[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हिरोइन स्वेतालाई बिधवा बनायो, निर्देशक चोपडाको सपना टुटायो ...
[VIEWED 8084 TIMES]
SAVE! for ease of future access.
Posted on 05-15-21 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोरोनाले धेरैको ज्यान लिएको छ .. नेपालि मनोरन्जन क्षेत्रमा यसले गरेको विध्वंश :

एउटी हिरोइन थिइन -स्वेता २०१४ मा बिहे गरेपछि फिल्म क्षेत्र बाट बिदा भाइन
अनि ७ बर्ष पछि जसको लागि बिदा भएकी थिइन उसैले छोडेर बिदा भएछन - संसार बाटै !

अनि अर्का, (यो राजेश घतानीले लेखेको स्ट्याटस हो)
"भाबपुर्ण श्रद्धान्जली सुबोध चोपडा 😭😭😭
आमाको सपना छ छोराले एउटा नेपाली फिल्म बनायोस भन्ने त्यसै ले एउटा नेपाली फिल्म बनाउछु भनेर धेरै बर्ष अगाडी देखी नेपाल आउँदै जादै गर्नु भयो!!तर कहिले जुरेन ६ महिना अगाडी माइतीघर २ बनाउने कुरा लिएर काठामान्डौ आउनु भयो!!म सँग २ हफ्ता काठमान्डौ बसेर मुम्बई फर्किनु भयो!!त्यस पछी कल्याण घिमिरे दाई र मुम्बई गयौ !!फिल्म बनाउने कुरा फाइनल भयो!! मुम्बईमा रहेको CZG का MD अनन्त गुप्ता र हामीले फिल्म गर्ने भनेर सम्झौता भयो !!३ हफ्ताको बसाई पछी हामी नेपाल फर्कियौ!!त्यसको केहि दिन पछी सुबोध दाई आउनु भयो!!कलाकार छनौटको कुराले धेरै समय मिट्टिनमा नै बित्यो त्यस पछी फेरी मुम्बई बाट अनन्त गुप्ता आउनु भयो !!धेरै छलफल दुख समस्याका बाबजुद भुवन केसी दाई को इन्ट्री भए पछी अनमोल केसी लाई लिएर फिल्म गर्ने सम्झौता भयो!!अब फिल्म बन्ने भयो मेरो आमाको सपना पुरा हुने भयो भनेर अत्यन्तै खुशी हुनु हुन्थियो !!म राम्रो फिल्म बनाउछु भनेर भन्नु हुन्थियो!! हामी लाई पनि बिस्वास थियो!!चैत्र २८ गते बुवा लाई कोरोना लागेको खबर सुनेर मुम्बई जानु भयो त्यही दिन बुवाको निधन भयो !!त्यस पछी वहाँ लाई नै कोरोना लाग्यो !!उपाचार पछी नेगेटिभ रिपोर्ट आयो !!फेरी हिजो एक्कासी सास फेर्न गार्हो भएर होस्पिटल एडमिड हुनु भयो तर आज १२:३० बजे तिर मुम्बईको हस्पिटलमा अन्तिम सास लिनु भयो!!नियतीले चुडेर लग्यो!!२६ अप्रिल काठमान्डौ फर्किन्छु भनेर म्यासेज गर्नु भएको थियो!!त्यो म्यासेज म सँग सुरक्षित छ!! तर अब कहिले फर्कुनु हुन्न मन नै फिका फिका भयो!!खल्लो महसुस भै रहेको छ!!कसलाई के भन्नु के गर्नु केहि छैन हाम्रो हातमा!! तपाई सँग बिताएका हरेक पल अबिस्मरणिय छन !!तपाई र आमाको सपना हामी साकार पार्ने छौ !!तपाईको बैकुन्ठमा बास होस्!!परिवार मा गहिरो समबेदना!!सुबोध चोपडाले हिन्दी फिल्न तुम सा ना कोही, रोग, दोबारा, मर्डर फिल्म लेखेका हुन उनि महेश भट्ट क्याप सँग नजिक थिए "


दुइटा भिडियो (१)

https://youtu.be/veeMK36eteA

अनि भिडियो (२)

https://youtu.be/h-0YsbwPSys
 
Posted on 05-16-21 11:37 AM     [Snapshot: 358]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तीजको लहर आयो बरिलै" गीत लाई टुहुरो बनायो
(बायोग्राफि भिडियो तयार गर्दै छु!)

हरे ....
अझ कति लाइ गुमाउनु पर्ने हो


भिडियो तयार भयो ...  अपडेट :
https://youtu.be/RK8YBDoBkRo
Last edited: 16-May-21 12:31 PM

 
Posted on 05-17-21 9:27 AM     [Snapshot: 570]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को सेलिब्रेटी ... यी साहित्यकार लाइ पनि कोरोना ले लग्यो


 
Posted on 05-19-21 1:36 PM     [Snapshot: 839]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूजा थियो रे .. . त्यसैमा सपरिवार संक्रमित भएको

प्राध्यापक डाक्टर पूज्यश्री कार्कीको निधन भएको छ। कोरोनाभाइरस संक्रमणपछि काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत कार्कीको आज निधन भएको हो। नेपाल चिकित्सक संघका महासचिव बद्री रिजालका अनुसार डाक्टर कार्की इमान्दार, लगनशील र निष्ठावान तथा प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन्।

https://www.setopati.com/social/237984

 
Posted on 05-25-21 10:42 AM     [Snapshot: 1095]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) पहिलो महिला डाक्टर - साहित्यमा PhD गर्ने .. 
वानीरा गिरीको निधन भयो .. (भिडियो तल) 

२) युवा ज्योतिष तथा नायक हरिहर अधिकारीको बुवाको कोरोना संक्रमणबाट निधन भएको छ । उनका बुवा राम बहादुर अधिकारीको कारोना संक्रमणबाट हिजो निधन भएको हो । अधिकारीको कोरोना संक्रमण देखिएपछि केही दिन अगाडीबाट नेशनल अस्पताल कलंकीमा उपचार भैरहेको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।

3) कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणबाट चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । चार वर्षदेखि मृगौलाको बिरामी रहेका विनोदको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । आदर्शले विनोदलाई सोमबार रातिमात्र उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पताल पुर्‍याएका थिए ।

आदर्शले नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै राम्रो उपचारको आशमा भरतपुर अस्पताल लगेका थिए । बाराको जितपुरबाट आदर्शले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लैजान्थे ।



https://youtu.be/q87CTmnQcEM

Last edited: 25-May-21 10:45 AM

 
Posted on 05-27-21 11:38 AM     [Snapshot: 1332]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नीताको भनाइ जस्ताको तस्तै:

कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।
सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस् i miss you buwa


https://youtu.be/5by-_t-WdW0
 
Posted on 05-28-21 10:28 PM     [Snapshot: 1475]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन
जेठ १३, पाँचथर - कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

कोरोनाले लगनखेल बाहिनीका सहायक रथी केसीको निधन
जेठ १३, काठमाडौं - कोरोना संक्रमणका कारण नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ।

*कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मल्लको निधन*

सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। कोरोना संक्रमण भएपछि उपचाररत मल्ललको काठमाडौंमा निधन भएको हो। एक हप्ता अघि कोरोना संक्रमण भएका मल्लको वुधबार राति निधन भएको पारिवारिक स्रोतले बताएको छ। उनलाई निमोनिया र मुटुसम्बन्धी समस्यासमेत थियो।
मल्ल पूर्वराष्ट्रिय पञ्चायतका सदस्यसमेत हुन्। शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४ माघमा मल्ल प्रदेश प्रमुख नियुक्त भएका थिए। २०७६ साल कार्तिकमा उनलाई केपी ओली सरकारले पदमुक्त गरेको थियो।


आदर्श मिश्रा का पिता पनि कोरोना पोजेटिभ भएरै बिते ... ...

https://youtu.be/efY9TuP80Ow
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters