[Show all top banners]

sardarsing
Replies to this thread:

More by sardarsing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Kanak Mani, Standing Up
[VIEWED 3661 TIMES]
SAVE! for ease of future access.
Posted on 07-04-06 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिय पुष्पकमल दाहालजी,

बन्दुकको त्रासबाट नेपाली नागरिकले छुट्कारा पाउने क्रममा तपाईँले आफ्नोे पार्टी तथा लडाकु जत्थालाई खुला प्रतिस्पर्धाको बाटोमा डोर्‍याउन ठूलै मात्रामा साहस जुटाउनु परेको देखिन्छ। यस्तै, एकपक्षीय युद्धविराम गर्दा होस् वा 'जनयुद्ध'को लक्ष्यलाई थाती राखेर भूराजनीतिक र सामरिक यथार्थको सही मूल्याङ्कन गर्दै खुला समाजमा उत्रिएर नेकपा (माओवादी) को राजनीतिक चरित्रलाई पुनः उजागर गरिदिँदा जनताले आश गर्ने ठाउँ मिलेको छ। लडाकुहरूलाई हतियार व्यवस्थापनतर्फ डोर्‍याउन खोज्दा तपाईँको भनाइ र गराइमा फरक पर्ने, दुनियाँलाई देखाउने र कार्यकर्तालाई सुनाउने कुरा भिन्न हुन जानेलगायतका 'कन्ट्राडिक्शन' लाई केही हदसम्म स्वाभाविक मान्नुपर्ने हुन्छ।

तपाईँहरूको सिद्धान्त र बाध्यतालाई अरूले लचिलो भएर मूल्याङ्कन गर्दा तपाईँले पनि अरूलाई सौहार्दता देखाइदिए राम्रो हुन्थ्यो। जस्तै, जनआन्दोलनको उपलब्धिकै व्याख्याको कुरा गरौँ। यो लेखकको अनुमानमा जनता ज्ञानेन्द्र राजाको खिलाफमा उर्लिएका थिए, जसको माने तपाईँको समर्थनमा लाखौँको सङ्ख्यामा नागरिकहरू पक्कै आएका होइनन्। तपाईँबाट रचिएको ११ वर्षको हिंसा तथा नेकपा (माओवादी) को गैर लोकतान्त्रिक छवि विरुद्ध, र यसका साथै तपाईँहरू शान्तिको बाटोमा आउने आशले पनि नागरिकहरू सडक र गोरेटोमा उत्रिएका हुन्। तपाईँले छूट दिएर आएका तथा तपाईँको उर्दी मानेर आन्दोलनमा सरिक नागरिकहरू पनि अन्ततोगत्वा तपाईँले मच्चाएको र 'शाही सेना' ले साथ दिएको विध्वंसको विरोधमा उत्रिएका हुन्।

हरेक माओवादी नेता, कार्यकर्ता भन्ने गर्छन् कि तपाईँको समूहले चाहेको कुरा “जनताले चाहेको” भनेर। जबसम्म निष्पक्ष, स्वतन्त्र चुनावद्वारा तपाईँको उपस्थिति प्रस्ट हुँदैन– यो कुरा कसरी मान्ने कि तपाईँ जनताको चाहना बोल्दै हुनुहुन्छ? त्यसैले त्यसो नहुञ्जेल आजसम्म शस्त्र प्रदर्शन गर्दै आएको दलको विचारलाई “जनताको विचार” भन्न छाडिदिनु उचित हुन्छ। त्यसो होला पनि, तर प्रमाणदेखेपछि मात्र यो कुरा मान्न जनता तयार हुन्छ। आज त ऊ चूप बसेको छ, किनकि तपाईँको हातमा बन्दुक छ। र, यो बन्दुक आज विशुद्ध कोरा शक्तिको प्रतीक हो, किनकि अब 'जनयुद्ध' नरहँदा यसको के औचित्य? नेपाली नागरिकको विवेक बौद्धिकतालाई यदि कदर गर्नुहुन्छ भने अब मात्र विचार तथा बहसको आधारमा तपाईँहरू जनताको सहयोग लिने कोशिश गर्नुस्। हातमा बन्दुक लिएर जनताका लागि बोल्छु भन्न त मिलेन नि, पुष्पकमलजी।


more at - http://www.nepalihimal.com/2063/asar-16-32/ukalo_lagda.html
 
Posted on 07-05-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good articles in Himal.... great!!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
poster-size display of the Ten Commandments in every classroom at schools that receive state funding
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Does the 180 day auto extension apply for TPS?
Cut paste nazi hypocrites
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters