metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भूकम्प पीडितको राहतमा पनि र्‍याल

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 11165 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-16-15 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूकम्प पीडितको राहतमा पनि र्‍याल
चूडामणि भट्टराई |२०७२ जेष्ठ ३ आईतवार
फोटो :अन्नपूर्ण (राहत बोकेको ट्रक पक्राउपछि जाँच गर्दे सुरक्षाकर्मी)
अदृश्य कालोबजारी खोज्दै सरकार, अनुसन्धान गर्दा धम्की आयो: राज्यमन्त्री
काठमाडौं: भूकम्प पीडितका नाममा आएको राहत सामग्रीको दुरुपयोगबारे उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र सुरक्षा निकायबीच विवाद भएको केही दिनपछि नै ७० ट्रकभन्दा बढीको राहत सामग्रीको कालोबजारी भएको नयां तथ्य फेला परेको छ । 
 
त्यसैगरी ३ लाख पाल खरिद गर्न सरकारले छोटोसयमको सूचना जारी गरी प्रस्ताव आह्वान गरेकोमा व्यापारीको इन्ट्रेष्ट पूरा हुन नसक्दा विना निर्णय हालसम्म थन्क्याएको पाइएको छ । सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिल्ल कर्पोरेशनले ९ सय रुपैंया प्रतिगोटा दिनसक्ने प्रस्ताव गरेपछि महंगोमा किन्ने प्रस्तावहरुको इच्छा पूरा हुन नसक्दा पाल आयात अनिर्णित बनेको हो ।
 
उता,भन्सारबाट निशुल्क सामानको विवरण भर्दै ७० भन्दा बढी ट्रक सामान राजधानी काठमाडौं भित्र्याउंदा पनि बेखबर बनेको सरकारले गत बुधबार भारतबाट आएका दुईवटा ट्रक पक्राऊ गरेपछि अदृश्य व्यापारीले कालोबजारी गरिरहेको भन्दै अनुसन्धान शुरु गरेको छ ।
 
भन्सार कार्यालय भैरहवाको रेकर्डमा राहत सामग्री आएको भएपनि काठमाडौंको नाका थानकोट कटेपछि सरकारको कुनै पनि निकायमा ती सामग्रीको विवरण छैन । नयां दिल्लीस्थित संयुक्त अरब इमिरेट्स(युएई)को दूतावास, दुवईको रेडक्रस तथा दुबईका अमिरले पठाएको राहतका नामामा भित्र्याइएका ती सामग्री कुनै व्यापारीले लैजाने गरेको भए पनि ती ब्यापारी को हुन् भन्ने यकिन जानकारी सरकारले दिएको छैन । 
 
बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब कमल भट्टराईले यसबारे अनुसन्धान भइरहेको बताएका छन् । अन्नपूर्णलाई प्राप्त कागजातअनुसार, आयात-निर्यात कोड नं ०।००००००६१ रहेको बिलमा सामान प्रँप्त गर्ने 'नेपाल सरकार' उल्लेख गरिएको छ ।

सो विवरणमा २४ सय प्याकेट खाद्य सामग्री रहेको जनाइएको छ । यसबारे बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले शनिवार बसेको मन्त्रिपरिषद् यसबारे ब्रिफिल्ल गर्दै प्रज्ञापन पत्र नै शंकास्पद रहेको जानकारी दिएका थिए । मन्त्रालयका अनुसार, युएई सरकार वा त्यहांको राजपरिवारले पठाएको राहत भए नेपाल सरकारलाई जानकारी आउनुपर्नेमा नआएको, त्यहांको रेडक्रशले पठाएको भए नेपालको रेडक्रशलाई आउनुपर्नेमा त्यसो नहुंदा राहतका नाममा तस्करी भइरहेकोमा अनुसन्धान गर्नु परेको हो ।

सामान लिन केही व्यक्ति आफूलाई दुबईका शेख हामदान विन जावेद अल नाहेनले पठाएको दावी गर्दै आए पनि कागजातमा त्यस्तो कुनै कुरा नखुलेकाले थप शंका भएको मन्त्रालयले जनाएको छ ।

प्रहरीले सो सामान लोड गरिएको ट्रक नं ४१४४। एचआर ६९बी-४१११ का ड्राइभर राम खिलाडी र अर्को गाडीका चालक नरेशकुमारलाई नियन्त्रणमा लिएको छ । उनीहरुले ७० ट्रकभन्दा बढी सामान ल्याएको कुरा बयानमा बताएका छन् ।
 
वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसीले भने,'सरकारलाई जानकारी नदिई यसअघि पनि यस्तै गरी छलछाम गरेर सामान ल्याएको कुरा आएको छ ।' उनले पक्राउ सामान छुटाउन आफूलाई धम्कीसमेत आएको बताए । तर, सामान दावी गर्न आउने व्यक्ति र धम्क्याउने व्यक्ति को थियो र किन उसलाई पक्राउ गर्न सकिएन भन्नेबारे भने उनले केही बताएनन् ।
 
बैशाख २१ गतेको केन्द्रीय दैवी प्रकोप उद्दार तथा राहत समितिको बैठकमा मन्त्री गौतमले भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पठाएको १ लाख थान पालमध्ये केही सम्पर्कमा नआएको र चीनले दिएको राहत सामग्री नेपाली सेनाले जिम्मा लिएर अन्यत्रै लगेको आरोप लगाएका थिए ।

स्रोतका अनुसार, उनको आरोपलाई नेपाली सेनाका युद्ध कार्य महानिर्देशक उपरथी हिमालय थापाले तत्काल जवाफ दिंदै एकएक रेकर्ड देखाउन तयार भएको र चीनले सैनिक मुख्यालय र पीडित जवानका परिवारलाई पठाएकोमात्र सैनिक मुख्यालय लगिएको भनेका थिए । सेनाको तिखो प्रतिक्रिया आएपछि मन्त्री गौतमले आफूले आरोप लगाउन नखोजेको भन्दै स्पष्टीकरण दिनु परेको थियो ।

बनर्जीले पठाएको राहत सामग्री गृहमन्त्री गौतमकै आदेशमा व्यबस्थित आउन नसकेको विवरण पेश भएको थियो । भारतबाट आएको सामान लिन नेपाली सेनाको पूर्बी पृतनाले ३३ वटा ट्रकको बन्दोबस्त गरी मेची पुल पठाएको थियो । तर, भारतबाटै आएका ट्रकलाई नै नेपालका ठाउं ठाउंमा पु:याउने अनुमति दिनु भन्ने आदेश गृहमन्त्री गौतमले दिएकाले सामान लिन गएका सेनाका ट्रक रित्तै फर्काउनु परेको थियो ।

यीमध्ये केही ट्रक विग्रेकाले सामान पुग्न ढिलो भएको थियो भने सामान जिम्मा लिनेमै मन्त्रीहरुको होड पनि अचम्म लाग्दो थियो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले राहत सामग्रीको समन्वय गरेकाले मन्त्री सुनील थापा बनर्जीको राहत बुझ्न जाने कार्यक्रम तय भएको अवस्थामा शहरी विकास मन्त्रालयले सो सामग्री आफू मातहतले हेर्ने भागमा परेको भन्दै मन्त्री नारायण खड्का सामान बुझ्न गएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।
 
भारतस्थित नेपाली दूतावासमार्फत खरिद गरेर ल्याइएको ५ लाख पालमा पनि ठूलो मात्रामा घोटाला भएको स्रोतको दावी छ । दूतावासले नेपाल सरकारलाई पठाउनु पर्ने सामान बौद्धस्थित एकजना व्यापारीको घरमा प्रहरीले नै फेला पारेको थियो । नेपाली कांग्रेसको प्रवासी संघ दिल्लीका हर्ताकर्ताले राहतको दुरुपयोग गरेको जानकारी गृहमन्त्रालयलाई आएपनि यसबारे अनुसन्धान गर्न सकेको छैन ।
http://annapurnapost.com/News.aspx/story/11858

 
Posted on 05-16-15 9:19 PM     [Snapshot: 19]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepali haru sabi kian yesta hunchan hai, aafu matra khau lagau vanne khalko, desh ma yetro sankat aaairachan tara pani asari hucnha aafai kamau vanne k, dhikkar lagcha kaile kai Nepali bhayeko le.
 
Posted on 05-16-15 10:13 PM     [Snapshot: 98]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

High ambition with zero talent and no aspiration is what makes you Nepali, hence all these traits.
 
Posted on 05-17-15 12:27 AM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That's why I've said it time and time again, nepalese are hopeless.
 
Posted on 05-17-15 12:35 AM     [Snapshot: 178]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

and here I'm proud to be type II Nepalese ...

 
Posted on 05-20-15 6:14 AM     [Snapshot: 339]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भूकम्प पीडितका लागि पाल किन्दा अनियमितताको आशंका

विष्णु बुढाथोकी काठमाडौं, जेठ ५ 

शहरी मन्त्रालय अख्तियारको छानबिन दायरामा,४ लाख ५२ हजार पाल खरिद प्रकृया अघि बढ्यो


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितका लागि पाल/त्रिपाल खरिदमा अनियमितता भएको आशंका गरेको छ। शहरी विकास मन्त्रालयले खरिद तथा वितरणका क्रममा अनियमितताको आयोगले छानविन शुरु गरेको छ।

भूकम्पले घरबारविहिन पीडितका लागि मन्त्रालयले खरिद गरेको पालको गुणस्तर र मूल्यमा जनगुनासा बढेपछि आयोगले मंगलबार मन्त्रालयसँग यस विषयमा लिखित विवरण लिएको हो।

‘अख्तियारले माग गरेको सम्पूर्ण विवरण मन्त्रालयले मंगलबारै आयोगलाई उपलब्ध गराएको छ,’ मन्त्रालयका प्रवक्ता पद्म कुमार मैनालीले सेतोपाटीसँग भने।

पीडितको माग अनुसार त्रिपाल वितरण व्यवस्था मिलाउने जिम्मा पाएको मन्त्रालयले जम्मा ४ लाख ५२ हजार पालको खरिद प्रकृया अघि बढाइसकेको छ। अहिलेसम्म २ लाख पाल किनिसकेको छ।

पाल ल्याउन डेढ दर्जन निजी आयतकर्तालाई ठेक्का दिइएको छ। शहरी मन्त्रालयले किनेको त्रिपालको गुणस्तर र बजार मूल्यमा प्रश्न उठाउँदै गतसाता नेशनल ट्रेडिङ लिमिटेडले बुझ्न नमानेपछि खरिद प्रक्रियामा सभासदहरूले समेत प्रश्न उठाएका थिए।

पाल खरिदबारेको प्रश्नमा शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले भने, ‘एउटा पार्टीले ल्याएको ५ सय १७ पीस त्रिपालको गुणस्तर कमसल देखिएपछि सम्बन्धित खरिदकर्ताले नै फिर्ता लगिसकेको छ।’

मन्त्रालयले खरिद गरेको पालको आकार, संख्या, मोटाइ मूल्यबारे मन्त्रालयले जानकारी दिन मानेको छैन।




http://setopati.com/raajneeti/28390/

 
Posted on 05-24-15 12:16 PM     [Snapshot: 439]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्रिपालको अनियमितता छोप्ने प्रयास

विकास थापा |२०७२ जेष्ठ १० आईतवार

फोटो :फाइल फोटो
काठमाडौं : विनाशकारी भूकम्पका कारण घरबारविहीन भएका पीडितले खुला आकाशमुनि रात काट्नुपरिरहेका बेला सरकारले आयात गरेका त्रिपाल वितरण भइसकेको देखाएर लगतकट्टा गरी अनियमितता छोप्ने प्रयास भएको छ। 
 
पछिल्लोपटक सहरी विकास मन्त्रालयले आफ्नो लगतकट्टा हुने गरी आयातित पालजति सबै वितरण भइसकेको बेहोरा लेखिदिन गरेको आग्रह वाणिज्य तथा आपूर्ति मन्त्रालयले अस्वीकार गरेपछि अनियमितता भएको खुलेको हो। 
 
सहरी विकास सचिव अर्जुनकुमार कार्कीले वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायलाई आफ्नो मन्त्रालयले बुझाएको पालजति वितरण भइसकेको उल्लेख गरिदिन हालै आग्रह गरेका थिए। 
 
स्रोतका अनुसार आफूले प्राप्त गरे/नगरेको पालको विवरण नै थाहा नभई र प्रमाणीकरण नगरी त्यस्तो बेहोरा उल्लेख गर्न नमिल्ने भन्दै वाणिज्य सचिवले अस्वीकार गरेका थिए। 
 
वाणिज्य सचिव उपाध्यायले सहरी विकास सचिव कार्कीले पाल वितरण भएको 'फम्र्याट' (प्रारूप) बनाएर समितिमा पेस गरेको स्वीकार गरे। 
 
उनले नेसनल टे्रडिङ लिमिटेडले प्रमाणीकरण नगरेसम्म वितरण भए/नभएको थाहा नहुने भएकाले कार्कीको फम्र्याट कार्यान्वयन नभएको बताए।
 
 'हामीलाई कति पाल वितरण भयो भन्ने कुरा समितिले प्रमाणित नगरेसम्म थाहा हुँदैन', सचिव उपाध्यायले शनिबार अन्नपूर्णसित भने। 
 
भूकम्पबाट विस्थापितलाई वितरणका लागि सहरी विकास मन्त्रालय एक्लैले भारतबाट करिब पाँच लाख थान पाल आयात गरेको थियो। 
 
त्यसबाहेक अन्य निकायबाट प्राप्त पाल तथा राहत सामग्री पनि सहरी विकास, गृह र वाणिज्य मन्त्रालयका सचिव रहेको समितिले समन्वय गर्दै आएको छ। 
 
नेसनल ट्रेडिङ लिमिटेडको गोदाममा राखेर समितिले आवश्यकताअनुसार कोटा निर्धारण गरी विभिन्न जिल्लामा पठाउँदै आएको छ। 
 
'सहरी विकासबाट हालसम्म प्राप्त पाल वितरण भएको भन्ने फम्र्याटलाई प्रमाणित नगरेसम्म यतिउति वितरण भयो भन्ने अवस्था देखिएन', सचिव उपाध्यायले भने, 'प्राप्त गरेको भर्पाई र वितरण भएको पनि भर्पाई नहेरी त्यसै वितरण भएको भन्न सकिन्न भनेर मैले त्यस्तो पम्र्याट कार्यान्वयन नगरौं भनें, सचिवज्यू (कार्की) ले पनि मान्नुभयो।' 
 
सहरी विकास मन्त्रालय आफैंले सुरुमा १० हजार थान पाल वितरण गरेको थियो। पछि उसले भारतस्थित नेपाली दूतावासबाट आयात गरेको पाँच लाख थान पालमध्ये केही दिनअघि बौद्धको एक व्यापारीको गोदामबाट प्रहरीले बरामदसमेत गरेको थियो। 
 
तीन मन्त्रालयका सचिव सम्मिलित समितिमा समेत पालको हिसाबकिताब गोलमाल भएको देखिएपछि भूकम्पपीडितका नाममा अनियमितता भएको पुष्टि भएको हो। 
 
यसैबीच गृहमन्त्री वामदेव गौतमले कांग्रेस, एमाले र एमाओवादीका कार्यकर्ताहरूलाई पाल दिन गृह सचिवमार्फत दिएको निर्देशन कार्यान्वयन हुन सकेन। 
 आफैंले बनाएको जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मात्र त्रिपाललगायतका राहत सामग्री वितरण गर्ने नियम उल्लंघन गर्दै गौतमले तीन दलका कार्यकर्तालाई पाल दिएर जिल्ला पठाउन आदेश दिएका थिए। 
 
तर भूकम्पपीडितहरूले नपाउने, घरमा डरले बस्न नसकी सडकमा आउनेलाई पाल दिन नसकिएको अवस्थामा दलका कार्यकर्ताका हातहातमा पाल दिने आदेश अनुपयुक्त भएको वितरण प्रणालीमा कार्यरत उच्च कर्मचारीहरूले स्वीकार गरेका छन्। 
 
गृहसचिव सुर्य सिलवालले विभिन्न राजनीतिक दलका स्वयंसेवकहरूले भूकम्प प्रभावित जिल्लामा राहत वितरण गर्न जाने भएकाले गाउँमा राति बास बस्न त्रिपालको व्यवस्था गर्न भनिएको स्वीकार गरे। 
 
'जिल्ला, गाउँमा गइसकेपछि ओत लाग्नुप:यो, त्रिपाल चाहिन्छ कि भन्ने हो', गृहसचिव सिलवालले शनिबार अन्नपूर्णसित भने। 
http://annapurnapost.com/News.aspx/story/12210
 
Posted on 05-24-15 12:21 PM     [Snapshot: 448]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतबाट आएको राहत बेचेर खाने धुन्धुकारी हुन यिनी
काठमाडौं, ६ जेठ ।
surya-bhusal-1-1

भूकम्पपछि जनता आहत भएका बेला पीडितका नाममा धनार्जन गर्न खोज्नेको पनि समाजमा कमी छैन । जनता दुईछाक खाना र ओतको चिन्तामा छन् । र, तिनै जनताका नाममा राहत बटुलेर धनी बन्ने सपना देख्ने पनि उदांगिदै छन् समाजमा ।
जनताको दुःख देख्न नसकेका देशरविदेशमा बस्ने नेपाली एवं विदेशी मित्रले आफ्नो गाँस काटेर सहयोग गरेका बेला समाज सेवाका नाममा सूर्य भुषालले बदमासी गरेको तथ्य सौर्यले हात पारेको छ ।
भुषालले पीडितका नाममा राहत बटुलेर व्यापारीलाई बेचेको पाइएको सौर्य दैनिकले छापेको छ । लोभ र निजी स्वार्थमा लिप्त भुषालले भारतको उत्तरप्रदेश (युपी) सरकारका मुख्यमन्त्री अखिलेश यादवले पठाएको राहत व्यापारीलाई बेचेको तथ्य खुलासा भएको हो ।
उनले पीडितका लागि भारतबाट आएका कैयौँ गाडी सामान वीरगञ्ज र भैरहवाका व्यापारीलाई बेचेको पाइएको छ ।
उनी नेपाल–भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष पनि हुन् । संस्थाका नाममा पीडित जनताको भावनामाथि खेल्ने काम भुषालले गरिरहेका छन् ।
युपीका मुख्यमन्त्री यादवका भाइ एवं भारतीय सांसद मुन्ना यादवसँग सम्बन्ध बनाएका भुषालले उनकै सहयोगमा राहत नेपाल ल्याएका हुन् । धादिङ, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लाका भूकम्पपीडितका लागि मगाइएका राहत सामग्री वितरण गरेका छैनन् ।
भूकम्पपीडितका नाममा आएको राहत एक साताअघि सुनौली नाका हुँदै नेपाल भित्रिएको थियो । दुई गाडी सामान बुझ्न भुषाल चलचित्र निर्देशक सञ्जयबाबु ढकाललाई लिएर भैरहवा पुगेका थिए । भारतबाट आएको सामानमा सारी, थानका कपडा, जेन्ट्स पाइन्ट, टिसर्ट रहेको भन्सार कर्मचारीले जानकारी दिए ।
http://www.purbelinews.com/

 
Posted on 05-26-15 6:52 AM     [Snapshot: 674]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किनिएका साढे चारलाख त्रिपाल मध्ये ९६ प्रतिशत गुणस्तरहिन

बिष्णु बुढाथोकी

त्रिपाल खरिदमा पाँच खाले अनियमितता










शहरी विकास मन्त्रालयले खरिद गरेको साढे चारलाख थान त्रिपालमा ९६ प्रतिशत गुणस्तरहीन भेटिएको छ। त्रिपाल खरिदमा गुणस्तरलगायत पाँच किसिमका मुख्य अनियमितता देखिएका छन्।

गुणस्तरहीन

अन्तर्राष्ट्रिय रेडक्रसले तोकेको मापदण्ड अनुसार कुनै पनि प्राकृतिक विपदमा पीडितको तत्काल अस्थायी वासस्थान निर्माण गर्न २ सय ग्राम प्रति वर्ग मिटरको (जीएसएम) टारपोलिन किन्नुपर्छ। नेपाल रेडक्रस सोसाइटीले पनि त्यही मापदण्ड अनुसार त्रिपाल खरिद गर्छ।

त्रिपाल कम्तिमा १२ फिट चौडाई र १८ फिट लम्बाई तथा करिब ५ केजीसम्म तौल भएको खरिद गर्नुपर्ने मापदण्डमा तोकिएको छ। यति मापदण्ड पूरा गरेर त्रिपाल किने  दुईवर्षसम्म टिकाउ हुन सक्ने जनाईएको छ।

महाभूकम्पपछि आपतकालिन अवस्थामा त्रिपाल किन्ने निर्णय त भयो तर कस्तो गुणस्तरको त्रिपाल किन्ने भन्ने मापदण्ड तोकिएन। दुईसय जिएसएमको त्रिपाल नभेटे पनि १८० जिएसएम सम्मको भए पनि विपदमा चलाउन सकिने शहरी विकास तथा भवन निर्माण विभागका एक अधिकारीले बताए।

तर शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागका महानिर्देशक शम्भु केसीको संयोजकत्वमा गठित विशेष खरिद समितिले खरिद गरेको ४ लाख ५२ हजार ७ सय ९ थान त्रिपालमध्ये जम्मा १६ हजार ८ सय ७० थान अर्थात्  कुल खरिदको ३.७ प्रतिशत मात्रै १८० जिएसएमभन्दा माथिको रहेको मन्त्रालयले नै गठन गरेको छानबिन समितिको अध्यनले देखाएको छ। जसको मूल्य ६९ करोड ८६ लाख ६८ हजार १ सय ७२ रूपैयाँ पर्छ।

मन्त्रालयले खरिद गरेको ३ लाख ९६ हजार ३ सय थान त्रिपाल अर्थात झण्डै ८८ प्रतिशत १ सय ५० जीएसएमको छ भने १५ हजार १ सय ६० जिएसएमको र १९ हजार ४ सय ३४ थान १ सय ७० जिएसएमको खरिद गरेको छ।

वैशाख १२ गते गएको विनाशकारी भूकम्प लगत्तै मन्त्रालयले हतारमा खरिद गरेको त्रिपाल मात्र होइन धेरैपछि खरिद गरिएका त्रिपालको पनि गुणस्तर पुगेको छैन। 

वैशाख २० गते खरिद गरिएका १ लाख २५ हजार थान त्रिपाल मध्ये १ लाख १३ हजार थान १ सय ५० जीएसएमका र बाँकि १२ हजार थान १ सय ७० देखि २ सय २० जीएसएमसम्मका छन्।

वैशाख २९ गते गएको अर्को ठूलो भूकम्पले थप क्षति पुर्‍याएपछि मन्त्रालयको निर्देशनमा खरिद समितिले थप ३ लाख थान त्रिपाल खरिद गर्ने निर्णय गरी विभिन्न ९ वटा खरिदकर्तालाई जिम्मा दिँदा पनि १ सय ६० जीएसएमको १५ हजार र १ सय ७० जीएसएमको १० हजार बाहेक बाँकि सबै १ सय ५० जीएसएमको खरिद गरिएको छ।

एउटै गुणस्तरको त्रिपालको मूल्यमा एक तिहाइ फरक

मन्त्रालयले खरिद गरेको एउटै गुणस्तरको सामान फरक फरक आपूर्तिकर्तासँग खरिद गर्दा फरक फरक मूल्यमा खरिद गरेको पाइएको छ।

 सेतोपाटीलाई प्राप्त कागजात अनुसार, भूकम्प गएको भोलिपल्ट वैशाख १३ गते मन्त्रालयले खरिद गरेको १ सय ५० जीएसएमका विभिन्न साइजका २९ सय ३८ त्रिपाल प्रति वर्ग फिट ९ रूपैयाँमा दीप किरण प्रिन्टिङ एण्ड ट्रेडर्सबाट खरिद गरिएको छ।

वैशाख २० गते १ सय ५० जीएसएम कै त्रिपाल ६.३८ देखि ६.८८ रूपैयासम्मको मूल्यमा विभिन्न आपूर्तिकर्तासँग खरिद गरेको छ। त्यहि गणस्तरको सामान ३१ गतेपछि खरिद समितिले ८ वटा खरिदकर्ता संस्थासँग ६.४० देखि ६.५० रूपैया प्रतिवर्ग फिट मूल्यका दरमा खरिद गर्ने सम्झौता गरेको छ।

सोहि दिन खरिद समितिले सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग १ सय ७० जीएसएमको १० हजार थान तारपोलिन जम्मा ४.७० रूपैया प्रतिवर्ग फिट मूल्यमा खरिद गरेको छ।

भूकम्प आए लगत्तै आपतकालिन खरिद गर्ने नाममा वैशाख १३ गतेदेखि १९ गतेसम्मको अवधिमा खरिद गरिएको २७ हजार ७ सय ९ थान विभिन्न साइजका त्रिपालको मूल्यमा पनि सामान्य बजार मूल्यभन्दा झण्डै एक तिहाई बढी मूल्य तिरेर खरिद गरेको छानविन समितिले निश्कर्ष निकालेको छ।

जीएसएम नखुलेको नेपाली त्रिपाल पनि खरिद

 मन्त्रालयले इन्टरटेक टारपोलिन्ससँग १४ गते नै २६ सय ६६ थान जिएसएम नखुलेको नेपाली उत्पादन खरिद गरेको छ। जसको कुल खरिद मूल्य २५ लाख ९० हजार भन्दा बढी हुन आउँछ।

खरिद र वितरणको भरपाई छैन

वैशाख १३ गतेदेखि १९ गतेसम्मको अवधिमा खरिद गरी वितरण गरिएको २७ हजार थान त्रिपाल कहाँ, कहिले र कसलाई भयो भन्ने भर्पाइ विवरण शहरी विकास मन्त्रालयमा छैन।

खरिद गर्ने मुख्य जिम्मेवारी पाएका मन्त्रालयका सचिव अर्जुन कार्कीदेखि शहरी विभाग तथा भवन निर्माण विभागका महानिर्देशन शम्भु केसीको संयोजकत्वमा गठित खरिद समितिसँग त्रिपाल खरिद प्रक्रियाबारे छानविन समितिले जानकारी माग गरेका थिए। तर समितिले माग गरे अनुसार उनीहरुले कुनै पनि जानकारी दिन सकेका छैनन्।

‘मन्त्रालयले खरिद गरेको २७ हजार ७ सय त्रिपाल कहाँ कसरी खरिद गरियो र कसलाई वितरण भयो भन्ने विषयमा जानकारी माग गर्दा यसको कुनै भर्पाइ विवरण नभएको  जानकारी दिए,’ मन्त्रालयका एक अधिकारीले बताए।

‘सचिवदेखि महानिर्देशकको जवाफ सुन्दा भूकम्प आएको र गएको प्रमाण छैन भनेजस्तै त्रिपाल खरिद गरेको र वितरण गरेको पनि प्रमाण छैन,' उनले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि मन्त्रालयकै छानविन समितिले त्रिपाल विषयमा भर्पाइ माग गरेपछि शहरी विकास सविच कार्कीले बाणिज्य र गृह मन्त्रालयका पदाधिकारीसँग आफ्नो मन्त्रालयले खरिद गरेको त्रिपालको भर्पाइ दिन आग्रह गर्दै आएको सरकारी स्रोतले बतायो। तर, जवाफमा बाणिज्य तथा आपूर्ति मन्त्रालय र गृह मन्त्रालयका अधिकारीले सचिव कार्कीलाई मन्त्रालयले खरिद गरी जुन निकायमा बुझाएको हो त्यसको भर्पाइ आफैले राखेको हुनुपर्ने जवाफ दिएको सरकारी स्रोतले बतायो।

मोटरसाइकल छोप्न मात्र मिल्ने साइजको त्रिपाल पनि पीडितका नाममा किनियो

रेडक्रसले तोकेको मापदण्ड अनुसार, यसरी वितरण गरिने त्रिपालको साइज सामान्यतय १८ फिट लम्बाइ र १२ फिट चौडाइको हुनु आवश्यक छ। तर मन्त्रालयले अजयशुभ ट्रेडर्सबाट खरिद गरेका एकसय प्रति त्रिपाल मोटरसाइकल छोप्नका लागि प्रयोग गरिने ६ फिट चौडाइ र ९ फिट लम्बाइ रहेको पाइएको छ। यस्ता त्रिपाल जिल्लामा पठाउँदा पीडितहरुले लिन नमानी फर्काइदिएका छन्।

शहरी विकास मन्त्रालयले खरिद गरेका त्रिपालको गुणस्तर र साइजका कारण आफूहरूले प्रभावित जिल्ला प्रशासन कार्यालयका अधिकारीदेखि पीडितको गाली खानु परिरहेको नेसनल ट्रेडिङ लिमिटेडमा कार्यरत एक कर्मचारीले गुनासो गरे।

‘शहरी विकास मन्त्रालयले पठाएको सामान प्रभावित जिल्लामा पठाउन खोज्दा कहिले कम गुणस्तरको भन्दै सम्बन्धित जिल्लाले लिन मान्दैन कहिले लगेर पनि साइज नहुने भन्दै हामीलाई नै गाली गरी फर्काइन्छिन्,’ उनले भने।

गत सातामात्रै अत्यन्त कम गुणस्तरको ५ सय १७ थान ‘धान सुकाउने त्रिपाल’ गोदाममा आएको खबर बाहिर प्रकाशित भएपछि मन्त्रालयले त्यो सामान आपूर्तिकर्तालाई नै फिर्ता लैजान भनेको थियो।

हिजो सोमबार मात्रै अर्को एक आपूर्तिकर्ताले त्रिपालको नाममा कृषकले कुखुराको खोर तथा गोलभेडा खेतीमा प्रयोग गर्ने एक ट्रक कालो प्लाष्टिक ल्याएर गोदाममा झारिदिएपछि नेशनल ट्रेडिङ लिमिटेडका कर्मचारी हैरान भएका छन्।

सरकारी खरिदमा आएको सामान हेर्दै लिमिटेडका एक कर्मचारीले भने, ‘शहरी विकास मन्त्रालयले हाम्रो गोदाम फोहोर थुपार्ने कन्टेनर जस्तै बनायो। अब यो कालो प्लाष्टिक कसलाई कसरी लैजाऊ भन्ने?’

उनले सरकारी निर्णयमा देखिएको कमजोरीका कारण एकातिर राज्यलाई ढुवानीमा दोहोरो खर्च लागेको छ भने अर्कोतर्फ पीडितले राहत प्राप्त गर्न ढिलाइ भएको पनि बताए।

मन्त्रालयले खरिद गरी वितरण गरेको त्रिपालको गुणस्तर र मूल्यका साथै वितरणमा भएको अनियमितताबारे पीडितदेखि कतिपय सरोकारवाला निकायले प्रश्न उठाएपछि गत साता नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयबाट यस विषयमा लिखित विवरण लिइसकेको छ।

त्यस अलवा सरकारकै कतिपय व्यक्तिदेखि प्रधानमन्त्रीसम्मले त्रिपाल खरिद प्रकरणमा अनियमितता भएको भन्ने गुनासाप्रति चासो देखाएपछि शहरी विकास मन्त्री नारायण खड्काले मन्त्रालयकै सहसचिव महेन्द्र सुब्बाको संयोजकत्वमा समिति बनाइ छानबिन प्रक्रिया अघि बढाएका थिए।

समितिले अन्तर्राष्ट्रिय क्षेत्रमा यस्तै विपद आउँदा खरिद गरिने टारपोलिनको मापदण्डबारे अध्ययन गर्दा २ सय जीएसएमभन्दा माथिको मात्रै खरिद गर्ने गरेपनि खरिद समितिले कम गुणस्तरको सामान १३ गतेदेखि जेठ ८ गतेसम्म किन खरिद गरेको भन्ने प्रश्नको जवाफ माग गरेका थिए। तर, खरिदको निर्णय गर्ने पदाधिकारीहरुले आपत परेको बेला जे जस्तो बजारबाट उपलब्ध भयो त्यहि लिएको भन्ने जवाफ दिएको स्रोतले बतायो।

त्रिपालको गुणस्तरदेखि मूल्यमा देखिएको विविधताबारे फोनमार्फत सम्पर्क गर्दा विभागका महानिर्देशक एवम् विशेष खरिद समितिका संयोजक केसीले यस विषयमा आफूले केही बताउन नमिल्ने भन्दै मन्त्रालयका प्रवक्तासँग सोध्न भन्दै फोन काटेका थिए।




http://setopati.com/raajneeti/28659/

 
Posted on 05-26-15 6:56 AM     [Snapshot: 675]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाल खरिदमा अनियमितता’

  • छानबिन टोलीको निष्कर्ष
जगदीश्वर पाण्डे
काठमाडौ, जेष्ठ ११ - 
सहरी विकास मन्त्रालयको छानबिन टोलीले आफ्नै मन्त्रालयको पाल खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ। मन्त्रालयले भूकम्पपीडितलाई अस्थायी बसोबासका लागि ४ लाख ५२ हजार ७ सय ९ पाल खरिद गरिसकेको छ। स्रोतका अनुसार छानबिन टोलीमा संलग्न एक अधिकारीका अनुसार कम गुणस्तर भएका सस्तो पाललाई बढी मूल्य तिरी खरिद भएको पाइएको छ।

मन्त्रालयले आन्तरिक समिति बनाई आपतकालीन अवस्थाका लागि बिनाटेन्डर सोझै पाल खरिद गरेको थियो। पाल खरिदमा अनियमितता भएको आशंकामा मन्त्रालयस्तरीय निर्णयबाट सहसचिव डा. महेन्द्र सुब्बाको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरिएको छ। टोलीमा उपसचिवद्वय राजेन्द्र नेपाल र इन्द्रप्रसाद बस्याल छन्। 

टोलीले कम गुणस्तरको पाललाई बढी मूल्य तिरिएको, मानिस बस्नसमेत अनुपयुक्त पाल खरिद गरिएको, एउटै गुणस्तरका लागिसमेत घटबढ रकम तिरेको पाइएको निष्कर्ष निकालेको छ। स्रोतका अनुसार टोलीले व्यापक अनियमितता भएको निष्कर्ष निकालेको छ। सहरी विकास मन्त्रालयले पाल खरिद गरेपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वितरणका लागि पठाइन्छ। 

मन्त्रालयको खरिद हेर्ने प्रशासन महाशाखाले आठ किसिमका पाल खरिद गरेको छ। त्यसमा सबभन्दा बढी एक सय ५० ग्राम प्रतिस्क्वायर फिट (जीएसएम) भएको ३ लाख ९६ हजार ३ सय ९ थान खरिद गरेको छ। यस्तो पाललाई मन्त्रालयले प्रतिजीएसएम न्यूनतम ६ देखि ९ रुपैयाँसम्ममा खरिद गरेको छ। 

१५ हजार थान खरिद गरिएका एक सय ६० जीएसएम पाललाई प्रतिजीएसएम न्यूनतम ४.३१ देखि बढीमा ४.६३ रुपैयाँसम्म तिरिएको छ। एक सय ७० जीएसएम खरिद गरिएका पाललाई प्रतिजीएसएम न्यूनतम ४.७ देखि बढीमा ९.७८ रुपैयाँसम्म खर्च गरिएको छ। यस्ता पाल १९ हजार ४ सय ३४ थान खरिद गरिएको छ। 

एक सय ८० जीएसएमको पाल २ हजार ४ सय ९६ थान खरिद गरिएको छ। यो पाललाई प्रतिजीएसएम न्यूनतम ७.८ देखि बढीमा ७.५ रुपैयाँसम्म तिरिएको छ। 

दुई सय जीएसएमको पाललाई प्रतिजीएसएम १०.५ रुपैयाँ तिरिएको छ। दुई सय जीएसएमको पाल ५ हजार १ सय ९३ थान खरिद गरिएको छ। दुई सय २० जीएसएमको पाललाई प्रतिजीएसएम ९.५ रुपैयाँ तिरिएको छ। यस्तो पाल ३ हजार ७ सय २५ थान खरिद गरिएका छन्। दुई सय ३० जीएसएमको पाललाई मन्त्रालयले प्रतिजीएसएम न्यूनतम १२.९ देखि बढीमा १२.७८ रुपैयाँ तिरिएको छ। यस्तो पाल ४ हजार २ सय ४६ थान खरिद गरिएको छ। दुई सय ५० प्रतिजीएसएमका पाल १ हजार २ सय १० थान खरिद गरिएका छन्। यो पाललाई प्रतिजीएसएमको १४ रुपैयाँ तिरिएको छ। 

‘एउटै पाललाई फरक–फरक समयमा फरक–फरक दरमा खरिद गरिएको छ,’ कमिटीको निष्कर्ष छ। वैशाख १३ देखि १९ गतेसम्म २७ हजार ७ सय ९ पाल खरिद गरिएको छ। ‘एक सय ५० जीएसएमको पाललाई प्रतिजीएसएम ९ रुपैयाँमा खरिद गरिएको छ,’ अनुगमनबाट थाहा भएको छ। 

आवास विभागको मापदण्डअनुसार घाम, पानी र हावाहुरीबाट बच्नका लागि पालको गुणस्तर दुई सय जीएसएमको हुनुपर्छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रयोगका लागि एक सय ८० जीएसएससम्म गुणस्तर चाहिन्छ। ‘त्योभन्दा कम गुणस्तरका पालहरू खरिद गरिएको छ। त्यसको काम त बिस्कुन सुकाउने मात्र हो,’ कमिटीले निष्कर्ष निकालेको छ। 

कमिटीले दुई सय २० जीएसएमभन्दा एक सय ६० जीएसएमको पाललाई बढी मूल्य तिरेको भेटेको छ। स्रोतले भन्यो, ‘एक सय ५० जीएसएममा मार्जिन बढी छ।’ 

मन्त्रालयले वैशाख २० मा विभिन्न व्यक्ति तथा संघसंस्थासँग एक लाख २५ हजारका पाल निकालेको थियो। यस्तै, मन्त्रालयले वैशाख ३१ मा तीन लाख पाल किनेको थियो। 

पाल खरिदमा ६५ देखि ६७ करोड रुपैयाँ खर्च भएको देखिएको छ। ‘कति पाल आयो, कति गयो, कति खरिद गरियो भनेर सही रूपमा मन्त्रालयमा तथ्यांक राखिएको पाइएको छैन,’ कमिटीको निष्कर्ष छ। स्रोतले भन्यो, ‘एक सय ५० जीएसएमका पाल खरिद गर्नुभन्दा जस्ताको पाता किन्नु ठीक हुन्थ्यो।’ 

पाल खरिदलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले समेत चासो दिइरहेको स्रोतले दाबी गरेको छ। 

अझै गोदाममा

ललितपुर (कास)– भैंसेपाटीस्थित एक गोदाममा एक साताअघि भेटिएको करिब ५० लाख रुपैयाँबराबरको पाल अझै प्रभावित क्षेत्रमा बाँडिएको छैन। नेपाल क्याम्पस क्रुसेड फर क्राइस्ट नामक संस्थाले ती पाल धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रेसहित भूकम्प प्रभावित ११ जिल्लामा बाँड्ने भनेको थियो। तर, यातायातको समस्या भएको भन्दै पाल अझैसम्म पनि बाँडेको छैन।

संस्थाले धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र दोलखामा ४–४ सय, रामेछापमा २ सय, काभ्रेमा १ सय, ललितपुरमा ३ सय, काठमाडौंमा २ सय तथा भक्तपुर र गोरखामा १–१ सय थान पाल वितरण गर्ने जनाएको थियो। तर, संस्थाले अझै सम्बन्धित जिल्लामा पठाएको छैन।

संस्थाका अध्यक्ष तारासिंह कठायतले यातायातलगायत अन्य प्रक्रिया मिलाइरहेकाले पाल पुर्‍याउन नसकेको दाबी गरे। ‘सरकारले राहत बाँड्न दिएको समयसीमा एक महिनाभित्र बाँडिसक्नेछु,’ उनले भने।

कार्यविनायक नगरपालिका–२ प्रगतिमार्गस्थित गोदाममा राखिएको पाल अहिले कहाँ कुन अवस्थामा छ भन्नेसमेत कसैलाई जानकारी छैन। स्थानीयवासीले ती पाल कालोबजारी गर्न लुकाएको आरोप लगाएका छन्। ‘कानुनी प्रक्रिया नपुर्‍याइ ल्याइएको पाल लुकाइएको छ,’ अनिल नामका एक युवाले भने, ‘कर छली गरी धन कमाउने नियत देखिएको छ।’

स्थानीयवासीको सूचनाका आधारमा प्रहरीले जेठ २ गते उक्त गोदाममा छापा मारेको थियो। कठायतले सोही दिन आफू ठूलादुर्लुङमा राहत वितरण गर्न गएको बताए पनि पाललगायत राहत सामग्री भने उनको गोदाममै रहेको स्थानीयवासी बताउँछन्। कठायतले ठूलादुर्लुङलगायत गाविसमा राहत वितरण गर्न र पाल राख्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइएको कागजपत्र आफुसँग सुरक्षित भएको दाबी गरे। तर, जिल्ला प्रशासन कार्यालयले कठायतलाई स्वीकृति दिएको कागजपत्र देखाउन सकेको छैन।

यसअघि जेठ ३ गते ‘५० लाख पाल लुकाइएको अवस्थामा भेटियो’ शीर्षकमा कान्तिपुर दैनिकमा समाचार प्रकाशन भएको थियो। संस्थाका अध्यक्ष कठयातले उक्त दिन नै जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएको पत्र बनाएका थिए। 

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको कागजात देखाएपछि नियन्त्रणमा लिइसकेको पाल पनि छोड्नुपरेको बताए। 

प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले कठायतले पाल वितरण र भण्डारणका लागि स्वीकृति लिएको बताए। ‘पाल कहाँ, कुन ठाउँबाट ल्याएको भन्ने सबै कागजपत्र कठायतसँग होला,’ उनले भने, ‘तर जिल्ला प्रशासन कार्यालयमा पेस गरेका छैनन्।’

प्रकाशित मिति: २०७२ जेष्ठ १२ ०७:३७

http://www.ekantipur.com/kantipur/2072/2/11/full-story/347180.html

 
Posted on 05-27-15 11:13 AM     [Snapshot: 855]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैसा देखे पछि आचिमाथि होस् वा चिता माथि
पाच हात मुख सबै प्रयोग गर्न पछि पर्दैनन् |
 
Posted on 05-31-15 7:20 PM     [Snapshot: 976]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्रिपाल घोटालामा सरकारको मिलोमतो

राजेश बर्मा |२०७२ जेष्ठ १७ आईतवार

फोटो : रामशाहपथस्थित नेशनल ट्रेडिङ लिमिटेडमा थुपारिएको अनियन्त्रित पाल। तस्बिर: अन्‍नपूर्ण
काठमाडौं : विपत्‌का बेला छोटो प्रक्रियाबाट आपूर्ति गर्ने अधिकार पाएको सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक घोटाला भएको पाइएको छ। मन्त्रालयले नियुक्त गरेको आपूर्तिकर्ताले मन्त्रालयका उच्च कर्मचारीको मिलोमतोमा कम परिमाणमा सरकारलाई त्रिपाल आपूर्ति गरेको पत्ता लागेको छ।
 
आइतबारअघि काठमाडौं आएका ट्रकको कुनै जाँच नगरी सीधै आपूर्ति गर्ने व्यवस्था सहरी विकास मन्त्रालयले मिलाएपछि उसको पनि मिलोमतो पुष्टि भएको हो।
 
मन्त्रालयसँग सम्झौता गरेका मध्ये वीरगन्जको 'भी मल्टी कन्सर्न प्राइभेट लिमिटेड'ले भारतबाट भित्र्याएको ट्रकमा एक हजार एक सय ५४ वटा त्रिपाल कम भेटिएको हो। 
मन्त्रालयले सार्वजनिक खरिद ऐन २०६३ अनुसार 'छोटो बाटो' को टेन्डरमार्फत त्रिपाल खरिद र आपूर्ति गर्न विभिन्न व्यापारीसँग सम्झौता गरेको थियो।
 
भारतको 'भी के पावर त्रिपाल' कम्पनीद्वारा उत्पादित कालो, पहेंलो र रातो रङको पालमा अनियमितता भेटिएको हो। भी मल्टी कन्सर्न प्राइभेट लिमिटेडले एक बन्डलमा १२ बाई १५ को १२ थान त्रिपाल भएको भनी मन्त्रालयलाई जानकारी गराएर १० थान मात्रै पोकामा हालेर आइतबार रामशाहपथस्थित नेसनल ट्रेडिङ लिमिटेडको केन्द्रीय राहत वितरण केन्द्रमा भित्र्याएको थियो।
कुनै जाँच नगरी सीधै आपूर्ति गर्ने व्यवस्था सहरी विकास मन्त्रालयले मिलाएपछि उसको मिलोमतो पुष्टि भएको हो।
भैरहवा नाकाबाट मल्ली कन्सर्न प्राइभेट लिमिटेडको सहयोगमा भी मल्टी कन्सर्नले लु १ ख ७५६६ नम्बरको ट्रकमार्फत राजधानी भित्र्याएको पाँच सय ७७ बन्डलमा एक हजार एक सय ५४ वटा त्रिपाल कम फेलापरेको थियो। 
सोही आपूर्तिकर्ताले आइतबार तीन ट्रक त्रिपाल भित्र्याएकोमध्ये एउटा ट्रक जाँचका क्रममा हरेक बन्डलमा कम संख्यामा त्रिपाल भेटिएको थियो।
भी मल्टी कन्सर्नले एउटा ट्रकमा आठ सय ३०, अर्कोमा पाँच सय ७७ र तेस्रो ट्रकमा आठ सय ५३ वटा त्रिपालको बन्डल राहत वितरण केन्द्रमा झारेको थियो।
 
सोही आपूर्तिकर्ताले शनिबार आठ सय ५०, पाँच सय ९६ र तीन सय ९५ बन्डल त्रिपाल झारेको जानकारी नेसनल ट्रेडिङ लिमिटेडका सुपरभाइजर गोपाल न्यौपानेले दिए। 
 
न्यौपानेले भने, 'लु १ ख ७५६६ नम्बरको ट्रकमा आएको सबै बन्डलको स्टिकर च्यातिएको अवस्थामा भेटियो। स्टिकर च्यातिएको अवस्थामा भेटिएपछि शंका लागेको आधारमा सुरक्षाकर्मीको रोहबरमा बन्डल खोलेर हेर्दा एक बन्डलमा १२ थान हुनुपर्नेमा १० थान मात्रै भेटियो।
 
 पाँच सय ७७ बन्डलमा यस्तो कमी रहेछ। तत्कालै उक्त कम संख्याबारे मन्त्रालयमा जानकारी गराएँ।'
 
नेसनल ट्रेडिङ लिमिटेड परिसरमा आपूर्तिकर्तामध्ये एक आफू रहेको बताउने राम न्यौपानेले भने यस्तो त्रुटि आफूहरूको त्रिपालमा मात्रै नभेटिएको दाबी गरे। 'त्रिपाल सप्लाई गर्ने १० वटै आपूर्तिकर्ताले घोटाला गरेका छन्', उनले भने, 'छानबिन सबैको हुनुपर्छ। हाम्रो मात्रै गरेर हुँदैन।'
 
त्रिपाल ल्याउने क्रममा तीन दिनअघि त्रिशूलीमा ट्रक पल्टेर सबै बन्डलको स्टिकर च्यातिएको र बन्डलमा भएको त्रिपालको संख्या तलमाथि भएको दाबी उनले गरे। 
 
सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।मन्त्रालयका उपसचिव दीपकराज पाण्डेका अनुसार शनिबारसम्म केन्द्रीय राहत वितरण केन्द्रमा चार लाख ३१ हजार पाँच सय ६८ वटा त्रिपाल प्राप्त भएको थियो।
यसमा भारतलगायत अन्य मुलुकले उपलब्ध गराएको त्रिपाल र सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालसमेत जोडिएको जानकारी उनले दिए। 
 
प्राप्त त्रिपालमध्ये शनिबारसम्म तीन लाख १६ हजार आठ सय १४ थान विभिन्न जिल्लामा भूकम्पपीडितलाई वितरणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिलाई पठाइसकिएको छ। अहिले केन्द्रमा एक लाख १४ हजार सात सय ५४ वटा त्रिपाल मौज्दात छन्।
http://annapurnapost.com/News.aspx/story/12561

 
Posted on 06-01-15 4:19 PM     [Snapshot: 1063]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाइँ-जेठानको गोदामबाट ५ सय थान त्रिपाल बरामद

अन्नपूर्ण |२०७२ जेष्ठ १८ सोमबारफोटो :ज्वाइँ-जेठान सप्लार्यसबाट त्रिपाल बरामद गर्दै प्रहरी । तस्बिर : अन्नपूर्ण

काठमाडौं : राजधानीको सिनामंगलस्थित ज्वाइँ-जेठान सप्लायर्सको गोदाममा प्रहरीले छापा मारेर लुकाएर राखिएको भूकम्पपीडितको राहतको पाँच सय थान त्रिपाल बरामद गरेको छ ।
 
भूकम्प प्रभावितका लागि राहत कोटामा आएको  ५ सय ६८ थान त्रिपाल उक्त गोदाममा लुकाएर राखिएको अवस्थामा भेटिएको हो। गोदाम संचालक र बरामद गरिएको त्रिपालबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। 


http://annapurnapost.com/News.aspx/story/12609


 
Posted on 06-07-15 11:24 AM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरकारले किनेको पालमा २५ करोड भ्रष्टाचार

२०७२ जेठ २३ गते ६:१० मा प्रकाशित

२३ जेठ, काठमाडौं । भूकम्पबाट उठिबास लागेका परिवारका लागि अस्थायी गुजारा चलाउन सरकारले चार लाख ६२ हजार सात सय दुई पाल खरिद गर्ने क्रममा करिब २५ करोड रुपैयाँ भ्रष्टाचार भएको सरकारबाटै भएको छानबिनले पुष्टि गरेको छ। प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनियमितता छानबिनले एक लाख ६० हजार चार सय ३७ थान पालमा भ्रष्टाचार भएको देखाएको हो।
Tripal
छानबिनअनुसार सहरी विकास मन्त्रालयबाट केन्द्रीय राहत वितरण केन्द्र नेसनल ट्रेडिङ केन्द्रमा पठाउनुपर्ने चार लाख २५ हजार थान पालमध्ये गत जेठ १६ गतेसम्ममा दुई लाख ६४ हजार पाँच सय ६३ थान पालमात्र दाखिला भएको अन्नपूर्ण पोस्टमा खबर छ ।

कुल खरिद भएको चार लाख ५२ हजार सात सय दुई थान पालको मूल्य ६९ करोड ८६ लाख रुपैयाँ परेको प्रतिवेदनमा उल्लेख छ। यसअनुसार प्रतिपाल औसत मूल्य एक हजार पाँच सय ४६ रुपैयाँका दरले २४ करोड ८० लाख रुपैयाँ भ्रष्टाचार भएको सरकारले नै पुष्टि गरेको हो।

ठूलो रकममा भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक नगर्न केन्द्रलाई दबाब परेको छ। केन्द्रका प्रमुख अधिकृत रमेशकुमार शर्माले प्रधानमन्त्री कोइरालालाई बुधबार नै भ्रष्टाचार प्रतिवेदन पेस गरेका थिए।

केन्द्रले मुख्य सचिव लीलामणि पौड्याललाई पनि बिहीबार उक्त प्रतिवेदन बुझाएको थियो। मुख्य सचिव पौडेलसँग यो प्रतिवेदनबारे  जिज्ञासा राख्ने प्रयास गर्दा उनी सम्पर्कमा आएनन्।

सहरी विकास मन्त्रालयबाट खरिद प्रक्रिया अघि बढाइएको चार लाख २५ हजार थान त्रिपालमध्ये हालसम्म आपूर्तिकर्ताले उपलब्ध गराएका त्रिपालको भर्पाईसमेत सतर्कता केन्द्रले गठन गरेको छानबिन समितिलाई उपलब्ध नगराएको प्रतिवेदनमा उल्लेख छ।

मन्त्रालयले दोस्रो र तेस्रो चरणमा खरिद गरेको चार लाख २५ हजार थान त्रिपालमा आपूर्तिकर्ता फर्महरूले प्रतिबन्डल १२ थान त्रिपाल रहेको भनिएकोमा कर्मचारीले स्याम्म्पलिङ जाँच गर्दा केही बन्डलभित्र १० थानमात्र रहेको मुचुल्का गरेको पनि प्रतिवेदनले औंल्याएको छ।

http://www.onlinekhabar.com/2015/06/285249/

 
Posted on 06-07-15 4:31 PM     [Snapshot: 1192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-08-15 6:56 PM     [Snapshot: 1229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-12-15 5:40 AM     [Snapshot: 1283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पालमा भ्रष्टाचार गर्नेलाई कारबाही माग

राजेश बर्मा |२०७२ जेष्ठ २९ शुक्रबार

चार मन्त्रालयसँग स्पष्टीकरण
काठमाडौं : व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले त्रिपाल खरिद तथा वितरणमा संगठित रूपमा भ्रष्टाचार भएको ठहर गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ। 
 
सरोकारवाला मन्त्रालय तथा कर्मचारीको मिलोमतोमा चरम भ्रष्टाचार भएको भन्दै समितिका सदस्यले छानबिन गरी 'दोषी' मन्त्री र उच्च पदस्थ कर्मचारीमाथि हदैसम्मको कारबाही गर्न माग गरेका हुन्।
 
प्रधानमन्त्री सुशील कोइरालाले राहतमा भ्रष्टाचार गर्नेमाथि कारबाही गर्ने आश्वासन दिए पनि कसैमाथि कारबाही गर्न नसकेको भन्दै समितिका सदस्यले कोइरालाप्रति आक्रोश पोखेका थिए। 
 
समितिका सदस्यले गृह, सहरी विकास, अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालयले राहत वितरण तथा खरिदमा ठूलो चलखेल गरेको भन्दै चारवटै मन्त्रालयका मन्त्रीसहित सचिवलाई डाकेर यथार्थ विवरण माग गर्न समितिका सभापतिलाई सुझाव दिएका थिए।
 
राहतका नाममा विभिन्न मुलुकले नेपाललाई उपलब्ध गराएका त्रिपाल, टेन्टलगायतका सामग्रीको यथार्थ विवरणका साथै सहरी विकास मन्त्रालयले आफैं खरिद गरेको र कहाँ कति परिमाणमा कुनकुन बस्तीमा त्रिपाल वितरण गरिएको हो त्यसबारे दुई दिनभित्र विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।
 
समितिका सदस्यले त्रिपाल खरिद तथा वितरणमा राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनलाई आधार मानी दोषीमाथि कारबाही गर्न प्रधानमन्त्री कोइरालासँग माग गरेका छन्।
 
'त्रिपाल र टेन्टमा ठूलो अनियमितता भएको गुनासो आएकाले अर्थ, गृह, सहरी विकास र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिनभित्र विवरणसहित उपस्थित हुन निर्देशन दिइएको छ', सभापति शर्माले भने।
 
समितिले भूकम्पपीडितलाई वर्षा सुरु हुनुअघि नै थप ३५ हजार रुपैयाँ दिन सरकारलाई निर्देशन दिएको छ। 'क्षतिपूर्तिबापत दिने भनिएको दुई लाखबाट कटौती हुने गरी प्रतिपरिवार ५० हजार पुर्‍याउन निर्देशन दिएका छौं', सभापति शर्माले भने।
 
सभासद् रामहरि खतिवडाले भूकम्प गएको ४८ दिनसम्म पनि सरकारले राहत सामग्रीको यथार्थ विवरण सार्वजनिक गर्न नसकेको आरोप लगाए। 
 
'सरकारले भारतसहित अन्य मुलुकबाट केके राहत कति परिमाणमा प्राप्त गर्‍यो र आफैंले कुन सामान कति परिमाणमा खरिद गर्‍यो, कहाँकहाँ वितरण गर्‍यो सबै विवरण जनताले थाहा पाउनुपर्छ', उनले भने।
 
खतिवडाले गृहले त्रिपाल वितरणसम्बन्धी गलत तथ्यांक उपलब्ध गराएको पनि आरोप लगाए। उनका अनुसार गृहले संसदीय समितिमा नौ लाख चार सय ३६ त्रिपाल र टेन्ट वितरण गरेको विवरण उपलब्ध गराएको थियो। 
 
प्रतिवेदनअनुसार १५ मुलुकबाट प्राप्त तीन लाख नौ हजार चार सय, रेडक्रसले ७९ हजार पाँच सय ३८, स्थानीय विकास मन्त्रालयले एक लाख २२ हजार तीन सय ३१, सहरी विकास मन्त्रालयले एक लाख २८ हजार सात सय तीन र यूएनएचसीआरले २० हजार पाँच सय २७ वटा टेन्ट तथा त्रिपाल वितरण गरेको समावेश छ।
 
'यो तथ्यांक जोड्दा ६ लाख ६० हजार चार सय ७९ मात्र पुग्छ', उनले भने, 'गृहको दाबीअनुसार बाँकी दुई लाख ३९ हजार नौं सय ५७ टेन्ट तथा त्रिपाल कहाँबाट आयो, तीनलाई कसरी तथ्यांकमा समेटियो र कहाँ वितरण गरियो।'
 
उनले कम गुणस्तरको बजार मूल्य एक हजारमात्रै पर्ने त्रिपाल कोटेसनमार्फत सहरी विकास मन्त्रालयले तीन हजार रुपैयाँका दरले एक लाख २८ हजार सात सय थान खरिद गरेको जानकारी दिए।
 
कहाँ गयो त्रिपाल, टेन्ट र ब्लाङ्केट ?
विभिन्न मुलुकबाट प्राप्त टेन्ट, त्रिपाल तथा ब्लाङ्केट गायब भएको तथ्य बाहिर आएको छ। सभासद् रामहरि खतिवडाले समितिलाई लिखित पत्र उपलब्ध गराउँदै त्यस्ता सामग्री गायब पार्ने निकायको खोजी गरेर कारबाही गर्न माग गरेका छन्।
 
उनका अनुसार जेठ १४ मा भारतको सिक्किम राज्य सरकारबाट प्राप्त ५० हजार थान, साउदी अरब सरकारबाट १२ हजार थान, बंगलादेशबाट प्राप्त आठ हजार ९१ थान टेन्ट तथा त्रिपालमध्ये ६ हजार आठ सय २१ थान, बंगलादेशबाट प्राप्त ५७ हजार थान ब्लाङ्केट गायब छ।
रेडक्रसका अनुसार रामेछापमा ६२ हजार, गोर्खामा ४० हजार, काभ्रेमा तीन हजार, नुवाकोटमा पाँच हजार, दोलखामा सात हजार पाँच सय, रसुवामा आठ हजार, लमजुङमा १० हजार, सिन्धुपाल्चोकमा १० हजार सर्वसाधारणले अहिले त्रिपाल माग गरेका छन्।
http://annapurnapost.com/News.aspx/story/13165
 
Posted on 06-12-15 5:48 AM     [Snapshot: 1287]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मरेको मान्छेको नाउँमा पनि राहत !

  • शुक्रबार २९ जेष्ठ, २०७२
गोरखाबजार—भूकम्पपीडितका लागि अस्थायी बसोबासको प्रबन्धका लागि सरकारले उपलब्ध गराएको रु १५ हजार राहत रकमको गोरखामा व्यापक दुरुपयोग भएको पाइएको छ। 
गाउँ छाडेर अन्यत्रै बसाइँ सराइ गएकाहरुको नाउँमा र मरेका मानिसको नाउँमा पनि राहत रकम बाँडेको पाइएको हो।

महाभूकम्पको केन्द्रविन्दू बारपाक गाविसको छिमेकी घ्याच्चोक गाविस–३ का रुप्से गुरुङको भूकम्प आउनुअघि नै मृत्यु भइसकेकोमा उनको नाउँमा पनि गाउँलेले राहत सामग्री बुझेका छन्। रुप्सेका आफन्त घ्याच्चोकमा बस्दैनन्।

त्यस्तै रु १५ हजार राहत वितरणमा पनि अनियमितता भएको पाइएको छ। हार्भी गाविस–९ का हिराबहादुर सापकोटा र खड्कबहादुर सापकोटाले आफूहरु छुट्टिई भिन्न भइसकेको भनी झुठो बोलेर रु १५-१५ हजार राहत रकम बुझेका हुन्। हंशपुर, खरिबोट, छोप्राक, देउराली, मिरकोट, धुवाँकोटलगायत गाविसमा पनि राहत वितरणमा अनियमितता भएको पाइएको छ।

घरमा एकभन्दा धेरै दाजुभाइ हुनेले छुट्टिई भिन्न भएको भन्दै राहत रकम दाबी गर्दै आएका छन्। गाविस कार्यालयमा 'राहत पाऊँ' भन्दै नक्कली भूकम्पपीडितले बुझाएको निवेदनको चाङ् रहेको गाविस सचिवहरु बताउँछन्। सचिवहरुका अनुसार वडास्तरीय संयोजकहरुले नक्कली भूकम्पपीडितलाई सहयोग गरेका छन्। घर नभएकालाई पनि वडा संयोजकले सिफारिस दिएर राहत लिन योग्य बनाएको पाइएको छ।

केही गाविसमा भने जिम्मेवारी पाएका कर्मचारीले चौतारामा बसेर ध्वस्त घरधुरी सङ्ख्या अनुमान गर्ने र प्रतिवेदन जिल्ला दैवी प्रकोप उद्धार समितिमा बुझाउने गरेको भूकम्पपीडितले गुनासो गरेका छन्। गाविसका विभिन्न वडामा रहेका ध्वस्त घर प्रतिवेदनमा छुटेको पाइएको छ।

घ्याच्चोकका वीरबहादुर घलेका अनुसार गाउँमा राहत वितरण प्रक्रिया भद्रगोल छ। 'वास्तविक भूकम्पपीडितले राहत रकम पाएकै छैनन्' उनले भने– 'पहुँचवालाले अनेक बहाना बनाएर रकम बुझे।' राहत वितरणको जिम्मेवारी पाएर घ्याच्चोक गएका गोरखा नगरपालिकाका कर्मचारी ध्रुव घिमिरे घ्याच्चोक गाउँ पुगेका छैनन्। उनी मातहतका अन्य कर्मचारी घ्याच्चोक पुगेर राहत वितरण गरिसके। बिरामी भएकाले आफू घ्याच्चोक जान नसकेको घिमिरेले बताए।

जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले नक्कली भूकम्पपीडितले राहत बुझेको प्रमाणित भए पैसा फिर्ता ल्याउने र कारबाही गर्ने उल्लेख गरे।

'नक्कली भूकम्पपीडितले रकम बुझेको भन्ने विभिन्न ठाउँबाट गुनासो आएको छ', उनले भने, 'पुष्टि भयो भने पैसा फिर्ता लिएर कानुनअनुसार आवश्यक कारबाही गर्छौं।' रासस 
http://nagariknews.com/main-story/story/39658.html

 
Posted on 06-14-15 7:55 PM     [Snapshot: 1419]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 14-Jun-15 07:57 PM

 
Posted on 06-15-15 3:48 PM     [Snapshot: 1454]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्जी पीडितलाई धमाधम राहत

गोरखा- सरकारले भूकम्पमा घर भत्केकालाई अस्थायी बसोबासका लागि उपलब्ध गराएको राहत फर्जी घरधुरी देखाएर उम्काउने क्रम तीव्र बनेको छ। राजनीतिक दलका नेता–कार्यकर्ताको मिलेमतोमा गैरपीडितले रकम उम्काइरहेका हुन्।
राहत रकम फुत्काउनकै लागि प्रत्येक गाविसमा ५० देखि ३ सयको संख्यामा फर्जी घरधुरी देखाइएको पाइएको छ। दलको मिलेमतोमा राहत रकम दुरुपयोग भइरहेको थाहा पाउँदा पनि गाविस सचिव मौन बस्ने गरेका छन्। सरकारले पीडितलाई अस्थायी बसोबासका लागि पहिलो चरणमा १५ हजार नगद वा दुई बन्डल जस्तापाता दिने विकल्प अघि सारेको छ। गाविस सचिव दलको इसारामा चलिदिँदा सगोलका परिवार सदस्य छुटीभिन्न भएको देखाई फर्जी धुरी लेखाउनेले पनि धमाधम रकम लगिरहेका छन्। मान्छे बस्न छाडेका घर, धन्सार, गोठलाई समेत छुट्टै धुरीका रुपमा दर्ता गराउने क्रम बढेको छ। आफन्तका भागमा बढी रकम जुटाइदिन दलका कार्यकर्ता आफैं फर्जी विवरण सकार्न गाविस सचिवलाई दबाब दिन्छन्। कार्यकर्तालाई रिझाउन सके गाविसका अन्य काममा सघाउ पुग्ने ठान्दै सचिवहरू पनि दलकै इसारामा अन्धाधुन्ध रकम छरिरहेका छन्। शनिबारसम्म २६ गाविसमा प्रतिधुरी १५ हजार रुपैयाँका दरले राहत पठाइसकिएको छ। जस्तापाता लिनकै लागि फर्जी धुरी कायम गराउनेको पनि ठूलै लर्को छ। २०६८ को जनगणनामा उल्लेख गरिएभन्दा अहिले ३ सयभन्दा बढी घरधुरी थपिएको पाइएको छ। १ हजार ३ सय ८८ धुरी रहेको मान्बुमा अहिले एकाएक त्यो संख्या १ हजार ७ सय ६६ पुगेको छ। जनगणनामा ९ सय ९८ धुरी उल्लेख गरिएको आरुआर्वाङ गाविसमा अहिले राहत मागदाबी गर्ने धुरीसंख्या १ सय २ सय ८७ नाघेको छ। १ हजार ५ सय ३१ धुरी रहेको छोप्राकमा त्यो संख्या १ हजार ७ सय २२ देखाइएको छ। २०५८ सालदेखि २०६८ सालसम्म जतिको त्यति रहेको घरधुरी राहत रकमकै लोभले चार वर्षमा ह्वात्तै बढेको देेखाइएको हो। बोर्लाङमा करिब २ सय र बक्राङ गाविसमा १ सय ५० भन्दा बढी घरधुरी फर्जी पाइएको छ। नक्कली घरधुरी नदेखाइएका गाविस भेट्नै मुस्किल पर्छ। स्थानीय विकास अधिकारी प्रेमराज गिरी गाविससचिव र दलका प्रतिनिधिको रोहबरमा धुरीपिच्छे राहत वितरण गरिएकाले दुरुपयोग हुन नदिन सबैपक्ष चनाखो हुनुपर्ने बताउँछन्। दलका कार्यकर्ताले सहयोग गर्ने र सचिवले ढुक्कसँग बाँड्ने वातावरण नहुँदा समस्या आउने गरेको उनको भनाइ छ। 'सचिवले एक्लै आफूखुसी गर्छु भनेर पनि सक्दैनन्, दलका साथीहरूले सहयोग गरिदिए समस्या कम हुन्थ्यो,' उनले भने। जिल्लास्तरका नेता भने दलका प्रतिनिधिकै कारण फर्जी घरधुरी देखाउनेले राहत उम्काइरहेको स्विकार्छन्। यसमा सबै दलको मिलेमतो देखिन्छ। 'सरकारी पैसा हो, सबैले पाउन् भन्ने धारणा छ। यसमा कुनै पार्टीले पनि विरोध गरेका छैनन,' एक नेताले भने। नक्कली धुरी कायम गराएर राहत लिने क्रम बढेपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले तत्काल रकम फिर्ता सार्वजनिक सूचना जारी गरेको छ। समितिले रकम फिर्ता नदिए कारबाही गरिने, दोस्रो चरणको राहत वितरण रोकिने चेतावनीसमेत दिएको छ। तर, जिविसको निर्देशन बेवास्ता गर्दै अझै पनि सबै गाविसमा फर्जी पीडितले राहत रकम उम्काइरहेका छन्। नेता–कार्यकर्ताको सिफारिसलाई सचिवले आँखा चिम्लेर सकारिदिँदा घर सग्लै रहेकाहरूले पनि भूकम्प पीडितका नाममा राहत रकम लगिरहेका हुन्। भूकम्पपछि राहत रकम लिनकै लागि फर्जी घरधुरी देखाउनेहरू निकै बढेको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना बताउँछन्। 'भूकम्पपछि यति धेरै घरधुरी कसरी बढ्छ, यसलाई सरकारले नै नीति बनाएर छानबिन थालेन भने पछिल्ला चरणको राहत वितरणमा अझ समस्या थपिन्छ,' उनले भने। http://nagariknews.com/society/story/39848.html

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Are you ready to know the truth?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Another Song Playing In My Mind
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters