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No doubt Fifa is a corrupted organization, and the officials are getting arrested now. Ganesh Thapa will never get arrested.

Ganesh Thapa is the next Sports Minister of our country. He got the offer for CEO from one of the poster above. According to him, success is measured on how long you can stay on the position; it doesn't matter on how you lead the organization.
Analogy: A successful captain of a ship is the one who can stay as the captain for the longest period of time. Even if the ship sinks to the bottom of the ocean, the captain is called SUCCESSFUL for being able to stick for the longest period.
 
Posted on 12-10-15 8:49 PM     [Snapshot: 4171]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भ्रष्टाचारको धमिरामा नेपाली फुटबल

09 Dec 2015 बुधबार २३ मंसिर, २०७२ प्रकाश तिमल्सिना

औपचारिकरूपमा अन्तर्राष्ट्रिय फुटबलमा तीन दशकभन्दा लामो यात्रा तय गरिसकेको नेपाली फुटबल राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा यति धेरै आलोचित कहिल्यै भएको थिएन । आन्तरिकरूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व हत्याउने अनेकखालका कसरत भए पनि अन्तराष्ट्रियस्तरमा नेपालले बदनामी भोग्नुपरेको छैन।

पछिल्ला केही घटनाक्रमले नेपाली फुटबलको नीति र नियत प्रष्ट भएको छ । खेलाडीदेखि नेतृत्वसम्मले फुटबलका नाममा लिएको घुस र भ्रष्टाचारले नेपाली फुटबल खोक्रो बनाइसकेको छर्लङ्गिएको छ । बढी उमेरका खेलाडी खेलाएको आरोपमा एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई एएफसी यु–१६ मा खेल्नबाट प्रतिबन्ध लगायो । त्यो घटना बिर्सन नपाउँदै राष्ट्रिय टोली कप्तान सागर थापासहित ५ खेलाडी खेल मिलेमतोको अभियोगमा असोज २७ मा पक्राउ परेपछि केही खेलाडी लामो समयदेखि आर्थिक प्रलोभनबाट ग्रसित रहेको खुलासा भयो । आन्तरिकरूपमा विशेष अदालतमा खेलाडीको मुद्दा विचाराधीन रहे पनि एएफसीले शुक्रबार उनीहरूलाई आजीवन प्रतिबन्ध लगाएर खेल मिलेमतोको प्रकरण अन्त्य गरेको छ । अन्तर्राष्ट्रिय खेलको मिलेमतोमा कुनै पनि खेलाडीमाथि प्रतिबन्ध लागेको नेपाली फुटबल इतिहासमै पहिलो घटना हो । यु–१६ र ५ खेलाडीमाथिको प्रतिबन्धकै बीचमा नेपाली फुटबलको सत्ता हल्लिने गरी लाखौं डलर भ्रष्टाचार गरेको अभियोगमा एन्फा अध्यक्ष गणेश थापामाथि विश्व फुटबल महासंघ (फिफा) ले कात्तिक ३० गते ठूलो कारबाही गरेको छ । उनलाई १० वर्ष कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध मात्र लगाएन झन्डै २१ लाख रुपियाँ जरिवानासमेत तोकेको छ । यी घटनाक्रमले नेपाली फुटबलको छवि धमिल्याएको मात्र छैन, ठूलो प्रश्नचिह्न तेर्साएको छ । दुई दशकभन्दा बढी समय नेपाली फुटबलको बागडोर अध्यक्ष थापाले सम्हाले । उनको नेतृत्वमा नेपाली फुटबलले केही गति लिएको मान्ने हो भने यसबीचमा भएका सबै गलत कामको जिम्मेवारी पनि थापाकै काँधमा आउँछ । २०५१ को चैतबाट २०७२ कात्तिकसम्म एन्फामा थापाको एकछत्र राज रह्यो । यो अवधिमा एन्फामा जोडिने जोकोही पदाधिकारी, सदस्य वा कर्मचारीको भूमिका उनको सहायकभन्दा बढी रहेन, रहन दिइएन । सन् १९९४ मा पहिलो दक्षिण एसियाली खेलकुद (साफ) को फुटबलमा नेपालले स्वर्ण जित्दा थापा त्यसका सदस्य थिए । १९९३ को छैटौं साफ नेपालले दोस्रोपल्ट जित्दा उनी टोलीमा थिएनन् । त्यसपछि उनको खेलजीवनमा पूर्णविराम लाग्यो । केही वर्षमै उनी एन्फा अध्यक्ष भएर फुटबलमा नयाँ भूमिकामा देखा परे । त्यसपछि नेपाली फुटबल लगभग अधिकांश समय उनकै छेउछाउ घुमिरह्यो । उनलाई हटाउन पटकपटक आन्तरिक प्रयास नभएका होइनन् तर उनीविरुद्धका सबै प्रयास सहमति, सरकार र अन्तर्राष्ट्रिय समर्थनका नाममा असफल भए । एन्फामा फरक मत राख्नेलाई उनी शत्रुको व्यवहार गर्थे । उनी तर्कमा कम आदेशमा बढी विश्वास गर्थे । आदेश पालना नगर्नेलाई उनी फुटबल विरोधीका रूपमा चित्रित गर्न औपचारिक फोरममात्र होइन, व्यक्तिगत तहमा पनि उत्रन्थे । 'फुटाउ र राज गर' भन्ने रणनीतिमा उनी पूर्ण सफल भएका थुप्रै उदाहरण छन् । विरोधीलाई ठेगान लगाउन उनी एन्फाभित्रकै पदाधिकारी, आवश्यक लाग्दा राष्ट्रिय खेलाडी, एकेडेमीका खेलाडी, प्रशिक्षक, रेफ्री र अन्य फुटबलकर्मी सबैलाई आफ्नो पक्षमा प्रयोग गरिरहन्थे । २०७० को निर्वाचनमा उनीसँगै निर्वाचित तीन उपाध्यक्ष कर्माछिरिङ शेर्पा, किशोर राई, विजयनारायण मानन्धर र सदस्य पंकज नेम्वाङले अघिल्लो वर्षको वैशाखबाट थापाको कार्यशैलीको विरोध गरे । विधानमा व्यवस्था भएअनुसार समयमा बैठकको एजेन्डा पाउनुपर्नेबाट उनीहरूको असहमति सुरु भएको हो । आफ्नै पदाधिकारी, सदस्यको असहमतिलाई थापाले व्यक्तिगत 'इगो' का रूपमा हेरे र पेलेरै जाने रणनीति बनाए । जसले असहमत पक्षलाई उनको विरुद्धमा उत्रने थप बल मिल्यो । उनीहरूले संसदको सार्वजनिक लेखा समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै अन्तर्राष्ट्रियरूपमा फिफा, एएफसीमा समेत एन्फाभित्रको भ्रष्टाचार, अध्यक्षको एकल निर्णय, विधानविपरीत चल्दै आएको आवाज उठाइरहे । त्यसबीचमा उनले विरोधी तीन उपाध्यक्ष र सदस्यलाई लगातार तीन बैठकमा उपस्थित नभएको भन्दै अर्को साधारणसभासम्मका लागि बर्खास्त गरे । तीन खालि पदमा उनले आफ्ना विश्वासपात्र वीरबहादुर खड्का, मणि कुँवर र सन्तोष बानियाँलाई मनोनीत गरे । अन्तरिकरूपमा भएका घटनाक्रमले थापालाई केही असहज बनाएकै थियो । तर, उनले यी सबैलाई खासै चुनौतीमा हेरेका थिएनन् । लेखा समितिले ५८ करोड रुपियाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गरे पनि अख्तियारले मुद्दा तामेलीमा राखेपछि उनको मनोबल पुरानै अवस्थामा पुगेको थियो र असहमत पक्षलाई पेलेरै जान सकिन्छ भन्ने विश्वासमा अगाडि बढे । यसबीच व्यवस्थापिका संसद सदस्यसमेत भइसकेकाले आन्तरिक समस्या सामना गर्न सकिनेमा उनको बलियो विश्वास थियो । अहिले उनको पार्टी राप्रपा नेपाल सरकारमा तथा दाजु कमल थापा उपप्रधानमन्त्री भएकाले पनि उनलाई देशभित्र गलाउन सजिलो थिएन । तर, एन्फाकै असहमत पक्षले आफ्नो अभियान जारी राखेकै थियो । फिफाले नै कारबाही गरेपछि भने थापा नाजवाफ भएका छन् । फिफाबाट भ्रष्टाचार गरेको ठहर भएमा सार्वजनिक पदमा बस्न नैतिकताले नदिने सार्वजनिक अभिव्यक्ति दिएका उनी अहिले मौन छन् । कात्तिक ३० मा कारबाही भएलगत्तै उनले फिफाको निर्णयबारे बुझ्ने र कोर्ट अफ आर्बिटे«सन (कास) जान सक्ने बताएका थिए । उनी एन्फा एकदमै आर्थिक पारदर्शी संस्था भएको बारम्बार दाबी गर्थे र तर घटनाक्रमले उनी आफै अपारदर्शी रहेको फिफाकै चारवर्ष लामो अनुसन्धानबाट खुलिसकेको छ । २१ वर्ष अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेका थापा अन्ततः आफ्नै कारण फुटबल सत्ताबाट बाहिरिएका छन् । एन्फा अध्यक्ष भएपछि एएफसी सदस्य, साफका अध्यक्ष र एएफसीका उपाध्यक्षसमेत बनेका थापाले २००९ र २०११ को फिफा निर्वाचनका समयमा घुस लिएको अभियोगमा कारबाही भोग्नुपरेको हो । लामो समय नेतृत्व गर्नेमात्र होइन, फुटबलमा अन्तर्राष्ट्रियरूपमा कारबाही भोग्नेमा थापा पहिलो पदाधिकारी बनेका छन् । विगतका आफ्नै भनाइ सम्झने हो भने पनि थापालाई एक मिनेट पनि सार्वजनिक पदधारण गर्ने नैतिक अधिकार छैन । उनले सांसद पदबाट जति छिटो राजीनामा दियो उनका लागि त्यत्तिकै राम्रो हुने देखिन्छ । अब के ? फुटबल गतिविधिमा प्रतिबन्ध लागे पनि एन्फामा गणेश थापाको छायाँ भने यथावत छ । थापाकै पालामा सुरु भएको फुटबलको दुई खेमा अहिले पनि छ । एन्फाको संस्थापन पक्ष र विरोधी दुवैपक्ष अलमलको अवस्थामा छन् । वरिष्ठ उपाध्यक्षमा मनोनीत नरेन्द्र श्रेष्ठ कार्यवाहक अध्यक्ष रहेको संस्थापन पक्षले दैनिक काम अघि बढाइरहेको छ । तर, त्यो पक्ष पूर्ण ढुक्कको अवस्थामा छैन । जेठ २९ गते करेन्ट लागेर मृत्य भएका तत्कालीन कार्यवाहक अध्यक्ष रहेका वरिष्ठ उपाध्यक्ष लतिलकृष्ण श्रेष्ठको ठाँउमा नरेन्द्र श्रेष्ठलाई मनोनयन गरेको एन्फाले दाबी गर्दै आएको छ । अहिले संस्थापन र विरोधी दुवैपक्ष एएफसीको निर्देशनको प्रतीक्षामा छ । एन्फाका दुवै पक्ष आआफ्नो अडानमा रहँदा नेतृत्व विवाद ज्यूँका त्यूँ रहने पक्का छ । त्यसैले दुवै पक्ष एएफसीको निर्णयको प्रतीक्षामा छ र दुवै आफ्नो पक्षमा निर्णय आउनेमा आशावादी पनि देखिन्छ । साथै पुनरावेदन अदालतको आदेशअनुसार विरोधी पक्ष समेटेर एन्फाको नयाँ नेतृत्व चयन गर्नु नै नेपाली फुटबलको हित हुने देखिन्छ । 

http://nagariknews.com/opinion/story/50112.html

 
Posted on 12-10-15 9:08 PM     [Snapshot: 4187]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गणेश थापालाई टिममा नराख्दा सांघातिक आक्रमण

बहुदल आएलगत्तै अखिल नेपाल फुटबल संघको नेतृत्वमा पुगे, पुरुषोत्तम श्रेष्ठ । तर, उनी पञ्चहरूको दादागिरीको सिकार बने । चाहेर पनि फुटबलमा राम्रो गर्न पाएनन्, बरु टाउको फुटाउनुपर्‍यो । बहुदलीय प्रजातन्त्रका पक्षपाती भन्न रुचाउने राजनीतिक नेतृत्वले पनि पञ्चहरूको दादागिरीकै पक्षपोषण गरे । ०४६ पछि नेपाली फुटबल क्षेत्रमा भएका घटनाबारे सुनाउन नयाँ पत्रिकाका श्रीलोचन राजोपाध्यायले श्रेष्ठसँग अनुरोध गरे । उनले बेलीविस्तार लगाए : ०४६ सालको बहुदलपछि पनि तिनै व्यक्तिहरू (मण्डले) सल्बलाए, जो पञ्चायती व्यवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कब्जा जमाएर बसेका थिए । उनीहरूले राखेपको आधिपत्य छोड्न चाहेका थिएनन् । उनीहरू खेलक्षेत्रमै रहिरहन विभिन्न रणनीति अपनाइरहेका थिए । उनीहरू सोच्थे, हामीविनाको खेलकुद कसरी अगाडि बढ्न सक्छ ? फुटबलमा पनि उस्तै गिद्दे नजर थियो । त्यसवेला राखेपका सदस्यसचिव थिए, राजेन्द्रबहादुर सिंह । उनलाई हामी ‘आरबी राजा’को नामले बोलाउँथ्यौँ । हामी बहुदल पक्षधरसँग मण्डले ग्रुपले रिस साँधेका थिए । कुनै दिन रिसइबी फेर्ने प्रतीक्षामा उनीहरू थिए । त्यसवेला कांग्रेस सरकारले मलगायत अजहर मानन्धर, पवन रानामगर र मुनिरद्दिन मियाँलाई अखिल नेपाल फुटबल संघ (एन्फा)को जिम्मेवारी दिएको थियो । मलाई अध्यक्षकै जिम्मेवारी थियो । त्यसको केही समयमै पाकिस्तानमा सार्क गोल्डकप र बंगलादेशमा छैटौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुँदै थियो ।
2

राष्ट्रिय फुटबल टोलीको तयारीका लागि समय कम थियो । अझ आर्थिक रूपमा समेत हामी कमजोर थियौँ । बजेट नै थिएन । हामीले साथीहरूसँग आर्थिक सहयोग लिँदै प्रारम्भिक चरणमा ४२ खेलाडीलाई प्रशिक्षणमा राख्यौँ । खेलाडीहरू प्राय: पुरानै थिए । व्यवस्था परिवर्तन भए पनि हामीले कसैलाई भेदभाव नगरी प्रशिक्षणमा सहभागी गराएका थियौँ । धनबहादुर बस्नेतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा पञ्चहरूले हामी प्रजातन्त्रवादीले अरू खेलाडीलाई छनोटमा नराखेको भन्नेसमेत आरोप लगाए । अघिल्लो व्यवस्थाका व्यक्तिहरूसँग के अहमता थियो भने, ‘हामीविना फुटबल नै चल्दैन, नेपालको फुटबल ‘जिरो लेभल’मै पुग्छ ।’ उनीहरूले छनोटमा नपरे ज्यान नै सिध्याइदिने धम्की दिँदै हिँडेको पनि सुन्थेँ । ००० 

प्रशिक्षणमा गणेश थापा र विराटजंग शाही पनि थिए । थापा रंगशाला आउने र जाने मात्र गर्थे । उनले बीचमै प्रशिक्षण छाडेर हिँड्नेसम्मको काम गरे । तर, विराटजंग नियमित प्रशिक्षणमा आउँथे । अन्तिम खेलाडी घोषणा हुँदा विराटजंग टिममा परेनन् । थापा त पर्ने कुरै भएन, पहिल्यै प्रशिक्षण छाडेका थिए । छनोटमा नपरेपछि ‘थापा समूह’ले हामीलाई धम्क्याउन सुरु गरे । तर, हामीले धम्कीको वास्ता गरेनौँ । देशमा बहुदल आएको छ, अबका दिन हाम्रै त हो नि भनेर बसेका थियौँ । धम्की र दबाबबीच नै मैले नेपाली फुटबल टोलीलाई पाकिस्तानमा सार्क गोल्डकपमा भाग लिन पठाएँ । अजहरले नेपाली टोलीको टिम म्यानेजरको जिम्मेवारी सम्हालेका थिए । ००० 

टोली पाकिस्तान गइसकेपछि शिक्षा तथा खेलकुद मन्त्रालयका पदाधिकारीले मसँग सोधेका थिए, ‘तपाईंले पुराना खेलाडी (थापालगायत)लाई राख्नुभएनछ नि । उनीहरूले गुनासो गरेका छन् ।’ एन्फा अध्यक्षको नाताले उत्तर दिएँ, ‘प्रशिक्षणका क्रममा मिहिनेत गर्ने खेलाडीलाई मात्रै छनोट गरेको हुँ, अनफिट खेलाडीलाई समावेश नगरेको हुँ । हेर्नुहोला, हाम्रो टिमले पाकिस्तानमा राम्रो नतिजा ल्याउनेछ ।’ 
००० 

रंगशालाको पूर्वतिरको प्याराफिटमुनि एन्फाको मुख्य कार्यालयमा साथीहरूसँग बंगलादेशमा हुने साफको तयारी र योजना कसरी गर्ने भनी छलफल भइरहेको थियो । एन्फालाई कसरी अगाडि बढाउने भन्ने कुरा पनि भइरहेको थियो । आर्थिक पाटोको विषयमा बढी केन्द्रित थियो । त्यो छलफलमा मोती श्रेष्ठ मेरै आडमा थिए । एक्कासि ६–७ जनाको समूह आएर पछाडिबाट एकैपटक ममाथि खुकुरी प्रहार गरे । पछाडिबाट आक्रमण भएकाले हामीले प्रतिकार गर्न सकेनौँ । म भुइँमा ढलेँ, रक्ताम्य अवस्थामा । छलफल कोठाबाहिर वीरे (त्यसवेलाका पियन)ले हारगुहार गरिसकेका रहेछन् । वीरे चिच्याउँदा पनि हमला गर्ने व्यक्तिहरू कोठाभित्रै थिए । करिब १० मिनेटपछि उनीहरू भागे । राखेपका [Disallowed String for - ...]ित्सक डा. अजय राणा र सुरेश आलेमगरले मेरो प्रारम्भिक उपचार गरे । त्यसपछि एम्बुलेन्समा राखेर मलाई वीर अस्पतालको इमर्जेन्सीमा पुर्‍याए । [Disallowed String for - ...]ित्सकले टाउकोमा १७ टाँका लगाएर मेरो उपचार गरे । केही खेलाडी छनोटमा नपर्दामै यस्तो घटना हुन्छ भन्ने मलाई पूर्वानुमान थिएन । तर, उनीहरूले ‘तिमीहरूलाई काट्छु, मार्छु’चाहिँ भन्ने गरेका हुन्थे । तर, हामीलाई आक्रमण गर्ने को–को थिए, अहिलेसम्म मलाई थाहा छैन । किनभने, उनीहरूलाई मेरो आँखाले देखेन । प्रहरीले घटनालगत्तै आक्रमणकारीको खोजी गरेको थियो । दुई–चारजनालाई मलेसिया पठाएको सुनेँ । ००० 

वीर अस्पतालमा म १५ दिनजति बसेँ होला । डिआइजी ध्रुवबहादुर प्रधान, विष्णुगोपाल श्रेष्ठ र परिषद्का सदस्यसचिव आरबी राजा मलाई हेर्न आएका थिए । दुई सातापछि म पूर्ण रूपले स्वस्थ भइसकेपछि प्रहरीले मसँग बयान लिएको थियो । मैले कसैको अनुहार चिन्न नसेको बयान दिएँ । तर, ती आक्रमणकारी थापा र विराट समूहकै हुन्चाहिँ भनेको थिएँ । अहिले पनि म ठोकुवासाथ भन्न सक्छु, त्यो घटना थापाको संलग्नताविना भएको थिएन । पछि थाहा पाएँ, एन्फाका सदस्य मुनिरद्दिनको नक्सालस्थित घरमै पुगेर थापा समूहले तोडफोडसमेत गरेका थिए । घरका केही चिज पनि नराखी सबै फुटाएर हिँडेका रहेछन् । अहिले त मुनिरद्दिनको निधन भइसक्यो । ००० 

वीर अस्पतालबाट घर फर्केपछि राम्रो समाचार सुन्न पाएँ । गणेश थापाविना पाकिस्तान गएको टोलीले तेस्रो स्थान हात पारेको रहेछ । यसको केही समयपछि नै बंगलादेशमा साफ सुरु हुँदै थियो । हामीले साफका लागि खेलाडी बोलायौँ । छनोटमा विराटजंग आएनन् । मलाई हमला गरेपछि विराट लामो समयसम्म ‘अन्डरग्राउन्ड’ भए । मैले प्रारम्भिक चरणमै गणेश र विराटको नाम समावेश गरिनँ । थापा नपरेपछि परिषद्ले मलाई ‘गणेश थापालाई किन नराखेको ? भनेर स्पष्टीकरण सोध्यो ।’ मैले भनेँ, ‘फर्ममा नभएको र टिममा ‘एडजस्ट’ हुन नसक्ने खेलाडी छनोटमा पर्न सक्दैनन् ।’ ‘साफ गेम’ सुरु हुनुभन्दा २० दिनअगाडि गणेशलाई पनि समावेश गर्नु भनी परिषद्को अर्को चिठी आयो । परिषद्को निर्देशनपछि थापालाई पनि क्याम्पमा राख्न म विवश भएँ । त्यसवेला शिक्षा तथा खेलकुदमन्त्री गोविन्दराज जोशीले पनि उनलाई राख्न दबाब दिएका थिए । मलाई खुकुरी हान्न लगाउने नाइकेलाई नै प्रशिक्षणमा राख्नुपर्ने बाध्यता पर्‍यो । पछि मैले थाहा पाएँ, गणेश थापालाई टिममा राख्न दरबार र गिरिजाबाबुको पनि दबाब परेको रहेछ । त्यति मात्र कहाँ हो र, थापालाई टोलीमा राख्न राखेपले नै मुनिरद्दिन मियाँ, प्रशिक्षक महेश्वर मुल्मी, प्रशिक्षक धनबहादुर बस्नेत, डा. अजय र धीरेन्द्र श्रेष्ठ सम्मिलित खेलाडी छनोट समिति गठन गरेको थियो । ००० 

हामीले इतिहासमै पहिलोपटक फरक किसिमले खेलाडी छनोट गर्‍यौँ । अन्तिम चरणमा २८ खेलाडी थिए । एउटा कागजमा सबै खेलाडीका नाम लेख्यौँ र प्रत्येक नाममा आफ्नो इच्छाअनुसार ० देखि १५ सम्मको अंक दिन सबै खेलाडीलाई भन्यौँ । बढी नम्बर ल्याउने खेलाडी टोलीमा रहने र कम आउने खेलाडी बाहिरिने नियम बनायौँ । मैले परिषद्का सदस्यसविच आरबी राजासमक्ष नै सिलबन्दी रहेको कागज खोले । त्यसमा गणेश थापा २६औँ नम्बरमा परे । खेलाडीले नै गणेशलाई पर्फमेन्सका आधारमा बाहिर राखिदिए । गणेश टोलीमा नपरेपछि फेरि अर्को लफडा आइपुग्यो । बंगलादेश जानुअघि शिक्षामन्त्री गोविन्दराज जोशीले ‘थापालाई किन राखिएन’ भनी अर्को आयोग गठन गरे । सचिवको अध्यक्षतामा रहेको आयोगमा जर्मनी प्रशिक्षक होल्डर ओभरम्यान पनि थिए । आयोगमा मलाई १५ वटाजति प्रश्न सोधियो । सोधे, तपाईंले तयार पारेको टिम कस्तो हुन्छ ? मैले भनेँ, ‘मेडल आएन भने बंगलादेशमै एन्फा अध्यक्षबाट राजीनामा दिनेछु ।’ उनीहरूले फेरि सोधे, गणेश थापा कसरी टिममा नपरेको ? फेरि उत्तर दिएँ, ‘सबैको अगाडि छनोट गरिएको हो, मैले कसैमाथि पूर्वाग्रह राखेको छैन र फुटबलमा सबै खेलाडी मेरा लागि समान छन् ।’ उनीहरूले म कांग्रेसको मान्छे भनेर पञ्चायतकालका मान्छेलाई नराखेको भनेर शंका गरेका रहेछन् । मैले खेलाडी पेलेको उदाहरण दिँदै राम्रा खेलाडी कहिल्यै पनि पुरानो नहुने दरिलो जवाफ दिएँ । ००० 

सन् १९९३ मा छैटौँ साफ गेममा नेपालले प्राप्त गरेको एक मात्र स्वर्ण पदक फुटबलबाटै थियो । तत्कालै स्वर्ण विजेता खेलाडीलाई एन्फाले जनही पाँच हजार रुपैयाँ प्रदान गर्‍यो । त्यसवेला हामीलाई लागेको थियो, स्वर्ण जितेको हाम्रो टिमलाई सरकारले सम्मान गर्नेछ । तर, सतीले सरापेको देशमा राम्रो काम गर्नेको कदर हुँदैन रहेछ । बरु, नेपाललाई स्वर्ण दिलाएका प्रशिक्षक धनबहादुर बस्नेतलाई रंगशालामा चिया पिइरहेको अवस्थामा गणेश थापाले हेल्मेट प्रहार गरे । बस्नेतका दुईवटा दाँत भाँचिए । अझ पीडाको कुरा त हामीलाई सरकारले फुटबल संघबाटै बर्खास्त गर्‍यो । हामी बर्खास्तीमा पर्नुअघि फिफाको चुनाव हुँदै थियो । कतार, दक्षिण कोरिया, कुवेत र मलेसियाले पनि दाबेदारी दिएका रहेछन् । ती प्रत्येक राष्ट्रका फुटबल संघले नेपाललाई सहयोग गर्ने वाचा गरेका थिए । फुटबलमा आर्थिक सहयोग व्यापक आउन थालेपछि षड्यन्त्र सुरु भयो । गिरिजाबाबुले राखेपका सदस्यसचिव आरबी राजाको स्थानमा रुक्मशमशेर राणालाई ल्याए । राणाले फिफाको मतदानमा मेरो स्थानमा आफू जाने कुरा गरे । एन्फा अध्यक्षको हैसियतले आफैँ जाने जवाफ मैले उनलाई दिएँ । राणाले मलाई एन्फा अध्यक्षबाट राजीनामा दिनुस् भने । मैले दिन्नँ भनेँ । पछि माथिल्लो आदेशपछि राणा नै मतदान गर्न गए । उनले दक्षिण कोरियालाई भोटिङ गरेका रहेछन् । त्यसवेला मैले सुनेँ, नेपालबाट कोरियालाई मतदान गर्नेलाई ‘शुभलाभ’का रूपमा मोटर उपहार दिइएको रहेछ । यो घटनाको ६ महिनापछि सरकार परिवर्तन भयो । राखेप सदस्यसचिवमा केशव स्थापित आए । एमाले सरकारले राणालाई हटाएर फेरि गणेश थापालाई एन्फा अध्यक्ष बनायो । 

http://www.enayapatrika.com/2015/12/40370

 
Posted on 12-12-15 6:07 PM     [Snapshot: 4261]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एमाले सचिवले अख्तियारलाई सोधे,'फिफाले भ्रष्टाचारी घोषणा गरेका गणेश थापामाथि किन छानबिन हुँदैन?'

तर अख्तियारको काम पूर्वाग्रही हुन भएन भन्दै उनले भने – “अहिले एन्फाका गणेश थापाको जस्तो अनुसन्धान पूर्वाग्रही छ कि भन्ने हो।” अख्तियारले थापालाई भ्रष्टाचारी ठहर नगरेको अवस्थामा फिफाले उनको भ्रष्टाचारलाई ठहर गरेको छ। 

http://setopati.com/raajneeti/37895/


पहुँच र विवादको चक्र
- राजु घिसिङ, काठमाडौं

मंसिर १६, २०७२- विश्व फुटबलको राजनीतिमा सबभन्दा माथिल्लो तहमा पुगेका नेपाली हुन्, गणेश थापा। राष्ट्रिय टिमका कप्तानसमेत रहेका थापा दक्षिण एसियाली खेलकुद (सन् १९८४) को स्वर्णपदक विजेता नेपाली टिममा फरवार्ड थिए।

त्यसको सात वर्षपछि स्वर्ण जितेको राष्ट्रिय टिममा भने उनी छनोट भएनन्। स्वर्ण विजेता टिमका प्रशिक्षकलाई स्वदेश फर्केपछि दुव्र्यवहार गर्न भ्याएका थापा फुटबल व्यवस्थापक बन्न शक्तिकेन्द्र धाउन थाले।

कांग्रेस सरकारको पालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव नियुक्त भएका रुक्मशम्शेर राणा एन्फा अध्यक्ष पनि थिए। २०५१ सालमा एमाले सत्तामा पुगेपछि केशव स्थापित राखेपको सदस्यसचिव भए।

हालका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा (एन्फाका पूर्वअध्यक्ष पनि हुन्) का कान्छो भाइ गणेशले शक्तिकेन्द्रकै आडमा २०५१ चैतमा नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्व लिए। त्यसयता उनी २१ वर्ष एन्फा अध्यक्षमा निरन्तर रहे।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को इथिक्स कमिटीले घूस लिएको आरोपमा ३० कात्तिकमा १० वर्ष फुटबल गतिविधिमा प्रतिबन्ध र २० हजार स्विस फ्रयांक (करिब २१ लाख रुपैयाँ) जरिवानाको निर्णय गरेपछि मात्र थापाको फुटबल सत्ताले पूर्णविराम पायो।

२०५४–५५ को सत्ता समीकरणको खेलमा सांसद किनबेचका ठूलै खेलाडी बनेका उनी नेपाली फुटबल हाँकेकै आधारमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) को १० वर्ष अध्यक्ष भए। उनी एसियाली फुटबल महासंघ (एएफसी) मा पनि सदस्य हुँदै उपाध्यक्षसम्मै पुगे।

उनी विश्वकप २००२ को अनुशासन समिति सदस्य, यू–२० र यू–१७ विश्वकपको आयोजक समिति सदस्यसमेत भए। उनको फुटबल राजनीति एसियाली तहकै माथिल्लो स्तरमा पुगे पनि यस अवधिमा नेपाली राष्ट्रिय टिमको प्रदर्शन भने निरन्तर खस्कँदै गयो। अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय टिम उपाधिविहीन भएको २२ वर्ष भइसक्यो।

यसबीच साफ च्याम्पियनसिपको फाइनल पनि पुग्न सकेन। उमेर समूहमा पाएको सफलताको पछाडि ‘एज फिक्सिङ’ले छाडेन। वर्षौंदेखि ‘म्याच फिक्सिङ’ले जरो गाडेको पनि दसैंअघि रहस्य खुल्यो र यसमा सूचना लुकाएको थापामाथि आरोप छ। केही वर्षअघिसम्म पनि नेपाली फुटबलमा ‘आदर्श’को रूपमा रहेका उनी ‘बदनाम’ हुँदै बाहिरिए।

२०५१ चैत २१ : एमालेको नौ महिने सरकारको पालामा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव स्थापितले रुक्मशम्शेर राणालाई हटाएर गणेश थापालाई एन्फा अध्यक्ष बनाएको।

२०५२ असोज २७ : फिफाको मान्यता पाउन होटल अर्किडमा गरिएको ‘कोठे निर्वाचन’बाट एन्फा अध्यक्षमा निर्वाचित ।

२०५६ : दक्षिण एसियाली फुटबल महासंघ (साफ) को अध्यक्षमा निर्विरोध निर्वाचत। निरन्तर दुई कार्यकाल (१० वर्ष) साफको नेतृत्व गरेका।

२०५७ जेठ : सोह्र दिनअघि पत्र पठाएर जेठ २७–२८ गते घोषित एन्फाको निर्वाचन गोप्य रूपमा गर्न खोजिएको भन्दै उपाध्यक्ष गीता राणाले पुनरावेदन अदालतमा उजुरी गरेपछि स्थगित।

२०५७ असोज : एन्फाको विधान संशोधन गरेर निर्वाचन गर्न राखेपको निर्देशनको बेवास्ता।

२०५७ असोज २७ : एन्फा कार्यसमितिका ३१ मध्ये २१ जनाको समर्थनमा राखेपका सदस्यसचिव विनोदशंकर पलिखेद्वारा असोज २७ गते गीता राणालाई अध्यक्ष बनाइयो। एन्फा दुई समूहमा विभाजित।

२०५७ असोज ३० : राखेपले सातदोबाटोबाट प्रहरीले हटाएपछि होटल मल्लमा कोठे चुनाव गराएर थापा फेरि अध्यक्ष भएको। पहिले त्रिपुरेश्वर पछि कुपन्डोलमा कार्यालय चलाएको। यससँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताका दुई एन्फा अस्तित्वमा।

२०५८ वैशाख : रुक्मशम्शेर र गणेश थापाबीच सिंगापुरमा बैठक गराएर एएफसीले आवश्यक विधान परिवर्तन गरेर १६ कात्तिक, २०५८ भित्र निर्वाचन गर्न निर्देशन।

२०५८ कात्तिक २५ : रुक्मशम्सेर र गीता राणाका समूहलाई बेवास्ता गरिएको निर्वाचनबाट थापा चौथोपल्ट अध्यक्ष भएको।

२०५८ कात्तिक २९ : राखेप उपाध्यक्ष, राष्ट्रिय संघ निर्वाचन समितिको संयोजक, ओलम्पिक कमिटीका अध्यक्षको उपस्थितिमा गीता राणा एन्फा अध्यक्ष निर्वाचित।

२०५९ साउन २२ : शिक्षा तथा खेलकुद राज्यमन्त्री एनपी साउदले राखेप सदस्यसचिप विनोदशंकर पलिखे, गीता राणा र गणेश थापाको बैठक गराएर फुटबललाई सही दिशामा लाने सहमति।

२०५९ साउन २३ : कार्यसमितिको बहुमत सदस्यको अविश्वास प्रस्तावमार्फत राखेपले गीता राणालाई एन्फा अध्यक्षबाट बर्खास्त गरेपछि कर्माछिरिङ शेर्पा कार्यवाहक अध्यक्ष। सर्वोच्चको अन्तरिम आदेशले गीता राणालाई पदमा कायमै राख्यो।

२०५९ मंसिर २ : कर्माछिरिङ शेर्पासँग हातेमालो गर्दै गणेश थापा ताल्चा फोडेर एन्फा कम्प्लेक्स फर्किए।

२०५९ मंसिर ४ : शिक्षा तथा खेलकुद सहायक मन्त्री रवीन्द्र खनालको उपस्थितिमा एन्फा एकीकरण भएको भन्दै पत्रकार सम्मेलन। थापाले कर्माछिरिङलाई वरिष्ठ उपाध्यक्ष बनाए। तर, २ माघको साधारणसभा (एक समूहको) मार्फत गीता राणा फेरि अध्यक्ष निर्वाचित। दुई एन्फा कायमै।

२०६० : गणेश थापा एएफसी कार्यसमितिको सदस्यमा निर्वाचित। लगातार दुई कार्यकाल (८ वर्ष) एएफसी सदस्य भए।

२०६० असोज ६ : राखेप र फिफाको मान्यता नपाएपछि गीता राणाले सर्वोच्चमा लगाएको मुद्दा तामेलीमा राख्न लगाइन्। थापाको नेतृत्वको एन्फा मात्र अस्तित्वमा।

२०६२ : याक एन्ड यती होटलमा भएको साधारणसभामार्फत गणेश थापा पाँचौंपल्ट एन्फा अध्यक्षमा निर्वाचित।

२०६२ : एएफसी प्रेसिडेन्ट्स कप आयोजक समितिको प्रमुख।

२०६३ : फुटबल क्लबलाई सुविधा र अधिकार कम भएको भन्दै राजधानीका ए र बी डिभिजन क्लबले आन्दोलन थाले। एन्फाको समानान्तर संघको रूपमा राखेपमा विजयनारायण मानन्धर (अध्यक्ष) र इन्द्रमान तलाधर (महासचिव) को अगुवाइमा नेपाल फुटबल संघ दर्ता। घरेलु फुटबल फेरि विवादमा, गतिविधि ठप्प।

२०६३ : एएफसी च्यालेन्ज कप आयोजक समितिको प्रमुख ।

२०६५ मंसिर २२ : युवा तथा खेलकुद मन्त्री गोपाल शाक्यको पहलमा सातबुँदे सहमतिसहित एन्फा–नेपाल फुटबल संघको विवाद अन्त्यको घोषणा।

२०६६ : गणेश थापा छैटौंपल्ट एन्फा अध्यक्ष, नेपाल फुटबल संघका विजयनारायण उपाध्यक्षमा निर्वाचित। नेपाल फुटबल संघकै इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत बनाइएको।

२०६८ : गणेश थापा दक्षिण तथा मध्य एसियाली क्षेत्रबाट एएफसी कार्यसमितिको उपाध्यक्षमा निर्वाचित

२०७० : गणेश थापा सातौंपल्ट एन्फा अध्यक्ष निर्वाचित।

२०७० चैत २६ : लिग सकिए पनि त्यसको तयारी खर्च र पुरस्कार नदिएपछि हिमालयन शेर्पा, सरस्वती, फ्रेन्ड्स र मछिन्द्र क्लबद्वारा एन्फाको विरोध। क्लब समन्वय समिति गठन।

२०७१ जेठ २६ : एन्फा उपाध्यक्ष कर्माछिरिङ, विजयनारायण श्रेष्ठ र सदस्य पंकजविक्रम नेम्बाङद्वारा थापाले अनियमितता गरेको र एक्लौटी ढंगले एन्फा चलाएको भन्दै संसद्को सार्वजनिक लेखा समिति, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, युवा तथा खेलकुद मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी।

२०७१ असोज १२ : सार्वजनिक लेखा समितिले कुल ५८ करोड १६ लाख १२ हजार ७ सय ५० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै गणेश थापामाथि अनुसन्धान अघि बढाउँदै कारबाही गर्न अख्तियारलाई निर्देशन।

२०७१ भदौ १३ : राप्रपा नेपालको सिफारिसमा मन्त्रिपरिषद्बाट गणेश थापा संविधानसभाको सभासदमा मनोनीत।

२०७१ कात्तिक ३ : पदीय जिम्मेवारीबाट हटाउन लेखा समितिको निर्देशनअनुसार गणेश थापा र कोषाध्यक्ष विराजंग शाहीद्वारा दुई महिना पद स्थगन गर्ने निर्णय।

२०७१ कात्तिक १८ : फिफाको इथिक्स कमिटीद्वारा गणेश थापालाई अनुसन्धानमा रहेको भन्दै १२० दिन फुटबल गतिविधिबाट अलग गरिएको।

२०७१ माघ २७ : थापालाई चोख्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एन्फामा आर्थिक अनियमितता भएको उजुरीमाथिको अनुसन्धानलाई तामेलीमा राख्ने निर्णय।

२०७१ चैत ६ : फिफाको इथिक्स कमिटीले फेरि फुटबल गतिविधिबाट थापा ९० दिन अलग राखिएको निर्णय।

२०७२ असार ६ : थापा पुन: एन्फाको जिम्मेवारीमा फर्किएको। कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि १३ दिन कार्यालय बन्द गर्ने भनिए पनि दसौं दिनमै उनले फेरि जिम्मेवारी सम्हालेको एन्फाले एएफसीलाई पत्राचार।

२०७२ कात्तिक ३० : फिफाको इथिक्स कमिटीद्वारा फुटबल गतिविधिमा १० वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रयांक (करिब २१ लाख रुपैयाँ) जरिवानाको निर्णय।

प्रकाशित: मंसिर १६, २०७२



http://kantipur.ekantipur.com/news/2015-12-02/20151202092852.html

 
Posted on 12-13-15 8:52 AM     [Snapshot: 4296]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

When Sepp Blatter, who is the president of FIFA, has not resigned amid a sleuth of criminal investigations against him and top officials of FIFA's governing body why would Thapa give a shit about any allegations against him ...seriously ?



 
Posted on 12-13-15 10:30 AM     [Snapshot: 4327]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सहि कुरो khaobadi ब्रो, सहि कुरो, गत हप्ता यूरोपमा समातिएका दर्जनौ फिफा officials हरु जसका आरोप हरु गणेश थापाको भन्दा कम खाले छन् (Match fixing, caught red-handed with fund transfer) ले पनि तिम्रो logic ले गरेर छुट्ने भए |
 
Posted on 12-19-15 7:41 AM     [Snapshot: 4520]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो छ नेपाली फुटबलमा भएको नीतिगत भ्रष्टाचारको नालीबेली
यस्तो छ नेपाली फुटबलमा भएको नीतिगत भ्रष्टाचारको नालीबेली


फिफाको इथिक्स् कमिटिले फेरी अनुसन्धानलाई तीब्र बनायो । फलस्वरुप गत अक्टोवरमा ब्लाटर र युरोपियन फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीलाई ९० दिनको प्रतिबन्ध लगायो । एक महिनापछि एन्फा अध्यक्ष गणेश थापालाई पनि फिफाको अनुशासन कमिटिले घुस लिएको ठहर गर्दै १० वर्षको प्रतिबन्धका साथै २१ लाख रुपैयाँ जरिवाना ग¥यो । फिफाको स्वतन्त्र आचार समिति अन्तर्गत न्यायिक निकायको बैठकले सन् २००९ र सन् २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा थापाले घुस लिएको लगायत विभिन्न अनियमितता गरेको ठहर गरेको थियो  ।

थापाबाटै सञ्चालित एन्फा
फिफाले गणेश थापालाई घुस लिएको ठहर गर्दै १० वर्षको प्रतिबन्ध र २१लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेपनि एन्फा अहिले थापाकै छत्रछायाँमा सञ्चालित छ । एन्फा अहिले पनि गणेश थापाकै नीतिमा चलिरहेको छ  । थापाले एन्फालाई मनोनित उपाध्यक्ष नरेन्द्र श्रेष्ठलाई कार्यवाहाक अध्यक्ष बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको एन्फाको नियमअनुसार पदाधिकारी बन्न साधारण सदस्य हुन अनिवार्य छ ।

मनोनित गरेर उपाध्यक्ष बन्न नपाइने विधानमा उल्लेख छ । तर, श्रेष्ठलाई मनोनयन गर्दै वरिष्ठ उपाध्यक्ष बनाइएको छ । एन्फाका तत्कालिन वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएको थियो भने दुई उपाध्यक्षहरु शेर्पा र मानन्धरलाई एन्फाले कारबाही गरेको थियो । त्यसपछि थापाले आफ्ना विश्वासपात्र श्रेष्ठलाई उपाध्यक्षमा ल्याएका हुन् । 

‘एन्फाको विधानअनुसार पदाधिकारी नियुक्त हुनलाई साधारण सदस्य हुनुपर्छ । यस्तै उपाध्यक्ष मनोनित गर्न पाइँदैन ’ शेर्पाले भने, ‘तर, एन्फाले कर्मचारीलाई उपाध्यक्षमा मनोनित गरेर विधान विपरितको काम गरेको छ । थापा फुटबलबाट बाहिरिएपनि फुटबलमा अझै पनि नीतिमा भ्रष्टाचार भैरहेको छ । अब फुटबलको विकास गर्न सरकारले सबै पक्षलाई मिलाउनुपर्छ ।’ 

http://www.nepalipatra.com/news/trend/corruption-in-nepali-football/94#sthash.AFAz5z7v.dpuf

म माथि लागेको आरोप प्रमाणित भए फाँसी दिईयोस:गणेश थापा

हमामसँग लिएको रकम व्यापारिक प्रयोजनको

अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफूमाथि लागेका आरोप प्रमाणित भए फाँसीँ दिन सरकारसँग आग्रह गर्ने बताएका छन्।

एन्फा कम्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थापाले आरोप प्रमाणित भए सँजाय मात्र कम हुने हुदाँ आफूलाई फाँसी दिनुपर्ने भन्दै सरकारसित आग्रह गर्ने बताए।

'फुटबलको रकम गणेश थापाले ब्याजमा लगानी समेत गर्‍यो भनेर साथीहरुले प्रश्न उठाएछन्' उनले भने, 'उनीहरुले राखेका १८ वटा मागमध्ये एउटामात्र प्रमाणित भए मलाई फाँसी दिए हुन्छ।'

नेपाली फुटबल र खेलकुद क्षेत्रमा आफूले आँच आउने कुनै काम नगरेको थापाको दाबी छ। भोट किन्न आफूले रकम लिएको भन्ने समाचारको उनले खण्डन गरे। आरोप प्रमाणित भए एक मिनेटमै पद छाड्ने उनले चेतावनी दिए।

फिफा पूर्व अध्यक्ष बिन हमामसँग आफूले व्यापारिक प्रयोजनका लागि रकम लिएको उनले बताए। हमाम कम्पनीसँग आफूले सन २००८ देखि साझेदारीमा व्यापार पनि गरिहेको उनले बताए। कुन व्यवसाय गरेको भनेर थापाले खुलाउन चाहेनन्।

कतारी फुटवल क्लवसँग एन्फाले २ लाख डलर लिएको बताउँदै संचारमाध्यममा आएजस्तो ८ लाख डलर नलिएको दाबी गरे।

एन्फाका बारेमा अर्न्तराष्ट्रिय रुपमै छानबीन भइरहेकाले त्यस विषयमा आफूले सम्पूर्ण कागजात बुझाइसकेको बताए।

थापा विरुद्ध आन्दोलनमा उत्रिएका एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पा लगायतको समूहलाई उनले झुम्राहरुको संज्ञा दिए। 'चुनाव हारेका झुम्रा साथीहरु यस अघि मसगै थिए, थापाले भने अहिले किन निहुँ खोज्दैछन् मलाई थाहा भएन ,एन्फा निर्वाचनमा अहिले असन्तुष्ट रहेका साथीहरु नै मेरो प्रस्तावक र समर्थकमा रहेको थिए।'

१९ वर्षसम्म थापा एन्फा अध्यक्ष छन्। १९ वर्षसम्ममा एन्फामा आर्थिक अनियमितता भएको भन्दै यसअघि ४ वटा सरकारी छानबिन समिति समेत गठन भएका थिए। ती गठन भएको समितिले एन्फाभित्र आर्थिक पारदर्सिता भएको नै बताएको थियो।

एन्फाभित्रको आर्थिक क्रियाकलाप छानबिन गर्न उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, खेदकुद मन्त्रालय, नागरिक समाज लगायत सम्बन्धित सबैसँग आग्रह गरे।

 प्रकाशित मिति: सोमबार, आषाढ २, २०७१ 

http://setopati.com/khel/12859/

 
Posted on 12-19-15 7:48 AM     [Snapshot: 4525]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पालको तस्करी साम्राज्यका कुख्यात पात्र मानिने व्यापारी रोहिणी थपलियाका छोरालाई जेठी छोरी डा. आध्यासिंह अन्माउँदा गरेभन्दा पनि चर्को अत्याचार यसपटक गर्दैछन् । कसरी भने, अख्तियारका सहसचिव श्रीधर सापकोटाको परिपञ्चमा एन्फा अध्यक्ष गणेश थापाले गरेका विदेशी मुद्रा अपचलनको मुद्दामा क्षेत्राधिकार मिचेर अख्तियारले सफाइ दिएको थियो । यतिबेलासम्म त फिफाले नै गणेश थापालाई डामिसकेको छ । तर, उतिबेला लोकमानले क्षेत्राधिकार मिच्नुको कारण पनि यतिबेला झल्किएको छ कि गणेश थापाकी जेठी दिदीका छोरा प्रणयसँग लोकमानकी कान्छी छोरी आकृति अख्तियारको आँगनबाट अन्मँदै छिन्, आजको जनआस्था साप्ताहिकमा खबर छ । 

http://www.ratopati.com/aakhabar/19662/#sthash.3bnWWbLe.dpuf

 
Posted on 12-20-15 7:42 AM     [Snapshot: 4592]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याच फिक्सिङको लहरो

  • गणेश थापाका नातेदार र एन्फा पदाधिकारी शंकाको घेरामा



नवीन अर्याल

‘म्याच फिक्सिङ’को आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको अवस्थामा राष्ट्रिय टोलीका कप्तान सागर थापालगायत पाँच नेपाली खेलाडीलाई एसियाली फुटबल महासंघ (एएफसी)ले आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।


एएफसी र महानगरीय प्रहरी अनुसन्धान प्रभागको संयुक्त अभियानमा कप्तान सागर, उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, रक्षक विकाससिंह क्षत्री र पूर्वडिफेन्डर तथा प्रशिक्षक अञ्जन केसीलाई प्रहरीले २७ असोजमा राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

यी खेलाडीबाट ‘म्याच फिक्सिङ’मा संलग्नताको आशंका गरिएका अखिल नेपाल फुटबल संघ ( एन्फा)का पदाधिकारीको नाम सार्वजनिक हुन सक्ने आशा गरेको थियो, एएफसीले । तर, ‘फिक्सिङ’को आरोपमा पक्राउ परेका खेलाडीबाट एन्फा पदाधिकारीको नाम सार्वजनिक हुने सम्भावना त टाढाको कुरा, उनीहरू आफ्नो प्रारम्भिक बयानबाट पनि पछि हटे । यसै कारण एएफसीले १९ मंसिरमा पाँचै जनालाई आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

एएफसी उच्च स्रोतका अनुसार ‘म्याच–फिक्सिङ’ काण्डमा पाँच खेलाडीबाहेक एन्फाका दुई पदाधिकारीको नाम छिट्टै सार्वजनिक हुने सम्भावना छ । एएफसीको उच्च स्रोतसँग सम्पर्कमा रहेका एन्फा पूर्वअध्यक्ष पुरुषोत्तमप्रसाद श्रेष्ठ भन्छन्, “गणेश थापाका एक नातेदार र एन्फा पदाधिकारीको नाम सार्वजनिक हुन सक्छ भनेका छन् ।”

एन्फाका निलम्बित अध्यक्ष थापालाई २४ कात्तिकमा भ्रष्टाचार मुद्दामा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले १० वर्ष प्रतिबन्ध लगाउनुका साथै २१ लाख रुपियाँ जरिवाना तिराउने निर्णय गरेको थियो । एन्फामा हाल थापाका नातेदार (श्रीमतीका भाइ) मणि कुँवर छन् । जसलाई आफू प्रतिबन्धमा पर्नुअघि थापाले अबैधानिक रूपमा कार्यसमितिका ३ उपाध्यक्षलाई हटाएर उपाध्यक्षमा बढुवा गरेका थिए । त्यसअघि कुँवर उप–महासचिव थिए । यसबाहेक उनका जेठा छोरा गौरवमाथि पनि ‘फिक्सिङ’को आरोपमा मुद्दा खेपिरहेका खेलाडीसँग व्यावसायिक साझेदारका रूपमा प्रहरीले अनुसन्धान गरेको थियो ।

गौरव सन् २०१३ सम्म एएफसीको मलेसियास्थित मुख्यालयमा बसेर काम गर्थे । उनले भ्रष्टाचारकै मुद्दामा आजीवन प्रतिबन्धमा परेका एएफसीका निलम्बित अध्यक्ष मोहम्मद बीन हमामबाट एक लाख डलर लिएका थिए । यस विषयमा मलेसियाली प्रहरीको फन्दामा पर्ने डरले उनी पदत्याग गरी नेपाल फर्किएका थिए । उनको बैंक खातामा हमामले जम्मा गरेको रकमको विषयमा समेत अनुसन्धान भइरहेको छ ।

नेपाल फर्किएपछि उनी नेपाली खेलाडीको स्थानीय एजेन्टका रूपमा काम गर्दै आइरहेका थिए । यीबाहेक एन्फा पदाधिकारीमा सबैभन्दा बढी राष्ट्रिय टोलीसँग जोडिने व्यक्तिको नाम सार्वजनिक हुन सक्ने सम्भावना प्रबल छ । एएफसीले २००८–१२ सम्म अन्तर्राष्ट्रिय तथा मैत्रीपूर्ण खेलमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पाँच खेलाडीलाई आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसैले यस अवधिमा राष्ट्रिय टोलीमा पदाधिकारीको संलग्नतालाई लिएर एएफसीले अनुसन्धान गरिरहेको छ ।

भर्खरै भारतको नयाँ दिल्लीमा आयोजना भएको एएफसीको बैठकमा ‘म्याच फिक्सिङ’ लगायत भ्रष्टाचारका मुद्दामा एएफसीले शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारिसकेको छ । अहिले भारतको फुटबल बजारलाई लक्षित गर्दै एएफसीले गृहकार्य पनि अगाडि बढाइसकेको छ । यस्तो अवस्थामा नेपालमा देखिएको ‘म्याच–फिक्सिङ’को रोग भारतमा नसरोस् भन्ने कुरामा एएफसी संवेदनशील हुन सक्ने [Disallowed String for - ...]ित्सक अजय राणा बताउँछन् ।

राणालाई १४ मंसिरमा एएफसीले भारतको नयाँ दिल्लीमा आयोजना भएको पाँचौँ मेडिकल कन्फ्रेन्समा ‘गोल्डेन सर्भिस अवार्ड’ बाट सम्मानित गरेको थियो । २५ वर्ष अनवरत एएफसीको मेडिकल कमिटीमा बसेर काम गरेका राणा ‘म्याच फिक्सर’हरूले ठूलो राष्ट्रमा ‘फिक्सिङ’को दाउ लगाउनुअघि सानो देशमा प्रयोग गर्ने र त्यहीँबाट ठूलो देशमा छिर्ने नीति बनाउने गरेको बताउँछन् । भन्छन्, “अन्तर्राष्ट्रिय फिक्सिङको ट्रेन्डलाई अध्ययन गरियो भने यो स्पष्ट हुन्छ ।”

यसैले नेपालमा देखिएको ‘म्याच–फिक्सिङ’लाई लिएर एएफसी निकै संवेदनशील देखिन्छ । महानगरीय प्रहरी अनुसन्धान प्रभागले ‘म्याच–फिक्सिङ’ काण्डमा पाँच खेलाडीलाई पक्राउ गर्नुअघि एएफसीले एन्फालाई छानबिन तथा कारबाहीका लागि सिफारिस गरेको थियो । तर, एन्फाले ठोस कदम नउठाएपछि एएफसीका पदाधिकारी एन्फालाई कुनै सूचना नदिईकन सुटुक्क नेपाल आएका थिए । उनीहरूले ‘फिक्सिङ’को सबै रिपोर्ट महानगरीय प्रहरी अनुसन्धान प्रभागलाई बुझाएपछि नेपाल प्रहरी सक्रिय भएको थियो । 

प्रकाशित: मंसिर २८, २०७२

http://nepal.ekantipur.com/news/2015-12-14/20151214193018.html

 
Posted on 12-22-15 5:36 PM     [Snapshot: 4706]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sepp Blatter (now, suspended President of FIFA) talks about Nelson Mandela and "humanity." He has finally said he's sorry. But, after being banned from football for eight years by the sport's world governing body, Fifa, it seems he's mostly sorry for himself. - From Channel 4 News (UK)

Last edited: 22-Dec-15 05:38 PM

 
Posted on 12-24-15 10:57 AM     [Snapshot: 4843]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लोकमानसिंह कार्की अख्तियार प्रमुख भएर आएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले गरेको भ्रष्टाचार आरोपलाई ‘क्लिन चिट’ दिने तथा आफ्नो बहिनीमाथि परेको उजुरीमा पनि सफाइ दिनेलगायतका काम गरेर कार्कीले पनि यसको पुष्टि गरेका छन् । स्रोतका अनुसार थापालाई कार्कीले ‘क्लिन चिट’ दिने मात्र होइन थापाको अनियमितता छानबिन गर्ने अन्तर्राष्ट्रिय निकायलाई ‘अख्तियारको अनुसन्धानबाट उनले कुनै आर्थिक हिनामिना गर्ने अनियमितता नभेटिएको’ भन्ने व्यहोराको पत्रसमेत पठाइदिएका छन् । जुन उसको कार्यक्षेत्राधिकार बाहिरको काम हो ।

लोकमानले आफ्नी बहिनीको नक्कली प्रमाणपत्रमाथिको छानबिन विषयलाई पनि यसैगरी ‘ढिसमिस’ पारिदिएको बुझिएको छ । अख्तियारमा लोकमान नियुक्त हुनुभन्दा पहिले उनका बहिनी सचि कार्कीमाथि नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएकोबारे उजुरी परेको थियो । उजुरीमाथि छानविन अघि बढाउन भन्दै अख्तियारले २०६९ मंसिर १७ गतेदेखि ३५ दिने म्याद राखेर निरन्तर तीन पटक गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । तर छानविन टुङ्गो नलाग्दै लोकमान अख्तियारको प्रमुख बने त्यसपछि यो त्यतिकै सेलायो ।
akhtiyar-lokman-bahini


 
Posted on 01-07-16 5:36 PM     [Snapshot: 5651]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रष्ट जोगाउन खेल मन्त्री कस्सिए

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका प्रतिबन्धित अध्यक्ष गणेश थापाको विषयलाई लिएर युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टबीच पानी बाराबारको स्थिति पैदा भएको समाचार छ ।

मन्त्री मण्डल गणेश थापाका निकट मानिन्छन् । उनी थापालाई कार्वाही नगर्ने भन्ने पक्षमा दृढ छन् । स्रोत भन्छ –मन्त्री मण्डल गणेश थापाका लागि लबिङ्ग गर्दै हिंड्न थालेका छन् ।
एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवाका भरमा सम्पत्ति विवरण मागेर आफ्ना नेताहरूलाई अपराधीको शैलीमा पत्रकारलाई खबर गरेर जानकारी लिएर अपमान गरेको आरोप लगाइरहँदा एमालेकै कोटाबाट मन्त्री बनेका मण्डल भने फिफाबाट १० वर्षे प्रतिबन्ध तथा २१ लाख रुपैयाँ जरिवानाको सजाय भोगेका थापालाई बचाउने प्रयासमा छन् । मन्त्री मण्डललाई राष्ट्रिय खेलकुद परिषदले थापाका बारेमा गठन गरेको छानबिन समिति नै चित्त नबुझेको स्रोत बताउछ । परिषदले पूर्व सचिव प्रतापकुमार पाठकको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । समितिले फुटबल संघका पदाधिकारीसंग जानकारी लिइसकेको छ । त्यस्तै फुटबलसंग आवद्ध खेलकर्मीसंग पनि सोधपुछ गर्नेकाम पाठक समितिले गरिरहेको छ । सदस्यसचिव विष्टले थापा र फुटबलबारे छानबिन जरुरी छ भनेसंगै छानबिनका लागि समिति गठन गर्न मन्त्रालय तयार भएको थियो ।

एसियाली फुटबल महासंघ एएफ्सीबाट आएका प्रतिनिधि पुरुषोत्तम कट्टेल, मन्त्री मण्डल, सदस्य सचिव र एन्फाका पदाधिकारीबीच भएको छलफलका क्रममा विष्टले यो धारणा पेश गरेका थिए । त्यतिबेला मन्त्री मण्डलले पनि सहमति जनाएका थिए । तर, मन्त्री मण्डल राखेप सदस्यसचिवबीच अहिले एकाएक मनमुटाव सुरु भएको छ । स्रोतका अनुसार, सांसद गणेश थापा चाहिं फिफाले कार्वाही गरेपनि नेपालबाट भने आफूले कार्वाही भोग्न नपरे हुन्थ्यो भन्नेमा लागिपरेका छन् । थापाको चंगुलमा मन्त्री फसेको शंका गर्न थालिएको छ ।
मन्त्री मण्डलले थापाका बारेमा छानविन गर्न राखेपले समिति बनाएर हुदैन नेपाल सरकारले समिति बनाउने हो भन्न थालेका छन् । हुन त मन्त्री मण्डलले सुरुवाती दिनमा फुटबलमा भएको घोटाला र खेलाडीहरूले गरेको म्याच फिक्सिङ्गले मुलुकले विश्वमै शीर झुकाउनु परेको प्रतिक्रिया दिएका थिए । त्यस्तै उनले आफूले खेलकुदमा भ्रष्टाचार मेटाएरै छाड्ने बताएका थिए । मन्त्री मण्डलको सो भनाइलाई खेलकुदका भुक्तभोगीले ‘नयाँ जोगीले धेरै खरानी घस्ने प्रवृत्ति’ भनी टिप्पणी गरेका छन् ।

फिफाको इथिक्स कमिटीले १० वर्ष फुटबलका कुनै पनि गतिविधिमा सरीक हुन नपाउने गरी लगाएको प्रतिबन्ध कार्वाही र २१ लाख रुपैयाँ जरिवाना सुनाएको दिन प्ेरस विज्ञप्ति जारी गर्दै गणेश थापाले भनेका थिए–‘मैले फिफाको अनुसन्धानलाई पूर्णरुपले सघाएको थिएँ तर यस्तो नतिजा आउला भनेर कल्पनासम्म गरेको थिइँन । अब म कानूनी प्रक्रिया अपनाउँछु ।’ तर गणेश थापाले फिफाको अपिल कमिटी होस् वा एएफ्सीमा होस् कहीँ पनि अपिल जाने हिम्मत नगरेको एन्फा स्रोत बताउछ ।

गणेश थापाले आफूलाई कार्वाही चित्त नबुझे एक महिनाभित्र अपिल गर्न सक्थे । अपिल गर्ने समय २०७२ पुस १ गते सकिइसकेको छ । स्रोत भन्छ –यदि गणेश थापाले अपिल गरेको भए स्वत हार्थे र हारेका खण्डमा आजीवन प्रतिवन्ध निश्चित थियो । आजीवन प्रतिवन्धबाट बच्न पनि थापा अपिल कमिटीमा नगएको हुन सक्ने चर्चा एन्फाका पदाधिकारीहरू गर्दछन् ।

संसदको सार्वजनिक लेखा समितिलेसमेत एन्फामा भ्रष्टाचार भएको ठहर गर्दर्ै गणेश थापालाई कार्वाहीका लागि सिफारिस गरेको थियो । नैतिकताको कुनै मतलब नगर्ने गणेश थापा अहिले सांसदको मर्यादा र धज्जी उडाइरहेका छन् । तर, भ्रष्टाचार गरेको आरोपमा कार्वाही भोग्दा पनि नेपाल सरकार र संसदले भने कुनै कार्वाही गर्ने आँट गर्न सकेको छैन । एकजना राजनीतिक विष्लेषक भन्छन्–ओली प्रधानमन्त्री हुनु र कमल थापा (गणेश थापाका सहोदर दाइ अहिले उपप्रधान तथा परराष्ट्र मन्त्री)संग सहकार्य गर्नु नै गणेश थापालाई सरकारले जोगाउने प्रमख आधार बनेका छन् ।

अख्तियारले नै कार्वाही गर्न भनेका कतिलाई कार्वाही नगरेका दृष्टान्त रहँदा अब राखेपले गरेको अनुसन्धानले जेसुकै भनोस् थापालाई कार्वाही संभावना क्षीण छ । थापाको केशलाई क्रिकेटसंग पनि जोड्न थालिएको छ । क्रिकेट संघका अध्यक्ष टंक आङबुहाङ जो एकीकृत माओवादीका केन्द्रीय सदस्य हुन् र उनलाई ८३ लाख रुपैयाँ हिनामिना भएका सम्बन्धमा अख्तियारले लामो समय अनुसन्धानको घेरामा राख्यो । क्यानबाट निलम्बन गर्‍यो । तर अन्त्यमा सफाइ दियो । आङबुहाङको चारवर्षे कार्यकाल पुस ३ गते शुक्रबार नै सकिएको छ । तर उनले यसरी क्लिनचिट पाएकोमा खेलकुद क्षेत्र नै आश्चर्यमा परेको छ ।


एन्फाका चार गाडी गायब
२३ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न मितिमा खरिद गरेका चारवटा गाडी एन्फाको स्वामित्वमै नरहेको तथ्य फेला परेको छ । एन्फाको पैसामा किनिएका ती गाडी एन्फाको नाममा नामसारी नगरी अन्यन्त्रै प्रयोग र पुनः किनबेच हुँदै आएको छ । संसदको सार्वजनिक लेखा समितिमा बुझाएको लेखापरीक्षण प्रतिवेदनअनुसार एन्फाले २०६० यता ठूलो रकम खर्च गरेर चारवटा गाडी किनेको छ । एन्फाले खरिद गरेकामध्ये तीन गाडीको मात्रै एक करोड ३० लाख ४० हजार मूल्य पर्छ भने अर्को एक गाडीको मूल्य नखुलेको अन्नपूर्ण पोस्टमा खबर छ । ती गाडी खरिद गर्दा अनिवार्य रुपमा जारी गर्नुपर्ने सार्वजनिक सूचनासमेत गरिएको छैन । गाडी खरिदका विषयमा एन्फा कार्यसमितिको बैठकबाट निर्णय पनि गराईएको छैन । यी गाडी खरिदबिक्री गर्दा गणेश थापा एन्फाको अध्यक्ष थिए । उनी हाल भ्रष्टाचारको आरोपमा अन्तर्राष्ट्रिय फुटबल महासंघ -फिफा) द्वारा १० वर्षे प्रतिबन्धमा छन् । फिफाको निलम्बनसँगै उनी एन्फा जिम्मेवारीबाट पनि निलम्बित भएका छन् ।
http://www.onlinekhabar.com/2016/01/371869/

 
Posted on 02-11-16 6:00 PM     [Snapshot: 7677]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Our young lands won the Banglabandhu Gold Cup in Bangladesh and they have been promised Rs seven lakhs each. I don’t know if they have received the money yet. Here in this land of ours hooligans, who destroy public property and harass common citizens during bandas, get a million rupees each if they somehow lose their lives, but our athletes who make us all proud by winning tournaments abroad get less. Ganesh Thapa made karods of rupees and is said to own hundreds of ropanis of land in the valley. But our football players don’t even have enough to buy a new pair of football boots. Corruption is everywhere. Maybe, instead of only blaming our politicians, we should blame ourselves, for letting the corrupt walk all over us again and again. 

Ganesh Thapa will live the rest of his life in luxury, while our football players will live in poverty after they hang up their boots. Officials who head our sports organisations in the country make millions while athletes have to sometimes even pay chiya kharcha to be on the team.

http://kathmandupost.ekantipur.com/news/2016-01-30/congratulations.html

 
Posted on 02-12-16 3:58 PM     [Snapshot: 7764]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He is still there: all the people in the government are Hijada and seems he is paying Haptaa everywhere , do not blame just him. Blame all those who are keeping him as if without him , GVT can not run the sports council.
Next time when you post : the news must be his firing.
 
Posted on 02-15-16 9:40 AM     [Snapshot: 7831]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Ganesh Thapa was the reason for Nepal's failures. Once he was ousted, we bagged two golds. Could it be only a coincidence? Yet, pundits in Sajha believe that the guy who remain longest in the power should be called "SUCCESSFUL" than the one making major achievements.
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters